पर्वत। निरन्तर चार वर्षदेखि कोदो मर्न थालेपछि पर्वतका कृषक समस्यामा परेका छन् । निकै मेहनत र खर्च गरी लगाएको बाली फल्ने बेलामा मर्न थालेपछि कृषक चिन्तित बनेका हुन् ।
फल लाग्ने बेलाको कोदो मर्ने, रातो भएर सुक्ने र गुभो कुहिने जस्ता समस्याले कृषक यस वर्ष पनि उत्पादन लिन नसक्ने अवस्थामा पुगेका हुन् । निरन्तर उत्पादन लिने बेला मर्न थालेपछि कोदो उत्पादनमा ह्रास आएको छ ।
पसाउनै लागेको कोदोमा गुभो मर्ने समस्या आएपछि फलेवास नगरपालिका वडा नं।–८, ठानामौला नेपानेका दलबहादुर सुनारले रोपेको खर्चसमेत नउठ्ने भएकाले समस्यामा परेको बताए । उनले करिब १० रोपनी बारीमा रोपेको कोदोमा गुभो मर्ने समस्या देखिएको जानकारी दिए ।
अधियाँ लिएर हजारौँ खर्च गरेर खेती गरेको भए पनि कोदोमा गुभो मर्ने समस्याले मर्कामा परेको दुःखेसो गरे । उनले भने, “१० देखि १५ मुरी कोदो उत्पादन हुने बारीमा गत साल दुई मुरी १० पाथी मात्र कोदो फल्यो । अहिले झनै घट्ने भयो अधियाँ बुझाउनसमेत नपुग्ने चिन्ताले सताएको छ ।”
कोदो मर्ने र रातो लाग्ने समस्या फलेवासमा मात्र नभएर जिल्लाको कुस्मा नगरपालिकामा पनि यस्तै छ । कुस्मा नगरपालिकाका वडा नं। १०, ११, १२, १३ र १४ मा पनि रातो लाग्ने, मर्ने र गुभो सुक्ने समस्या देखिएको छ । ठुलीपोखरीका कृषकनारायण पौडेलको पनि चार रोपनी क्षेत्रफलमा लगाएको कोदो यस्तै भएको बताए।
कोदो खेती गर्न खर्च बढी लाग्ने, काम गर्ने मजदुर नपाइने र उत्पादनसमेत घट्न थालेपछि कृषकले कोदो खेती गर्न छाडेका छन् । खेती गरेर उत्पादन नहुने, बजार नपाइने र काम गर्ने जनशक्तिसमेत नपाइने भएकाले खेती गर्नसमेत छाडिएको कुस्मा नगरपालिका–१२ का कृषक लीलाधर पौडेलले बताए ।
उनका अनुसार जेठ महिनामा बिउ राख्नेदेखि काट्ने बेलासम्मको खर्च र उत्पादनको हिसाब गर्दा कोदो खेती गरेर फाइदा नहुने र उत्पादन भई हाले पनि बजार मूल्य निकै कम हँुदा कृषकले कोदो खेती गर्न छाडेका छन् । वडा कार्यालय, नगरपालिका तथा कृषि ज्ञान केन्द्रमा समयमै रोगको पहिचान गरी औषधि उपचार गर्न कृषकले आग्रह गरे पनि समाधान नभएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । कृषि ज्ञान केन्द्रले गत साल कुस्मा नगरपालिका–१२, ठुलीपोखरीको माटो जाँच गरी कृषि चुनाको प्रयोग गरेमा यस्तो रोगको समाधान हुने भनेपछि कृषकले चुना खरिद गरी उपचार गरे पनि यस वर्ष झनै मरेको कृषक पौडेलले बताए ।
यता क्षेत्रीय कृषि निर्देशनालयका प्रमुख वासुदेव रेग्मीलेसमेत कृषि चुना प्रयोग गरेमा यस्तो समस्या समाधान हुने बताउनुहुन्छ । कृषकले भने गत साल प्रयोग गर्दासमेत समस्या कम नहुँदा कृषि प्राविधिकले अनावश्यक सल्लाह दिएको बताउँदै आएका छन् । कोदोमा समस्या देखिएपछि कृषि ज्ञान केन्द्र पर्वतका प्राविधिक गाउँ गाउँमा गएर अध्ययन गरेको केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले बताउनुभयो । उहाँका अनुसार रोग पत्ता नलागेको र कृषकलाई कुनै समाधान दिन नसकिएको बताए।
जिल्लाका अधिकांश स्थानमा यस्तो समस्या देखिएकाले केही रोग रोप्नुभन्दा पहिला नै उपचार गर्नुपर्ने खालका छन् भने केहीको क्षेत्रीय प्रयोगशालमा नमुना सङ्कलन गरी जाँचका लागि पठाइएको बताए। जाँचको रिपोर्ट आएपछि रोकथामका लागि तयारी गरिने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १७:१९
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...
पौष १० गते, २०८२ - १७:०५
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...
पौष १० गते, २०८२ - १६:५०
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...
पौष १० गते, २०८२ - १६:३६
काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...
पौष १० गते, २०८२ - १६:२९
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...
पौष १० गते, २०८२ - १६:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...
पौष १० गते, २०८२ - १६:१५
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...
पौष १० गते, २०८२ - १६:०७
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...
पौष १० गते, २०८२ - १५:३४
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...
पौष १० गते, २०८२ - १५:१३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...




प्रतिकृया लेख्नुहोस्: