Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाको राष्ट्रपतीय उम्मेदवारी र चर्चा

खबरडबली संवाददाता

कोलम्बो । दुई वर्षअघि दुई करोड २० लाख जनसङ्ख्या भएको श्रीलङ्कामा खाद्यान्न, इन्धन र औषधिको अभाव भएपछि चलेको आन्दोलनपछि हुन लागेको पहिलो आम निर्वाचनमा अनुरा कुमारा दिसानायका र उनको जेभीपी भनिने पिपुल्स लिबरेशन फ्रन्टको लोकप्रियता बढेको छ । 

सेप्टेम्बर २१ मा हुने निर्वाचनमा राष्ट्रपतिपदका प्रत्यासी दिसानायकाले सङ्कटग्रस्त मुलुकको सामाजिक, राजनीतिक तथा आर्थिक क्रान्तिका लागि आफूलाई निर्वाचित गर्न शुभेच्छुक मतदातासँग आग्रह गरेका छन् । श्रीलङ्काको माक्र्सवादी पार्टीले दुई चरणमा गरेका विद्रोहमा ८० हजारभन्दा बढी मानिसको ज्यान गएको थियो । विद्रोहबाट सत्ता कब्जा गर्न नसकेपछि शान्तिपूर्ण राजनीतिमा समाहित भएको जेभिपीका नेता तथा राष्ट्रपतिपदका प्रत्यासी दिसानायका एक मजदुर परिवारबाट राजनीतिमा आएका हुन् । 

लामो समयदेखि स्थापित राजनीतिज्ञहरूबाट निराश पेशेवरहरूसँग गठबन्धन बनाएपछि राष्ट्रपतीय चुनावमा एक प्रबल दाबेदारका रूपमा ५५ वर्षीय दिसानायकाले सामाजिक रूपान्तरणका लागि युवाहरूको समृद्ध र भ्रष्टारामुक्त श्रीलङ्काको आवाजलाई साथ दिने बताएका छन् । सन् २०२२ मा यस टापुको आर्थिक मन्दीका लागि भ्रष्टाचार, नातावाद र अक्षमताका लागि समाजवादी र दक्षिणपन्थी दुवै पुँजीवादी सरकारहरू जिम्मेवार रहेको उनको दाबी छ । 

बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको श्रीलङ्काले बेलायती औपनिवेशिक शासनबाट सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेयताको यो सबैभन्दा खराब आर्थिक मन्दी हो । व्यापक आर्थिक मन्दीको असर सर्वसाधारण नागरिकसमेतको दैनिकीमा पर्न थालेपछि सुधारको मागसहित प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले तत्कालीन राष्ट्रपति गोटबाया राजपाक्षको सरकारी कार्यालयमा आक्रमण गरेपछि उनले देश छोड्न र राजीनामा दिन बाध्य भएको थियो । 

“श्रीलङ्काको स्वतन्त्रतापछिको इतिहासमा पहिलो पटक, शासन केही भ्रष्ट कुलीन परिवारहरूको नियन्त्रणबाट जनताको सरकारमा सर्नेछ,” उनले निराश जनमानसलाई आशाको सङ्केत दिँदै आफ्नो राष्ट्रपतीय घोषणापत्रमा उल्लेख गरेका छन् । पूर्व कृषिमन्त्री दिसानायकाले प्रदर्शनकारीको पक्ष लिए पनि आफ्नो पार्टीका पूर्व सहयोगी राजपाक्षलाई सत्ताच्युत गर्न प्रत्यक्षरूपमा संलग्न भने भएको थिएन । सन् २०१४ मा जेभीपीको नेतृत्व सम्हाल्ने बित्तिकै दिसानायकाले फेरि हतियार नउठाउने र चुनावमार्फत सत्तामा आउने प्रतिबद्धता जनाएको थियो । 

उनले जेभीपीलाई हिंसात्मक अतीतबाट टाढा राख्न र व्यापक समर्थन प्राप्त गर्न राष्ट्रिय जनशक्ति (एनपीपी) गठबन्धन गठन गरेको छ । “हामी श्रीलङ्काका जनतालाई विश्वास दिलाउँछौं कि हामी फेरि कहिल्यै हतियार उठाउने छैनौं,” उनले सन् २०१५ मा जेभीपीको वेबसाइटमा प्रकाशित एक वक्तव्यमा उल्लेख गरेका छन् । उनले जेभीपीको वैचारिक परिवर्तनको सङ्केत गर्दै आफूहरू खुला अर्थतन्त्रमा विश्वास गर्ने र निजीकरणको पूर्ण रूपमा विरोधी नभएको बताएका छन् । यद्यपि, उनको घोषणापत्रले घाटामा रहेका राज्य उद्यमहरूलाई बिक्री नगरी सुधार गर्ने प्रतिज्ञा गरेको छ । 

उनले निर्वाचन अभियानका क्रममा सम्बोधन गर्दै भने, “हाम्रो बदनाम गर्ने अभियान चलिरहेको छ । विरोधीहरूले हामीविरूद्ध घरपालुवा जनावरसमेतलाई राष्ट्रियकरण गर्छन् भनी प्रचार गरेका छन् । हाम्रो अभियान आधुनिक अर्थतन्त्रको सुधार, भ्रष्टाचारमुक्त समाज र समृद्ध तथा सुखी नागरिकका लागि हो ।”

उनले भने, “हामी निश्चित रूपमा किसानको समस्यामा सहयोग गर्ने कृषि क्षेत्रको सुधारका लागि सहकारी स्थापना गरी कृषि सामानको लागि बजारको व्यवस्था गर्नु हो ।” उनले आफूहरूबारे फैलाइएका भ्रम चिर्दै भने, “हामीले गरिब र दुखी जनताको पक्षमा काम गर्नेछौँ तर नागरिकको सम्पत्तिको राष्ट्रियकरण गर्ने बजारका हल्ला हाम्रो पक्षमा देखिएको जनमतबाट आत्तिएका र सत्ताको गुलियो चाखेका केही मुठ्ठीभर शासकहरूले उनीहरूका एजेन्टमार्फत् चलाएको अफबाह मात्र हो । हामी किसान र मजदूरका दुःखमा साथ दिने सत्ताको स्थापनार्थ लडिरहेका छौँ । अब, यो धेरै टाढा छैन ।”

सन् १९८७ को भारतविरोधी अभियानपछि दिसानायका र उनको पार्टीले नयाँदिल्लीसँग सम्बन्ध सुधारेका छन्, तर उनलाई अझै पनि चीनसँग निकट रहेको बताउने गरिन्छ । रणनीतिक रूपमा पूर्व–पश्चिम समुद्री मार्गमा अवस्थित श्रीलङ्कामा चीन र भारतको मुख्य प्रभाव रहने गरेको र राष्ट्रिय नेताहरूलाई उनीहरूले आफ्नो निकट ल्याउने कोशिस गर्ने गरेको पाइएको छ । 

दिसानायकाले यस वर्ष नयाँ दिल्लीको भ्रमण गरी शीर्ष भारतीय राजनीतिज्ञहरूसँग भेटवार्ता गरेको थियो । पार्टीको पहिलो विद्रोह सन् १९७१ मा विश्वकै पहिलो महिला प्रधानमन्त्री सिरिमा बन्दरनाइकेको तत्कालीन समाजवादी सरकारविरुद्ध भएको थियो । यो लडाईं छोटो थियो तर यसका कारण करिब २० मानिसको मृत्यु भएको थियो । 

जेभिपीको दोस्रो सशस्त्र सङ्घर्ष सन् १९८७ मा छिमेकी भारतको मध्यस्थतामा भएको सम्झौताअन्तर्गत टापुका अल्पसङ्ख्यक तमिलहरूलाई राजनीतिक शक्ति हस्तान्तरण गर्ने तत्कालीन सरकारको योजनाको विरोधमा भएको थियो । बहुसङ्ख्यक सिंहली समुदायका सदस्य दिसानायका दोस्रो विद्रोहका बेला जेभीपीका सक्रिय विद्यार्थी नेता थिए र उनलाई भारतविरोधी हिंसात्मक अभियानसँग पनि जोडेको थियो । 

ठूलो सङ्ख्यामा मानिसहरू बेपत्ता भए र अनौपचारिक अनुमानअनुसार दोस्रो जेभीपी सशस्त्र सङ्घर्षका क्रममा करिब ६० हजार व्यक्तिको मृत्यु भएको र हजारौँ वेपत्ता भएका थिए । दुई सन्तानका विवाहित पिता दिसानायका सन् १९९५ मा विश्वविद्यालयबाट स्नातक गरेदेखि नै राष्ट्रिय राजनीतिमा सक्रिय छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE