लेखनाथ । पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक काश्य पदक दिलाउने तेक्वान्दो खेलाडी पलेशा गोवर्धन गण्डकी प्रदेशको राजधानी पोखरामा नगदसहित सम्मानित भएको छन् । आइतबार पोखरामा भएको कार्यक्रममा गण्डकी प्रदेश सरकारले उनलाई नगद एक लाख ५० हजारसहित सम्मान गरेको हो ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले उनलाई नगद, सम्मानपत्रसहित सम्मान गरेको छन्। गण्डकी सरकारले खेलाडी गोवर्धनलाई मासिक भत्तासमेत उपलब्ध गराउने भएको छ ।
मुख्यमन्त्री पाण्डेले देशलाई ऐतिहासिक पदक जिताउने गोवर्धनलाई मासिक भत्ता दिने घोषणा गरेका गरे। प्रदेश सरकारले यसअघि ओलम्पिक खेलेका गण्डकीका नौ खेलाडीलाई मासिक भत्ता स्वरुप पाँच हजार दिँदै आएको छ ।
“गत वर्षदेखि हामीले ओलम्पिकमा भाग लिएका गण्डकीका खेलाडीलाई मासिक प्रोत्साहन सहयोग स्वरुप भत्ताको व्यवस्था गरेका छौँ,” उनले भने, “प्रदेशभित्रका खेलाडीलाई दिने भनेर गत वर्षबाट सुरु गरेको जुन मासिक भत्ता छ । भाग लिने खेलाडीलाई दिएका थियौं । मेडल नै ल्याउन सफल भएकाले प्रदेशबाहिरको भएता पनि पलेशा गोवर्धनलाई दिने घोषणा गर्दछु ।”
सोही समारोहमा पोखरा महानगरपालिकाले खेलाडी गोवर्धनलाई दुई लाख २२ हजार दुई सय २२ र जिल्ला तेक्वान्दो संघ कास्कीले ५० हजार एक सय ५५ रुपैयाँसहित सम्मान गरे । पोखरा महानगरका प्रमुख धनराज आचार्यले उहाँलाई महानगरको तर्फबाट सम्मान गरेको हो । कार्यक्रम आयोजक गण्डकी प्रदेश तेक्वादो सङ्घका अध्यक्ष जगनबहादुर गुरुङले पनि गोबर्धनलाई संस्थाको तर्फबाट सम्मान गरेको छन्।
खेलाडी गोवर्धनले सम्मानले ऊर्जा थपिएको जनाउँदै सबैप्रति आभार प्रकट गरे। तेक्वान्दो सजिलो खेल नभएको उल्लेख गर्दै उनले कडा परिश्रम, समय व्यवस्थापन र सबैको साथले सफलता हात परेको उनको भनाइ छ । “म सधैं सफल भएको छैन, म सुपर हिरो पनि होइन,” उनले भने, “असफलता पनि सफलताकै भाग हो । मेहनत, समय व्यवस्थापन र सबैको साथले यहाँ आइपुगेको छु ।”
पलेशाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएको थिए । काठमाडौंकी स्थायी बासिन्दा उनी अहिले चीनमा इन्जिनियरिङ अध्ययन गर्दै छन। कार्यक्रममा गोवर्धनसँगै उनका प्रशिक्षक कविराज नेगी लामा र टिम म्यानेजर रामचन्द्र श्रेष्ठलाई पनि सम्मान गरिएको छ ।
गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मनोरम दृश्यावलोन गर्दै राष्ट्रिय, अन्तर्राष्ट्रिय खेल खेल्ने स्थानका रुपमा पोखरालाई विकास गर्न सकिने उल्लेख गरे। समारोहमा पोखरा महानगर प्रमुख आचार्यले नेपालकी छोरी गोवर्धनले प्राप्त गरेको सफलताले खेल जगतमै उत्साह सञ्चार गरेको उल्लेख गरे। भविष्यमा हुने कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका खेलाडीको प्रेरणाको स्रोतको रूपमा गोवर्धन रहने विचार राखे ।
अध्ययनसँगै खेलकुदमा लागेर देशको पहिचान बढाउनु चानचुने कुरा नभएको उनको भनाइ छ । प्रमुख आचार्यले भने, “पढाइसँगै खेलेर अन्तर्राष्टिय पदक दिलाउनु चानचुने कुरा होइन । पर्यटनको राजधानी पोखराले खेलकुदबाट पहिचान बढाउनेहरुको पनि उच्च सम्मान गरिरहनेछ ।”
गण्डकी प्रदेश तेक्वादो सङ्घले आयोजना गरेको कार्यक्रममा तेक्वान्दो सङ्घका केन्द्रीय अध्यक्ष प्रकाशशम्शेर राणा, प्रदेश तेक्वान्दो सङ्घका उपाध्यक्ष लक्ष्मी पाण्डे, महासचिव रमेश पौडेल, कास्की जिल्ला तेक्वान्दो सङ्घका सचिव दीपेन्द्र पहारी लगायतले बोलेको थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - १७:१३
काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...
चैत्र ४ गते, २०८२ - १७:०६
काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...
चैत्र ४ गते, २०८२ - १६:४३
ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...
चैत्र ४ गते, २०८२ - १६:३५
नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...
चैत्र ४ गते, २०८२ - १६:३३
काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...
चैत्र ४ गते, २०८२ - १६:२५
काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो । चुनाव...
चैत्र ४ गते, २०८२ - १५:२७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...
चैत्र ४ गते, २०८२ - १४:५३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...
चैत्र ४ गते, २०८२ - १४:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...
चैत्र ४ गते, २०८२ - १४:२९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...


प्रतिकृया लेख्नुहोस्: