पर्वत । पर्वतको सदरमुकाम कुश्मा बजारमा सुविधासम्पन्न बसपार्क निर्माण सम्पन्न भएको छ । कुश्मा नगरपालिका वडा नं. ६ स्थित बान्द्रेविडी चौरमा बसपार्क निर्माण सम्पन्न भएको हो ।
सघन सहरी तथा भवन निर्माण कार्यालय बागलुङले सात करोड १५लाख ३० हजार रुपियाँको लागतमा निर्माण सम्पन्न गरेको हो । पर्वतमा सडक सञ्चालन भएको ३३ वर्षपछि बसपार्क निर्माण भएको हो ।
निर्माण सम्पन्न भएको बसपार्क दुई महिना बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । बसपार्क सञ्चालनमा नआउँदा सडकभरी सवारी साधन पार्किङ गरेर राख्नुपर्ने बाध्यता रहेको व्यावसायिहरुको भनाइ छ ।
निर्माण सम्पन्न भएर पनि समयमै सञ्चालनमा नआउँदा ट्राफिक समस्या हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सिताराम ओझाले बताए। प्रमुख ओझाका अनुसार पर्वत सदरमुकाम कुश्मा बजारबाट दिनहुँ काठमाडौँ, पोखरा, सुनौली, विराटनगर, नेपालगन्ज, भैरहवा, काँकडभिट्टालगायतका लागि सवारीहरू छुट्ने गरेका छन् भने बागलुङ, रुकुम, म्याग्दी, मुस्ताङका लागि कुश्मा हुँदै जाने गर्दछन् ।
मध्य पहाडी लोकमार्गमा दैनिक हजारौँको सङ्ख्यामा सवारी साधनहरू ओहोर–दोहोर हुनुका साथै स्थानीय रुटमा चल्ने सवारीहरूको चापले सडकमा ट्राफिक समस्या हुने गरेको छ । समयमै बसपार्क सञ्चालनमा आए सवारी व्यवस्थापनमा सहज हुने ओझाको भनाइ छ ।
जिल्ला भित्रिएका र बास बस्नुपर्ने सवारी साधनहरू असुरक्षित ढङ्गले सडकमै पार्किङ गर्नुपरेको उनले बताए । आफूले बसपार्क सञ्चालनका लागि पटक पटक सम्बन्धित निकायमा अनुरोध गरेपनि सुनुवाइ हुन नसकेको प्रमुख ओझाको गुनासो छ ।
बसपार्क सञ्चालनमा आएपछि सडकमै पार्किङ गर्ने, बजार भित्र अव्यवस्थित रूपमा सवारी साधन राख्नुपर्ने र अन्य खालका दुर्घटनाका जोखिम न्यूनीकरण हुने ट्राफिक प्रहरीको भनाइ छ । जिल्लाको ट्राफिक व्यवस्थापनमा समेत सहज हुने प्रहरीले जनाएको छ ।
बसपार्कमा टर्मिनल भवन, यात्रु कक्ष र पसलहरूका लागि सटर निर्माण रहेका छन् । बसपार्कमा साना र ठुला सवारीलाई छुट्टाछुट्टै पार्किङ गर्न मिल्ने गरी व्यवस्था मिलाइएको छ । बसपार्कबाट नै टिकट काट्न मिल्ने गरी टिकट बुकिङ काउन्टरहरूको समेत व्यवस्था गरिएको छ ।
बसपार्क निर्माणको जिम्मा पाएको विजय राङखोला सिद्धबाबा जेभी कम्पनीका प्राविधिक सविन श्रेष्ठले गत असारमै बसपार्क सम्पन्न भएको बताए । श्रेष्ठका अनुसार सघन सहरी तथा भवन निर्माण कार्यालय बागलुङले स्थानीय कुश्मा नगरपालिकालाई हस्तान्तरण गर्न समय लागेकाले सञ्चालनमा आउन ढिलाइ भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १७:१९
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...
पौष १० गते, २०८२ - १७:०५
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...
पौष १० गते, २०८२ - १६:५०
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...
पौष १० गते, २०८२ - १६:३६
काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...
पौष १० गते, २०८२ - १६:२९
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...
पौष १० गते, २०८२ - १६:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...
पौष १० गते, २०८२ - १६:१५
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...
पौष १० गते, २०८२ - १६:०७
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...
पौष १० गते, २०८२ - १५:३४
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...
पौष १० गते, २०८२ - १५:१३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...




प्रतिकृया लेख्नुहोस्: