सुलीकोट। मनकामना केबलकार आजबाट पुनः नियमित रुपमा सञ्चालनमा आएको छ । मनकामना दर्शन प्रालिले असार ३१ गतेबाट केबुलकार स्तरोन्नतिको लागि भन्दै २ महिना लामो मर्मत सभ्भारपछि आज मङ्गलबारबाट सञ्चालनमा आएको मनकामना केबलकारका नायब महाप्रबन्धक उज्जल सेरचनले जानकारी दिए ।
उनका अनुसार मनकामना केबलकारको डिजिटल प्रणाली स्तरोन्नति र मेन केबल तार लठ्ठा समेत फेर्ने कार्य भएकाले असार ३१ गतेदेखि भदौ मसान्तसम्म मनकामना केबलकार बन्द गरेको थियो ।
२०५५ सालदेखि गोरखाको मनकामनामा मन्दिरमा १० मिनेटको बाटोबाट दर्शनार्थीलाई सहजता होस् भन्ने उद्देश्यले मनकामना केबुलकार सञ्चालनमा ल्याइएको हो । २६ वर्ष अघि जडित प्रविधिलाई प्रतिस्थापना गरेर अहिलेको विश्वमा प्रचलित आधुनिक प्रविधि जडान गरेर स्तरोन्नति गर्ने कार्य सम्पन्न भई सञ्चालनमा ल्याइएको मनकामना केबलकार प्रालिले जनाएको छ ।
प्रालिले यात्रुको सुरक्षालाई प्रमुख ध्यान दिँदै आएको छ । मनकामना केबुलकारबाट दर्शन गर्न आउने दर्शनार्थीलाई दृष्टिगत गर्दै अष्ट्रियाको डोप्पलमेयर कम्पनीबाट आएका दक्ष इन्जिनियर तथा प्राविधिकहरुबाट डिजिटल प्रणालीमा रुपन्तरण गर्ने कार्य सम्पन्न भई मनकामना केबुलकार नियमित सुचारु भएको नायब महाप्रबन्धक उज्जल सेरचनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ११ गते, २०८१ - १५:५३
हङकङ । सर्वोच्च अदालतले समलिङ्गी जोडीको अधिकारको पक्षमा फैसला गरेको छ । हङकङको सर्वोच्च अदालत एलजिवीटी समुदायको पक्षमा उभिदै यो फैसाला गरेको हो । र...
मंसिर ११ गते, २०८१ - १५:४६
बेरूत। हिजबुल्लाहका सन्देशहरूले सम्भावित युद्धविरामको लागि आशावादको संकेत गरेको जनाइएको छ । निराशावाद भन्दा आशावादी हुनुको कारण अलि बढी यसकारण पनि ...
मंसिर ११ गते, २०८१ - १५:४१
काठमाडौं। उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा सामाजिक सुरक्षाको अवधारण अघि सार्ने पार्टी नेकपा एमाले भएको बताएका छन । नेपाल ट्रे...
मंसिर ११ गते, २०८१ - १५:३५
काठमाडौं, आम जनता पार्टी (आजपा)ले भ्रष्ट र भगौडाहरुको पक्षपोषण गर्ने दलाल दलतन्त्रको अन्त्य गर्दै आम जनताको सर्वोच्ता सहितको शासन सत्ता स्थापित गराउन ...
मंसिर ११ गते, २०८१ - १५:२७
काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) ३३ अंकले बढेको छ । १.२३ प्रतिशतले बजार बढ्दा परिसूचक २७१६.६६ बिन्दुमा उक्लिएको छ । आज २११ कम्पनीको म...
मंसिर ११ गते, २०८१ - १५:१५
रौतहट। रौतहटको पूर्बभेग दुर्गा भगवती गाउँपालिका स्थित एकैपटक आमा छोराको हत्या गरी शव जलाएर फरार भएका एकजना अपराधी लाई ४ बर्ष पछि प्रहरीले पक्राउ गरेको...
मंसिर ११ गते, २०८१ - १५:०९
हैदाराबाद। अल्लु अर्जुन र रश्मिका मन्डन्नाको फिल्म ‘पुष्पा–२’ छिट्टै रिलिज हुँदैछ । यसैबीचमा चेन्नईमा फिल्मको प्रि–रिलिज कार्यक्रम आयोजना गरिएको थ...
मंसिर ११ गते, २०८१ - १५:०३
काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्सिर १४ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिसी यु–१९ एसिया कप क्रिकेट खेल्न जाने टोलीको बिदाइ ग...
मंसिर ११ गते, २०८१ - १४:३७
ढाका । बंगलादेश इस्कॉनसँग सम्बद्ध धार्मिक नेता चिन्मय कृष्ण दास प्रभुको रिहाइको लागि देशका विभिन्न भागमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले ढाका,...
मंसिर ११ गते, २०८१ - १४:२५
काठमाडौं। न्याय परिषद्को बैठक जारी छ । सर्वोच्च र उच्च अदालतका रिक्त न्यायाधीश पद नियुक्ति र सिफारिसका लागि न्याय परिषद्को बैठक बसिरहेको हो । ...
प्रतिकृया लेख्नुहोस्: