Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

रबि लामिछानेमाथि ठगी र किर्तेसम्बन्धीका कानुन आकर्षित हुन्छ: महामन्त्री थापा

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि ठगी‚ किर्ते‚ सहकारी‚ फौजदारीसम्बन्धी कानुन आकर्षित हुने बताएका छन् । 

उनले आफूहरूले सोचेभन्दा बढी सहकारीबाट रकम अपचलन गर्न रवि लामिछाने सक्रिय रहेको सहकारी छानबिन विशेष समितिको प्रतिवेदन पश्चात् थाहा भएको बताए । बुधबार पार्टी कार्यालयमा बोल्दै उनले गोरखा मिडिया नेटवर्कमा  ‘एउटा हैन ४‚५ वटा सहकारीबाट लाखमा होइन करोडौँ रुपैयाँ आएको छ भन्ने समितिले भेटाएको’ उल्लेख गरे । 

महामन्त्री थापाले सहकारी सदस्य नभए पनि लामिछानेले ठुलो रकम हिनामिना गरेको बताए । ‘समितिले एक रुपैयाँ लाने कुरा पनि कानुनी बाटोबाट होइन गैरकानुनी बाटोबाट लगिएको हो भनेर लेख्यो‚’ महामन्त्री थापाले भने । 

उनले समितिले प्रतिवेदनमा नाम किटेरै रवि लामिछानेलाई कारबाही गर भनेर निर्देशन दिएको उल्लेख गरे । साथै उनले प्रतिवेदन पश्चात् रविको केसमा तीन कानुन आकर्षित हुने बताए । ‘पहिलो सहकारी कानुनको दफा १२२ अनुसार सहकारी ठग्नेलाई कारबाही हुने । दोस्रो संगठीत अपराध  सम्बन्धी कानुन हो । यसभित्र मुलुकी अपराध संहिताको दफा ३० अनुसार कारबाही हुने रहेछ‚’ उनले भने‚‘ठगी पनि छ‚ किर्ते पनि छ‚ सहकारी पनि छ‚ फौजदारी पनि छ यति धेरै भएकाले प्रचलित कानुन अनुसार कारबाही गर्नु भनेर लेखिएको रहेछ ।’

महामन्त्री थापाले गोरखा मिडिया नेटवर्क सञ्चालनमा आएकै दिन एक रुपैयाँ खल्तीको लगानी नगरी सहकारी किर्ते गरेर रकम अपचलन गरिएको समितिको प्रतिवेदनमा उल्लेख भएको बताए । ‘सहकारीमा बसेर ठग्ने भन्दा पनि सहकारी नबसेर ठग्ने धेरै हुने रहेछन्‚’ उनले भने‚‘त्यसैले कानुनमै सहकारीमा नबस्ने तर ठग्ने ठग हो है भनेर लेखियो ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending