याङ्गुन । म्यान्माको यागी आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको सरकारी सञ्चारमाध्यमले आइतबार जनाएका छन् ।
म्यान्मा, भियतनाम, लाओस र थाइल्याण्डमा गत साता आएको ‘यागी’ नाम दिइएको आँधीका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ३५० जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ ।
म्यान्मामा शुक्रबार साँझसम्म बाढीका कारण ७४ जनाको मृत्यु हुनुका साथै ८९ जना बेपत्ता भएको ग्लोबल न्यु लाइट अफ म्यान्माले जनाएको छ ।
सन् २०२१ मा सेनाको ‘कू’ पछि युद्ध चर्किरहेको देशलाई बाढीले थप दुःख दिएको छ । बाढीले ६५ हजारभन्दा बढी घरमा क्षति पुर्यएको, पाँचवटा बाँध भत्काएको विज्ञप्तिमा उल्लेख छ ।
शुक्रबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार जुन्तामा यसअघि ३३ जनाको मृत्यु भएको थियो भने दुई लाख ३५ हजारभन्दा बढी मानिस विस्थापित भएका थिए ।
राजधानी न्यापितको बाहिरी भागलगायत मध्य क्षेत्रका केही भाग डुबानमा परेका छन् ।
पहाडी क्षेत्रमा धेरै स्थानमा पहिरो गएको खबर आएको छ । त्यहाँ सडक र पुलमा क्षति पुगेको छ भने फोन तथा इन्टरनेटको लाइन बन्द हुँदा सूचना सङ्कलन गर्न कठिन भएको छ ।
मध्य र दक्षिणी म्यान्मा हुँदै बग्ने सिताउङ र बागो नदीमा पानीको सतह आइतबार पनि खतराको तहभन्दा माथि रहेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
म्यान्माका अधिकारीहरूले विस्थापितलाई राख्नका लागि ८२ वटा ‘राहत शिविरहरू’ खोलेको सरकारी सञ्चार माध्यमहरूले जनाएका छन्।
थाइल्याण्डको मौसम कार्यालयले मेकोङ नदीको छेउछाउका प्रान्तहरूमा थप भारी वर्षाको चेतावनी दिएको छ।
द्वन्द्वका कारण २७ लाखभन्दा बढी मानिस विस्थापित भएको म्यान्मामा आँधीका कारण आएको बाढी र डुबानले थप सङ्कट निम्त्याएको छ ।
म्यान्मारको जुन्टा प्रमुखले बाढीसँग जुध्नका लागि विदेशी सहयोगका लागि दुर्लभ अनुरोध गरेको सरकारी सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।
सेनाले यसअघि पनि विदेशबाट आउने मानवीय सहायतालाई रोकेको वा दुरूत्साहित गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २ गते, २०८३ - १२:३१
धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको सभापतिमा इन्जिनियर प्रकाश विष्ट पुन: निर्वाचित भएका छन्। निर्वाचनमा विष्टले ३५८ म...
आषाढ़ २ गते, २०८३ - १२:०८
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ। अख्तियार निकट स्रोतका अनुसार राहदानी ...
आषाढ़ २ गते, २०८३ - ११:५४
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन सयले बढेको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले घटेको छ । सोमबार प्रतितोला रु दुई लाख ९८...
आषाढ़ २ गते, २०८३ - ११:४२
काठमाडौं । बैंकिङ कसुर तथा ठगीको आरोपमा पक्राउ परेका चर्चित सेफ सन्तोष साह साधारण तारेखमा रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी ...
आषाढ़ २ गते, २०८३ - ११:३२
बारा । बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय सोभालाल चौधरी रहेका छन् ।...
आषाढ़ २ गते, २०८३ - ११:१५
काठमाडौँ । चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन ९सिपिपिसिसी०को राष्ट्रिय समितिका अध्यक...
आषाढ़ २ गते, २०८३ - ११:०२
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कर्णाली प्रदेश अधिवेशनमा प्यानलगत रूपमा मत मागिएको नमूना मतपत्र वितरण भएपछि सभापति पदका प्रतिस्पर्धी ...
आषाढ़ २ गते, २०८३ - १०:३१
मुस्ताङ । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बिवाइडी कम्पनीको चाइनिज विद्युतीय सवारी साधनलाई फुकुवा गरिएको छ । सशस्त्र प्रहरी ...
आषाढ़ २ गते, २०८३ - १०:१५
अर्घाखाँची। अर्घाखाँचीका सामुदायिक वनले काठदाउरा बिक्रीबाट हुने आम्दानीलाई विकासनिर्माण, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना र सामाजिक सेवामा लगानी गर्दै...
आषाढ़ १ गते, २०८३ - १७:४०
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटमा करका दर हेरफेर गरिएको विषयमा उठेका विवादप्रति प्रतिक्रिया दिँदै विगतका अर्थमन्त्रीहरूले समेत यस्ता ...



प्रतिकृया लेख्नुहोस्: