Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

‘संविधान संशोधन सबैका लागि बहसको विषय बनेको छ’

खबरडबली संवाददाता

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष  एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संवैधानिक अभ्यास, अनुभव र कार्यान्वयन पक्षका कमीकमजोरीलाई केलाउँदै लोकतन्त्र, मानव अधिकार, समानता र समृद्धिको आगामी यात्रामा जुट्न सबैलाई आह्वान गरेका छन् । 

संविधान दिवस–२०८१ को पूर्वसन्ध्यामा दिएकाे शुभकामना सन्देशमा पूर्वअध्यक्ष रेग्मीले परिणाममुखी कामले मात्र जनआकाङ्क्षा पूरा हुने भएकाले संविधान लक्षित उद्देश्यतर्फ अघि बढन सुझाव दिए । “स्थिरता, जनसहभागिता, प्राप्त हकअधिकारको संरक्षण र समृद्धि संवैधानिक मार्गचित्र भएकाले यसको सम्बर्द्धन गर्नु आजको लोकतन्त्रको सारभूत विषय हो । हाम्रा सबै क्रियाकलाप यसतर्फ केन्द्रित हुनुपर्दछ”, उनले भने । 

लामो सङ्घर्ष र जनआन्दोलनको कठिनतम प्रयासबाट लोकतान्त्रिक संविधान प्राप्त भएको स्मरण गराउँदै पूर्वप्रधानन्यायाधीश रेग्मीले वीर सहिदको बलिदान, घाइते, अपाङ्गहरूको सङ्घर्षपूर्ण जीवनले जनताको समुन्नत भविष्यका लागि अघि बढ्न घच्घचाइ रहेको स्पष्ट गरे । संविधान संशोधन सबैका लागि चासो र बहसको विषय बनेको उनले उल्लेख गरे । 

पूर्वअध्यक्ष रेग्मीले भने, “अब अलमलिने र अलमल्याउने छुट कसैलाई छैन । आजको प्रविधिको चरम विकास भएको विश्व व्यवस्थामा नेपाली जनता पनि बढी जागरुक र सचेत भइसकेका छन् ।” उनले शिक्षा, स्वास्थ्य, रोजगारी र समृद्धि आजको महत्वपूर्ण कार्यभार र आवश्यकता भएकाले जनताको जीवनस्तर सुधारमा ध्यान केन्द्रित गर्न सबैलाई सुझाव दिए । 

पूर्वप्रधानन्यायाधीश रेग्मीले आज संविधान संशोधनको विषय एजेन्डाका रुपमा सरकार पक्षबाट उठाइएकाले सार्वजनिक चासो र बहसको विषय बनिरहेको उल्लेख गरे । “संविधान दिवसका अवसरमा नेपाली जनताका आकाङ्क्षा र संवैधानिक लक्ष्य सबैको प्राथमिकताको विषय बनोस्, सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, उनले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नवलपुरमा संविधानको विरोध गर्ने एकजना पक्राउ

नवलपुर । नवलपुरको कावासोतीमा कालोपट्टी बाँधेर संविधानको विरोध गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।  राजावादी पक्षधरहरूले कावासोतीको फलफूल...

हङकङका व्यक्तिलाई ‘देशद्रोही’ टी–शर्ट लगाएको आरोपमा १४ महिनाको सजाय

हङकङ । हङकङका एक व्यक्तिलाई विरोध नारा लगाएको टी–सर्ट लगाएको आरोपमा सहरको नयाँ राष्ट्रिय सुरक्षा कानूनअन्तर्गत देशद्रोही भएको भन्दै बिहीबार १४ महिनाको...

चक्रवात ‘यागी’ का कारण दक्षिण पूर्वि एसियाका ६०लाख बालबालिका प्रभावितः युनिसेफ

बैङ्कक । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको छ । यागीले दु...

जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने

टोकियो । जापानमा आगामी हप्ताको नेतृत्व प्रतिस्पर्धापछि अक्टोबर १ मा संसदद्वारा औपचारिक रूपमा नयाँ प्रधानमन्त्री चयन गर्ने सत्तारुढ पार्टीका एक अधिकारी...

हिजबुल्लाहका सदस्यले प्रयोग गर्ने ‘पेजर’ विस्फोट हुँदा नौ जनाको मृत्यु, दुई हजारबढी घाइते

लेबनान । लेबनानमा इरान समर्थित लडाकु समूह हिजबुल्लाहका सदस्यहरूले एकआपससँग सञ्चार गर्न प्रयोग गर्ने हाते पेजरहरू विस्फोट हुँदा एक बालकसहित कम्तीमा नौ ...

गाजा युद्धविराम प्रयासलाई अगाडि बढाउन अमेरिकी विदेशमन्त्री इजिप्ट भ्रमणमा

कायरो । लेबनानमा भएको ‘पेजर’ विस्फोटको घटनाले गाजामा युद्धविरामको प्रयासलाई थप जटिल बनाएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बुधबार कायरो आइपुगे...

रास्वपाले स्थानीय तहको संख्या पाँचसयमा झार्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान संशोधनमा आफ्नो एजेण्डा अगाडि सारेको छ । काठमाडौंमा भएको राष्ट्रिय भेलामा सभापति रवि लामिछाने...

अधिकृतलाई नक्कली शैक्षिक प्रमाणपत्रको आरोप

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुरमा कार्यरत दिपेन्द्र यादवलाई नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोप ला...

आगामी वैशाखमा रास्वपाले महाधिवेशन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशन मिति घोषणा गरेको छ । बुधबार पार्टी सभापति रवि लामिछानेले २०८२ वैशाख २५‚ २६ र २...

दाङमा बालिकामाथि जबरजस्ती करणी गरेकाे आराेपमा एक पक्राउ

दाङ । दाङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना किशोर पक्राउ परेका छन् । बबई गाउँपालिका-१ कुम्बास बस्ने १९ वर्षीय याम बहादुर पुनल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy