Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

फेडले सन् २०२० पछि पहिलोपटक ब्याजदर कटौती गर्ने संकेत

खबरडबली संवाददाता

एजेन्सी । अमेरिकी फेडरल रिजर्भले चार वर्षभन्दा बढी अवधिपछि पहिलोपटक ब्याजदर कटौतीको घोषणा गर्ने तयारी गरेको छ । नीति निर्माताहरूले अमेरिकी राष्ट्रपति निर्वाचनको दुई महिनाभन्दा कम समयअघि ब्याजदरमा कति कटौती गर्न सकिन्छ भन्नेबारे यो साता बहस गर्ने अपेक्षा गरिएको छ ।

फेडका अध्यक्ष जेरोम पावेललगायत अमेरिकी केन्द्रीय बैंकका वरिष्ठ अधिकारीहरूले हालैका हप्ताहरूमा यस महिना ब्याजदर कटौती हुने संकेत गरेका छन् । मुद्रास्फीति बैंकको दीर्घकालीन लक्ष्य दुई प्रतिशतभन्दा कम भएको छ । श्रमबजार शिथिल भएको अवस्थामा उनीहरूले यो बहस थालेका हुन् ।स्थिर मूल्य र अधिकतम दिगो रोजगारी दुवै सुनिश्चित गर्न स्वतन्त्र रूपमा कार्य गर्न कंग्रेसबाट दोहोरो जनादेश पाएको फेडले केवल आर्थिक तथ्यांकको आधारमा दर कटौतीमा आफ्नो निर्णय लिने बारम्बार जोड दिँदै आएको छ ।

राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा हुने कटौती पावेलका लागि टाउको दुखाइको विषय बन्न सक्छ । वर्तमान डेमोक्य्राटिक उपराष्ट्रपति कमला ह्यारिस पूर्वरिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्दै छिन् । नर्थइस्टर्न युनिभर्सिटीमा अर्थशास्त्रकी सहायक प्रोफेसर एलिसिया मोडेस्टिनोले एएफपीसँग भनिन्, ‘मेरो विचारमा फेडले उनीहरूलाई राजनीतिक भूमिकाभन्दा अराजक गतिविधिमा उद्यत् देख्छ ।’

यस हप्ताको मंगलबार र बुधबार नीति निर्माताहरूबिच हुने बहस २५ वा ५० बेसिस प्वाइन्टले अगाडि बढ्ने कि नबढ्ने भन्नेमा केन्द्रित हुनेछ । यदि फेडले दर कटौती गर्ने निर्णयमा अघि बढेमा यो अमेरिकी केन्द्रीय बैंक (फेड)को २०२० मार्चपछिको ब्याजदर कटौती गर्ने पहिलो निर्णय हुनेछ ।
फेडले कोभिड– १९ महामारीबाट प्रभावित अमेरिकी अर्थव्यवस्थालाई समर्थन गर्न दरहरू लगभग शून्यमा झारेको थियो । फेडले मुख्यतया महामारीपछिको आपूर्ति संकट र युक्रेनमा युद्धको कारण सन् २०२२ मा मुद्रास्फीतिमा वृद्धिपछि दरहरू बढाउन सुरु गरेको थियो ।

विगत १४ महिनादेखि बैंकले आफ्नो मुख्य ऋण दरलाई ५.२५ देखि ५.५० प्रतिशतको बिचमा दुई दशकको उच्च विन्दुमा राखेको छ । अहिले मुद्रास्फीति घट्दो क्रममा रहेको, श्रम बजार कमजाेर हुँदै गएको र अमेरिकी अर्थतन्त्र अझै बढ्दै गएको अवस्थामा नीति निर्माताहरूले कटौतीका लागि उपयुक्त अवस्था रहेको निर्णय गरेका छन् । नीति निर्माताहरूले २५ अंक वा श्रमबजारका लागि उपयोगी हुने ५० अंकको कटौती गर्ने निर्णय लिनेछन् । ब्याजदर वृद्धिले मुद्रास्फीतिलाई पुनरुत्थान गर्ने जोखिम पनि हुन सक्नेमा उनीहरू अझै दोधारमा छन् । फेडरल रिजर्भ बैंक अफ बोस्टनका वरिष्ठ अर्थशास्त्री मोडेस्टिनोले भने, ‘मलाई लाग्छ, नोभेम्बरको बैठकअघि नै हामी रोजगारीको पक्षमा संकटमा छौँ भन्नका लागि पर्याप्त तथ्यांक छैन ।’

विश्लेषकहरू सानो कटौतीलाई सुरक्षित सर्तको रूपमा हेर्छन् । बैंक अफ अमेरिकाका अर्थशास्त्रीहरूले हालै ग्राहकहरूलाई पठाएको नोटमा लेखेका छन्, ‘फेडले २५ अंकको कटौती गर्ने अपेक्षा हामीले गरेका छौँ ।’ नर्थइस्टर्नका मोडेस्टिनोले भने, ‘फेडले गर्ने पूर्वानुमान बजार, उपभोक्ता र श्रमिकको लागि राम्रो हुनुपर्छ । अहिले आधारभूत २५ अंकको कटौती, त्यसपछि नोभेम्बरमा अर्को २५ अंकको कटौतीले अर्थतन्त्रका लागि केही सहज मार्ग प्रदान गर्दछ ।’

विश्लेषकहरूले फेडले सेप्टेम्बरमा कटौती सुरु गर्ने अपेक्षा गरे तापनि अब के हुन्छ भन्नेबारे कम स्पष्टता रहेको बताएका छन् । फेडले बुधबार आफ्नो १९ सदस्यीय दर–निर्धारण समितिमा उनीहरूको दर कटौती अपेक्षासहित अद्यावधिक आर्थिक पूर्वानुमानहरू प्रकाशित गर्नेछ र यस विषयमा थप प्रकाश पार्नेछ । जुनमा, दर–निर्धारण समितिमा सदस्यहरूले मुद्रास्फीतिमा सानो वृद्धिको बिचमा यस वर्षका लागि तय गरिएको कटौतीको संख्या तीनको औसतबाट घटाएर केवल एकमा झारेका थिए । तर, मुद्रास्फीति घटेको र श्रमबजार कमजोर हुँदै गएपछि थप कटौतीको अपेक्षा बढेको छ ।

गोल्डम्यान स्याक्सका प्रमुख अर्थशास्त्री यान ह्याटजियसले बिहीबार प्रकाशित ग्राहकहरूलाई लेखेको नोटमा भनेका छन्, ‘हामीले २०२४ को बाँकी बैठकहरूमा २५–२५ अंकको तीनवटा दर कटौतीको अपेक्षा गरेका छौँ ।’ व्यापारीहरूले पनि सन् २०२५ कम्तीमा थप चारपटकको कटौतीका लागि ९९ प्रतिशतभन्दा बढी सम्भावना रहेको बताएका छन् । यसले फेडको प्रमुख ब्याजदरलाई वर्तमान स्तरभन्दा १७५ अंक तल अर्थात् ३.५ र ३.७५ प्रतिशतको बिचमा ल्याउनेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE