Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

सहकारी प्रकरणमा मुछिएका उपसभापति गुरुङमाथि छानबिन गर्न महामन्त्री शर्माको माग

खबरडबली संवाददाता

मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका सभापति शेरबहादुर देउवाले मुलुक र पार्टीका लागि अहिलेसम्म गरेका योगदानभन्दा फरक ढंगबाट त्याग गर्नुपर्ने बताएका छन् ।

सभापति देउवाले आफ्नै पुस्ताका कुनै एक सक्षम नेतालाई प्रधानमन्त्री बन्ने अवसर दिएर त्याग गर्नुपर्ने महामन्त्री शर्माको भनाइ छ । कांग्रेसको केन्द्रीय स्थानीय समन्वय विभागको आयोजनामा आइतबार हेटौँडामा भएको अन्तरसंवाद कार्यक्रममा शर्माले यस्तो धारणा राखेका हुन् । ‘हाम्रो सभापतिको नेतृत्वमा धेरै काम भएका छन् । उहाँले देश र पार्टीका लागी धेरै योगदान गर्नुभएको छ । अब उहाँले त्याग गर्ने वेला आएको छ । त्यो भनेको आगामी दिनमा आफू प्रधानमन्त्री नबनेर पार्टीका आफ्नै समकालीन कसैलाई प्रधानमन्त्री बनाउने हो,’ उनले भने, ‘सभापतिज्यूलाई अनुरोध छ, केपी शर्मा ओलीपछि आफ्नो समकालीन कुनै साथीलाई प्रधानमन्त्री बनाउनुहोस् ।’

महामन्त्री शर्माले २०८४ पछि कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषयमा आफूहरुले जिम्मेवारी लिने बताए । उनले पार्टीका अर्का महामन्त्री गगन थापातर्फ संकेत गर्दै २०८४ पछि प्रधानमन्त्री बन्ने मानिस मुलुकले चिनिसकेको दावी गरे । त्यसका लागी आफू पनि त्याग गर्न तयार रहेको उनको भनाइ थियो । नेपालमा सरकार चलाउनभन्दा पनि ढलाउनका लागि बन्ने गरेको भन्दै उनले अब संविधानमै पाँच वर्षसम्मै सरकार चलाउन पाउने व्यवस्था उल्लेख गर्न आवश्यक भएको औंल्याए । उनले कांग्रेसभित्रैबाट नेपालमा एकपटक राष्ट्रपति र दुईपटक मात्र प्रधानमन्त्री बन्न पाउने व्यवस्थाका निम्ति छलफल चलाइरहेको जानकारी दिए ।

फरक प्रसंगमा महामन्त्री शर्माले सहकारीको रकम अपलचनको आरोप लागेका कांग्रेस उपसभापति धनराज गुरुङमाथि गहिरो छानबीन हुनुपर्ने माग गरे । उनले सार्वजनिक पदमा बसेका व्यक्ति जो कोहि भएपनि आरोप लागेपछि छानविनबाट भाग्ने छुट नभएको प्रष्ट्याए । ‘सहकारीको रकम अपचलन गरेको आरोप लागेका पार्टीका उपसभापतिमाथी गहिरोसँग छानविन होस भन्ने हाम्रो चाहना छ । स्वयं उपसभापति गुरुङ आफैँले पनि संसद्मै आफूमाथि छानबीनका लागि आग्रह गर्नुभएको छ,’ उनले भने, गलत गरेको छैन भने नखाएको बिष लाग्दैन । गलत गरेको छ भने कसैले पनि उम्किन पाउनु हुँदैन ।’

महामन्त्री शर्माले स्थानीय तहबाट निर्वाचित कांग्रेसका जनप्रतिनिधिबाट नागरिकले ठूलो अपेक्षा नगरेको उल्लेख गर्दै स–साना सुधारमा ध्यान दिन सके मात्रै पनि नागरिक खुशि हुने अवस्था रहेको बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चक्रवात ‘यागी’ का कारण दक्षिण पूर्वि एसियाका ६०लाख बालबालिका प्रभावितः युनिसेफ

बैङ्कक । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको छ । यागीले दु...

जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने

टोकियो । जापानमा आगामी हप्ताको नेतृत्व प्रतिस्पर्धापछि अक्टोबर १ मा संसदद्वारा औपचारिक रूपमा नयाँ प्रधानमन्त्री चयन गर्ने सत्तारुढ पार्टीका एक अधिकारी...

हिजबुल्लाहका सदस्यले प्रयोग गर्ने ‘पेजर’ विस्फोट हुँदा नौ जनाको मृत्यु, दुई हजारबढी घाइते

लेबनान । लेबनानमा इरान समर्थित लडाकु समूह हिजबुल्लाहका सदस्यहरूले एकआपससँग सञ्चार गर्न प्रयोग गर्ने हाते पेजरहरू विस्फोट हुँदा एक बालकसहित कम्तीमा नौ ...

गाजा युद्धविराम प्रयासलाई अगाडि बढाउन अमेरिकी विदेशमन्त्री इजिप्ट भ्रमणमा

कायरो । लेबनानमा भएको ‘पेजर’ विस्फोटको घटनाले गाजामा युद्धविरामको प्रयासलाई थप जटिल बनाएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बुधबार कायरो आइपुगे...

रास्वपाले स्थानीय तहको संख्या पाँचसयमा झार्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान संशोधनमा आफ्नो एजेण्डा अगाडि सारेको छ । काठमाडौंमा भएको राष्ट्रिय भेलामा सभापति रवि लामिछाने...

अधिकृतलाई नक्कली शैक्षिक प्रमाणपत्रको आरोप

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुरमा कार्यरत दिपेन्द्र यादवलाई नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोप ला...

आगामी वैशाखमा रास्वपाले महाधिवेशन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशन मिति घोषणा गरेको छ । बुधबार पार्टी सभापति रवि लामिछानेले २०८२ वैशाख २५‚ २६ र २...

दाङमा बालिकामाथि जबरजस्ती करणी गरेकाे आराेपमा एक पक्राउ

दाङ । दाङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना किशोर पक्राउ परेका छन् । बबई गाउँपालिका-१ कुम्बास बस्ने १९ वर्षीय याम बहादुर पुनल...

भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका १० मनमैजुबाट भन्सार छली ल्याएको मोटरसाईकल सहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।  शंकास्पद...

पर्सामा खरिद बिल नदेखाउने पसलेलाई ४५ हजार जरिवाना

वीरगञ्ज । खरिद बिल नदेखाउने वीरगञ्जका ६ पसलेलाई ४५ हजार रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त कार्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy