फ्रान्स । फ्रान्सबाट इङ्ल्यान्ड जाने च्यानल (इङ्लिस च्यानल) पार गर्ने क्रममा शनिबारदेखि आइतबारसम्म कैयौँ आप्रवासीको मृत्यु भएको फ्रान्सेली अधिकारीले बताएका छन् ।
“च्यानल पार गर्ने क्रममा कम्तीमा आठ आप्रवासीको ज्यान गुमेको छ,” पास–डे–क्यालाइस प्रान्तका अधिकारीले बताए । क्षेत्रीय प्रमुख ज्याक बिलान्टले स्थानीय समयअनुसार बिहान १० बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको उनको कार्यालयले जनाएको छ ।
तटीय सुरक्षा अधिकारीहरूले शनिबार दिएको जानकारीमा आप्रवासीहरूले हालैका दिनहरूमा साना डुङ्गाहरूको प्रयोग गरी खतरनाक च्यानल पार गर्ने धेरै प्रयासहरू गरेका थिएभने शुक्रबार र शनिबार मात्र २४ घण्टामा २०० जनालाई उद्धार गरिएको छ । फ्रान्सको उत्तरी तटीय क्षेत्रमा यसै महिना दर्जनौँ मानिस बोकेको डुङ्गा पल्टिँदा कम्तीमा १२ आप्रवासीको मृत्यु भएको छ ।
उक्त मार्गमा सन् २०२३ मा १२ जनाको मृत्यु भएकोमा सन् २०२३ मा २५ जनाको मृत्यु भएको थियो भने शुक्रबार र शनिबार भएको यो घटना यस वर्षको सबैभन्दा घातक विपत्ति हो । फ्रान्स र बेलायती सरकारले वर्षौंदेखि आप्रवासीहरूको प्रवाह रोक्न कोसिस गर्दै आएका छन् । सानो डुङ्गामा चढेर फ्रान्सबाट इङ्ल्यान्ड जानका लागि आप्रवासीहरूले तस्करहरूलाई प्रतिव्यक्ति हजारौं युरो तिर्छन् ।
बेलायती अधिकारीहरुका अनुसार यो वर्षको सुरुदेखि अहिलेसम्म २२ हजारभन्दा बढी आप्रवासी च्यानल पार गरेर इङ्ग्ल्याण्ड आइपुगेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन २ गते, २०८१ - २०:५५
बैङ्कक । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको छ । यागीले दु...
आश्विन २ गते, २०८१ - २०:०५
टोकियो । जापानमा आगामी हप्ताको नेतृत्व प्रतिस्पर्धापछि अक्टोबर १ मा संसदद्वारा औपचारिक रूपमा नयाँ प्रधानमन्त्री चयन गर्ने सत्तारुढ पार्टीका एक अधिकारी...
आश्विन २ गते, २०८१ - १९:४८
लेबनान । लेबनानमा इरान समर्थित लडाकु समूह हिजबुल्लाहका सदस्यहरूले एकआपससँग सञ्चार गर्न प्रयोग गर्ने हाते पेजरहरू विस्फोट हुँदा एक बालकसहित कम्तीमा नौ ...
आश्विन २ गते, २०८१ - १९:४४
कायरो । लेबनानमा भएको ‘पेजर’ विस्फोटको घटनाले गाजामा युद्धविरामको प्रयासलाई थप जटिल बनाएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बुधबार कायरो आइपुगे...
आश्विन २ गते, २०८१ - १९:३९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान संशोधनमा आफ्नो एजेण्डा अगाडि सारेको छ । काठमाडौंमा भएको राष्ट्रिय भेलामा सभापति रवि लामिछाने...
आश्विन २ गते, २०८१ - १९:३१
काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुरमा कार्यरत दिपेन्द्र यादवलाई नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोप ला...
आश्विन २ गते, २०८१ - १९:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशन मिति घोषणा गरेको छ । बुधबार पार्टी सभापति रवि लामिछानेले २०८२ वैशाख २५‚ २६ र २...
आश्विन २ गते, २०८१ - १८:५५
दाङ । दाङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना किशोर पक्राउ परेका छन् । बबई गाउँपालिका-१ कुम्बास बस्ने १९ वर्षीय याम बहादुर पुनल...
आश्विन २ गते, २०८१ - १८:४९
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका १० मनमैजुबाट भन्सार छली ल्याएको मोटरसाईकल सहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । शंकास्पद...
आश्विन २ गते, २०८१ - १८:४३
वीरगञ्ज । खरिद बिल नदेखाउने वीरगञ्जका ६ पसलेलाई ४५ हजार रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त कार्...
प्रतिकृया लेख्नुहोस्: