Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

छानबिन समितिको प्रतिवेदन- धनराज गुरुङमाथि अनुसन्धानको सिफारिस गर्दा ऋषिकेश पोखरेलबारे मौन

खबरडबली संवाददाता

काठमाडौं । संसदीय छानबिन समितिले प्रतिवेदनमा सहकारी ठगीको आरोप लागेका कांग्रेस उपसभापति धनराज गुरुङ जोडिएको मितेरी सहकारीबारे अनुसन्धान गर्न सिफारिस गरेको छ। 

तर, लेखा समिति सभापति ऋषिकेश पोखरेल दम्पती मुछिएको उमागौरी सहकारी अपचलनको विषय भने प्रतिवेदन मौन छ। 

धनराजकी पूर्वपत्नी ज्योति गुरुङले सहकारीको करिब १५ करोड अपचलन गरेको तथ्य बाहिरिएपछि धनराजले ०७६ मै डिभोर्स भएकाले कुनै दायित्व नहुने प्रतिक्रिया दिएका थिए । 

तर, डिभोर्स भएपछि पनि श्रीमतीको नामको ऋण तिरेको, श्रीमतीलाई नै हकवाला राखेर थप ऋण लिएको पाइएपछि समितिले मितेरी सहकारीको निरीक्षण गरी जानकारी लिएको थियो । 

‘सहकारीबाट प्राप्त जानकारी र धनराज गुरुङको वस्तुस्थिति हामीले प्रतिवेदनमा उल्लेख गरेका छौँ,’ थापाले भने, ‘बाँकी कुरा राज्यका अख्तियारप्राप्त निकायबाट अगाडि बढ्ला ।’ 

तर, पोखरेलको भने समिति सदस्यहरूका अनुसार उक्त सहकारीबारे समितिमा प्रत्यक्ष उजुरी वा सूचना प्राप्त नभएको तथा उक्त सहकारी हेर्ने प्रत्यक्ष कार्यादेश पनि नभएकाले छुटेको बताउँछन्। समस्याग्रस्त जुनसुकै सहकारी हेर्न सक्ने अधिकार समितिलाई थियो । 

तर, नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले छानबिन समितिको प्रारम्भिक अनुसन्धनमा कांग्रेस उपसभापति गुरुङ सहकारी ठगीमा संलग्न भएको देखाएको दाबी गरे। 

हिजो प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सम्बन्ध विच्छेद पनि नक्कली जस्तो देखिएको बताए ।

उनले भने, ‘उहाँको विषयमा समितिले प्रारम्भिक अनुसन्धान गर्‍यो । थप अनुसन्धानका लागि सम्बन्धित निकायलाई सिफारिस गरेका छौं । प्रारम्भिक अनुसन्धानबाट रकम अपचलनमा उहाँको संलग्नता देखिन्छ । उहाँको सम्बन्ध विच्छेद पनि नक्कली देखिन्छ । कानूनसम्मत छ, तर नक्कली जस्तो देखिएको छ अनुसन्धानमा । २०७६ मा डिभोर्स गर्नुभएको २०७७ मा मेडमलाई साक्षी राखेर ऋण लिनुभएको छ । केही समयअघि मात्रै ७४ लाख किस्ता तिरेको देखिन्छ । उहाँको संलग्नता देखिन्छ, तर तार्किक निष्कर्षमा पुग्न अनुसन्धान प्रक्रिया बाँकी छ ।’

र, यो पनि 

सहकारी ठगीमा मुछिए लेखा समिति सभापति पोखरेल, सञ्चालक पनि एमालेनिकटकै

 

वाग्मती सरकारले कांग्रेसका गुरुङ र कोशी सरकारले एमालेका पोखरेलकी श्रीमतीको नाम हटाएर प्रहरीमा पठाए फाइल

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending