Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

उपराष्ट्रपति यादवसँग माल्टाका राजदूत गौसीको भेट

खबरडबली संवाददाता

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि गणतन्त्र माल्टाका गैरआवासीय राजदूत रुबेन गौसीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आइतबार शिष्टाचार भेट गरेका छन् । 

भेटमा शुभकामना आदान प्रदान पश्चात नेपाल र गणतन्त्र माल्टाबिचको द्विपक्षीय सम्बन्ध तथा लगानी, व्यापार, पर्यटन, श्रम लगायतका क्षेत्रमा द्विपक्षीय सहयोगको सम्भावनाबारे महत्वपूर्ण छलफल भएको थियो । ‘सन् १९८३ मा दौत्य सम्बन्ध स्थापना भएयता दुई देशबिच कायम रही आएको मैत्रीपूर्ण सम्बन्धप्रति म खुसी व्यक्त गर्दछु’ उपराष्ट्रपति यादवले भने, ‘ मित्रता, सौहार्दता र सहयोगमा आधारित माल्टासंगको सम्बन्धलाई नेपालले उच्च महत्व दिने गरेको छ । अगामी वर्षहरुमा यो सम्बन्ध थप सुदृढ हुँदै जाने विश्वास लिएको छु ।’ 

उनले नेपाल र माल्टाबीच लगानी, व्यापार, पर्यटन, श्रम लगायतका क्षेत्रमा द्विपक्षीय सहयोगको सम्भावना रहेको बताए । उपराष्ट्रपति यादवले उल्लेख्य संख्यामा नेपालीहरु उच्च शिक्षा तथा रोजगारीको क्षेत्रमा माल्टामा रहेको जानकारी पाएर आफूलाई खुसी लागेको बताए । ‘नेपाल एक भूपरिवेष्ठित मुलुक र माल्टा एक टापु मुलुक भए पनि हाम्रा दुई राष्ट्रहरुले बहुपक्षीय मञ्चहरुमा दिगो विकास तथा जलवायु परिवर्तन जस्ता साझा हित र चासोका अन्तर्राष्ट्रिय मुद्दाहरुमा सहकार्य गरिरहेका छन्,’ उनले भने । 

उनले सन् २०१६ सम्म नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने र २०३० सम्म मध्यम आय भएको मुलुक हुने लक्ष्य राखेको उल्लेख गर्दै यस स्तरोन्नतिलाई दिगो तथा अपरिवर्तनीय बनाउन हामीलाई विकास साझेदारहरुबाट ठूलो मात्रामा पूँजी, प्रविधि, लगानी र आर्थिक साझेदारी आवश्यक पर्ने बताए । 

यसका लागि माल्टाको साथ र सहयोग प्राप्त हुने विश्वास उनले व्यक्त गरे । उपराष्ट्रपति यादवले द्विपक्षीय र बहुपक्षीय तहमा पारस्परिक लाभका लागि माल्टासँग मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने नेपाल तत्पर रहेको बताए । नेपालका लागि गणतन्त्र माल्टाका गैरआवासीय महामहिम राजदूत रुबेन गौसीले नेपालसँग माल्टाको राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै आफू ‘नेपाल–माल्टा च्याम्बर अफ कमर्स’ स्थापना गर्न चाहेको बताए । उनले नेपालको सुन्दरता र आतिथ्यताप्रति खुसी व्यक्त गर्दै माल्टामा १० हजार नेपालीहरु विभिन्न क्षेत्रमा काम गरिरहेको पनि बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending