Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

सिराहामा स्रोत नखुलेको १४ लाख बढी रकमसहित तीनजना पक्राउ

खबरडबली संवाददाता

सिराहा । सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका– ५ बाट प्रहरीले चेकजाँचको क्रममा स्रोत नखुलेको १४ लाख रुपैयाँभन्दा बढी रकमसहित तीनजनालाई पक्राउ गरेको छ । 

जिल्लाको दक्षिणी सीमावर्ती भगवानपुरबाट स९प ११६२ नम्बरको मोटरसाइकल चढेर हुन्डीसम्बन्धी कारोबार गर्नेहरू लहानतर्फ आइरहेको भन्ने गोप्य सूचनाको आधारमा सखुवानन्कारकट्टी गाउँपालिका– ५ महेशबारीबाट तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लहानतर्फ आउँदै गरेका तीनजना चढेको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा उनीहरूले आ–आफ्नो साथमा लुकाएको १४ लाख १९ हजार आठ सय ९० नेपाली रुपैयाँ र चार सय भारतीय रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । 

सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाका अनुसार पक्राउ पर्नेहरूमा सप्तरीको राजविराज नगरपालिका- १० बस्ने मोटरसाइकलचालक करिब ५७ वर्षीय मजित मियाँ, २८ वर्षीय मो. अलाउद्दिन र २३ वर्षीय अजय चौधरी रहेका छन् । मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा मियाँले कम्बरी (पटुका)मा लुकाएको आठ लाख १४ हजार आठ सय ९०, अलाउद्दिनबाट दुई लाख चार हजार पाँच सय र चौधरीको साथबाट चार लाख पाँच सय तथा चार सय भारतीय मुद्रा बरामद भएको उनले बताए । 

सापकापेटाका अनुसार स्रोत नखुलेको रकम, मोटरसाइकलसहित पक्राउ गरेका तीनजनाविरुद्ध सिराहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर लहान प्रहरीमा राखी थप अनुसन्धान भइरहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु

एजेन्सी । मालीको राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र सैनिक विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु र दुई सय ५५ जना घाइते ...

माओवादी केन्द्रले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पद...

कुलोमा खसेर बालिकाको मृत्यु

बुटवल । बुटवलको सोह्र छत्तिस कुलोमा खसेर एक बालिकाको मृत्यु भएको छ । बिहीबार खेल्ने क्रममा बुटवल उपमहानगरपालिका– ११ की ४ वर्षीय विविशा खरेल स्रोत छत्त...

खैरो हेरोइनसहित दुईजना युवती पक्राउ

कैलाली​ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–८ स्थित धनगढीगाउँबाट प्रहरीले लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा २७ वर्षीया ...

मुस्ताङको जोमसोममा बसपार्क सञ्चालन

मुस्ताङ । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमस...

दुईतिहाइको वर्तमान सरकार सबैभन्दा अस्थिर छ:लामिछाने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुईतिहाइको वर्तमान सरकार सबैभन्दा अस्थिर रहेको टिप्पणी गरेका छन् । कांग्रेस सभापति रिसा...

फिल्म ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिक

काठमाडौं । असोज १७ गते (घटस्थापना) देखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक...

फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्बजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ स्थानमा झरेको हो । यसअघि नेपाल...

खाद्य सुरक्षाका लागि सुपथ मूल्य पसल : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संविधानमा खाद्य सुरक्षा र सम्प्रभुता मौलिक हकका रुपमा राखिएकाले त्यसको कार्यान्वयनमा सर...

समयसापेक्ष संशोधनले दीर्घ जीवन प्राप्त गर्छ: महामन्त्री शर्मा

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समयसापेक्ष संशोधनले नै संविधानले दीर्घजीवन प्राप्त गर्ने बताएका छन् ।  नेपाली कांग्रेसको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy