Khabar Dabali २७ पुष २०८२ आईतवार | 11th January, 2026 Sun
Investment bank

छानबिन समितिको प्रतिवेदन- धनराज गुरुङमाथि अनुसन्धानको सिफारिस गर्दा ऋषिकेश पोखरेलबारे मौन

खबरडबली संवाददाता

काठमाडौं । संसदीय छानबिन समितिले प्रतिवेदनमा सहकारी ठगीको आरोप लागेका कांग्रेस उपसभापति धनराज गुरुङ जोडिएको मितेरी सहकारीबारे अनुसन्धान गर्न सिफारिस गरेको छ। 

तर, लेखा समिति सभापति ऋषिकेश पोखरेल दम्पती मुछिएको उमागौरी सहकारी अपचलनको विषय भने प्रतिवेदन मौन छ। 

धनराजकी पूर्वपत्नी ज्योति गुरुङले सहकारीको करिब १५ करोड अपचलन गरेको तथ्य बाहिरिएपछि धनराजले ०७६ मै डिभोर्स भएकाले कुनै दायित्व नहुने प्रतिक्रिया दिएका थिए । 

तर, डिभोर्स भएपछि पनि श्रीमतीको नामको ऋण तिरेको, श्रीमतीलाई नै हकवाला राखेर थप ऋण लिएको पाइएपछि समितिले मितेरी सहकारीको निरीक्षण गरी जानकारी लिएको थियो । 

‘सहकारीबाट प्राप्त जानकारी र धनराज गुरुङको वस्तुस्थिति हामीले प्रतिवेदनमा उल्लेख गरेका छौँ,’ थापाले भने, ‘बाँकी कुरा राज्यका अख्तियारप्राप्त निकायबाट अगाडि बढ्ला ।’ 

तर, पोखरेलको भने समिति सदस्यहरूका अनुसार उक्त सहकारीबारे समितिमा प्रत्यक्ष उजुरी वा सूचना प्राप्त नभएको तथा उक्त सहकारी हेर्ने प्रत्यक्ष कार्यादेश पनि नभएकाले छुटेको बताउँछन्। समस्याग्रस्त जुनसुकै सहकारी हेर्न सक्ने अधिकार समितिलाई थियो । 

तर, नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले छानबिन समितिको प्रारम्भिक अनुसन्धनमा कांग्रेस उपसभापति गुरुङ सहकारी ठगीमा संलग्न भएको देखाएको दाबी गरे। 

हिजो प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सम्बन्ध विच्छेद पनि नक्कली जस्तो देखिएको बताए ।

उनले भने, ‘उहाँको विषयमा समितिले प्रारम्भिक अनुसन्धान गर्‍यो । थप अनुसन्धानका लागि सम्बन्धित निकायलाई सिफारिस गरेका छौं । प्रारम्भिक अनुसन्धानबाट रकम अपचलनमा उहाँको संलग्नता देखिन्छ । उहाँको सम्बन्ध विच्छेद पनि नक्कली देखिन्छ । कानूनसम्मत छ, तर नक्कली जस्तो देखिएको छ अनुसन्धानमा । २०७६ मा डिभोर्स गर्नुभएको २०७७ मा मेडमलाई साक्षी राखेर ऋण लिनुभएको छ । केही समयअघि मात्रै ७४ लाख किस्ता तिरेको देखिन्छ । उहाँको संलग्नता देखिन्छ, तर तार्किक निष्कर्षमा पुग्न अनुसन्धान प्रक्रिया बाँकी छ ।’

र, यो पनि 

सहकारी ठगीमा मुछिए लेखा समिति सभापति पोखरेल, सञ्चालक पनि एमालेनिकटकै

 

वाग्मती सरकारले कांग्रेसका गुरुङ र कोशी सरकारले एमालेका पोखरेलकी श्रीमतीको नाम हटाएर प्रहरीमा पठाए फाइल

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्वोच्चको व्याख्या : भावनात्मक, सहयोगात्मक र सम्पर्कको आधारमा मात्रै पति–पत्नीको सम्बन्ध कायम गर्न मिल्दैन

काठमाडौं । सर्वोच्च अदालतले भावनात्मक, सहयोगात्मक र सम्पर्कको आधारमा मात्रै पति–पत्नीको सम्बन्ध कायम गर्न नमिल्ने व्याख्या गरेको छ । चेतना लोकसम पुनरा...

१९ वर्षपछि खुल्यो गौर हत्याकाण्डको फाइल, कहाँसम्म पुग्ला अनुसन्धान ?

काठमाडौं । रौतहटको गौरमा २७ जनाको हत्या भएको घटनामा प्रहरीले १९ वर्षपछि अनुसन्धान अघि बढाएको छ । सर्वोच्च अदालतबाट जारी परमादेशको पूर्णपाठ ७ पुसमा प्र...

कांग्रेस गोरखाद्वारा विशेष महाधिवेशनमा सहभागी हुन आग्रह

गोरखा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति, गोरखाले पार्टीको ‘विशेष महाधिवेशन’मा गोरखा जिल्लाबाट सहभागी हुन आज सबै महासमिति सदस्य एवं प्रतिनिधिहरूलाई आ...

सरकारले भन्यो- भेनेजुएलामा हालै भएका घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ

काठमाडौँ । नेपाल सरकारले भेनेजुएलामा हालै भएका घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालय बुधबार विज्ञप्तिमार्फत सम्बन्धित सबै ...

निर्वाचन ५५ दिन बाँकी- १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

काठमाडौँ । निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोग...

प्रतिनिधिसभा निर्वाचनः झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा सात हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ । निर्वाचनमा सुरक्षाको भरपर्द...

कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको आज बेग्लै भेला

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आज आफ्नो समूहका केन्द्रीय सदस्यहरूको भेला गर्दैछ । पार्टीमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने ...

असावधानीका कारण आगलागीका घटनामा वृद्धि

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही पुस २३ गते बिहान १०ः०० बजेदेखि बिहीबार बिहानसम्म देशभर १९ वटा विपद्का...

अमेरिकी डलरको मूल्य फेरि उच्च बिन्दुमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३...

सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending