टोकियो । जापानमा आगामी हप्ताको नेतृत्व प्रतिस्पर्धापछि अक्टोबर १ मा संसदद्वारा औपचारिक रूपमा नयाँ प्रधानमन्त्री चयन गर्ने सत्तारुढ पार्टीका एक अधिकारीले बुधबार बताएका छन् ।
सेप्टेम्बर २७ को आन्तरिक मतदानमा लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) का प्रमुख फुमियो किशिदाको उत्तराधिकारीका रूपमा नौ उम्मेदवारहरू मध्ये तीन जना अगाडि सरेका छन् । प्रतिस्पर्धीमध्ये कन्जरभेटिभ आर्थिक सुरक्षामन्त्री साने ताकाइची एलडिपीका पूर्व महासचिव सिगेरु इशिबा र पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा सिन्जिरो कोइजुमी रहेका छन् ।
कन्जरभेटिभ एलडिपीले दशकौँदेखि संसदमा बहुमतसहित शासन गर्दै आएको छ । संसदीय मामिलाका एलडिपी सांसद यासुकाजु हमादाले विपक्षी समकक्षीलाई नयाँ प्रधानमन्त्री चयन गर्न पार्टीले अक्टोबर –१ मा संसद सत्र बोलाउने योजना बनाएको बताएका छन् ।
विपक्षी पार्टीको स्वीकारोक्तीपछि सरकारले सोमबार औपचारिक रूपमा मिति घोषणा गर्ने जापानी सञ्चारमाध्यमले जनाएका छन् । सन् २०२१ को अक्टोबरदेखि सत्तासिन किशिदाले मूल्य वृद्धि लगायतका काण्डपछि भएका समीक्षामा आफ्नो सरकारका लागि अनुमोदन मूल्याङ्कनमा आएको परिणामपछि किशिदाले गत महिना आफूले पदमुक्त हुने घोषणा गरेका थिए ।
चुनावमा एलडिपीका सांसदहरूले मतदान गरेपछि मतहरू पार्टी सदस्य र समर्थकको प्राथमिकताको आधारमा निर्धारण गरिनेछ । जापानी सञ्चारमाध्यमले गरेको सर्वेक्षणमा तकाइची, इशिबा र कोइजुमीलाई अगाडि राखेका छन् । कोइजुमीले चुनाव जितेमा जापानको सबैभन्दा कान्छी प्रधानमन्त्री बन्नेछ भने एलडिपीको कन्जरभेटिभ मुखर राष्ट्रवादी तकाइची देशको पहिलो महिला नेता बन्नेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: