पर्वत। निरन्तर चार वर्षदेखि कोदो मर्न थालेपछि पर्वतका कृषक समस्यामा परेका छन् । निकै मेहनत र खर्च गरी लगाएको बाली फल्ने बेलामा मर्न थालेपछि कृषक चिन्तित बनेका हुन् ।
फल लाग्ने बेलाको कोदो मर्ने, रातो भएर सुक्ने र गुभो कुहिने जस्ता समस्याले कृषक यस वर्ष पनि उत्पादन लिन नसक्ने अवस्थामा पुगेका हुन् । निरन्तर उत्पादन लिने बेला मर्न थालेपछि कोदो उत्पादनमा ह्रास आएको छ ।
पसाउनै लागेको कोदोमा गुभो मर्ने समस्या आएपछि फलेवास नगरपालिका वडा नं।–८, ठानामौला नेपानेका दलबहादुर सुनारले रोपेको खर्चसमेत नउठ्ने भएकाले समस्यामा परेको बताए । उनले करिब १० रोपनी बारीमा रोपेको कोदोमा गुभो मर्ने समस्या देखिएको जानकारी दिए ।
अधियाँ लिएर हजारौँ खर्च गरेर खेती गरेको भए पनि कोदोमा गुभो मर्ने समस्याले मर्कामा परेको दुःखेसो गरे । उनले भने, “१० देखि १५ मुरी कोदो उत्पादन हुने बारीमा गत साल दुई मुरी १० पाथी मात्र कोदो फल्यो । अहिले झनै घट्ने भयो अधियाँ बुझाउनसमेत नपुग्ने चिन्ताले सताएको छ ।”
कोदो मर्ने र रातो लाग्ने समस्या फलेवासमा मात्र नभएर जिल्लाको कुस्मा नगरपालिकामा पनि यस्तै छ । कुस्मा नगरपालिकाका वडा नं। १०, ११, १२, १३ र १४ मा पनि रातो लाग्ने, मर्ने र गुभो सुक्ने समस्या देखिएको छ । ठुलीपोखरीका कृषकनारायण पौडेलको पनि चार रोपनी क्षेत्रफलमा लगाएको कोदो यस्तै भएको बताए।
कोदो खेती गर्न खर्च बढी लाग्ने, काम गर्ने मजदुर नपाइने र उत्पादनसमेत घट्न थालेपछि कृषकले कोदो खेती गर्न छाडेका छन् । खेती गरेर उत्पादन नहुने, बजार नपाइने र काम गर्ने जनशक्तिसमेत नपाइने भएकाले खेती गर्नसमेत छाडिएको कुस्मा नगरपालिका–१२ का कृषक लीलाधर पौडेलले बताए ।
उनका अनुसार जेठ महिनामा बिउ राख्नेदेखि काट्ने बेलासम्मको खर्च र उत्पादनको हिसाब गर्दा कोदो खेती गरेर फाइदा नहुने र उत्पादन भई हाले पनि बजार मूल्य निकै कम हँुदा कृषकले कोदो खेती गर्न छाडेका छन् । वडा कार्यालय, नगरपालिका तथा कृषि ज्ञान केन्द्रमा समयमै रोगको पहिचान गरी औषधि उपचार गर्न कृषकले आग्रह गरे पनि समाधान नभएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । कृषि ज्ञान केन्द्रले गत साल कुस्मा नगरपालिका–१२, ठुलीपोखरीको माटो जाँच गरी कृषि चुनाको प्रयोग गरेमा यस्तो रोगको समाधान हुने भनेपछि कृषकले चुना खरिद गरी उपचार गरे पनि यस वर्ष झनै मरेको कृषक पौडेलले बताए ।
यता क्षेत्रीय कृषि निर्देशनालयका प्रमुख वासुदेव रेग्मीलेसमेत कृषि चुना प्रयोग गरेमा यस्तो समस्या समाधान हुने बताउनुहुन्छ । कृषकले भने गत साल प्रयोग गर्दासमेत समस्या कम नहुँदा कृषि प्राविधिकले अनावश्यक सल्लाह दिएको बताउँदै आएका छन् । कोदोमा समस्या देखिएपछि कृषि ज्ञान केन्द्र पर्वतका प्राविधिक गाउँ गाउँमा गएर अध्ययन गरेको केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले बताउनुभयो । उहाँका अनुसार रोग पत्ता नलागेको र कृषकलाई कुनै समाधान दिन नसकिएको बताए।
जिल्लाका अधिकांश स्थानमा यस्तो समस्या देखिएकाले केही रोग रोप्नुभन्दा पहिला नै उपचार गर्नुपर्ने खालका छन् भने केहीको क्षेत्रीय प्रयोगशालमा नमुना सङ्कलन गरी जाँचका लागि पठाइएको बताए। जाँचको रिपोर्ट आएपछि रोकथामका लागि तयारी गरिने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १० गते, २०८३ - १६:१७
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका व्यक्तिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। पार्ट...
आषाढ़ १० गते, २०८३ - १६:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनका प्रतिनिधिको अन्तिम टुंगो अझै लगाउन सकेको छैन। ९९ सदस्यीय केन्द्रीय समिति चयनका ला...
आषाढ़ १० गते, २०८३ - १५:४४
काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्ष...
आषाढ़ १० गते, २०८३ - १५:२७
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले घटेर २६६० अंकमा झरेको छ। यो पछिल्लो चार महिनाकै न्यून स्तर हो। अघिल्लो दिन पनि नेप...
आषाढ़ १० गते, २०८३ - १५:१७
नेपालगन्ज। पश्चिम नेपालको प्रमुख केन्द्र मानिने नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ का लागि एक अर्ब ७६ करोड ६४ लाख ४३ हजार रुपियाँको आयव्यव...
आषाढ़ १० गते, २०८३ - १५:००
काठमाडौं । भोलि (बिहीबार) का लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले सूचना टाँस गर्दै बैठक स्थगित गरिएको जानकारी गराएको ...
आषाढ़ १० गते, २०८३ - १४:४७
लन्डन। स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा एक हजार २०० भन्दा बढी मालवाहक जहाज १२५ अर्ब अमेरिकी डलरको सामानसहित यस क्षेत्रमा फसेको बेलायती फाइनान्सिय...
आषाढ़ १० गते, २०८३ - १४:२७
काठमाडौँ। नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार पार्टीको १५ औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभ...
आषाढ़ १० गते, २०८३ - १४:२२
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई–तीन घण्टा लाग्न सक्ने बताएका...
आषाढ़ १० गते, २०८३ - १३:४६
काठमाडौँ । भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन समयमै सम्पन्न हुने अपेक्षा गरिए पनि कार्यतालिकाअनुसार काम सुरु नहुँदा...



प्रतिकृया लेख्नुहोस्: