गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहिबार राति इजरायले गरेको हवाई आक्रमणमा परी कैयाैँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् ।
इजरायली युद्ध विमानहरूले मध्य गाजाको अल–दराज सहरमा रहेको एक घरमा आक्रमण गर्दा सात प्यालेस्टिनीको मृत्यु हुनुका साथै अधिकांश महिला तथा बालबालिकासहित अन्य घाइते भएको स्थानीय स्रोतले जानकारी दिएका छन् । लडाकु विमानहरूले उत्तरी गाजा पट्टीको बेइट लाहियामाको एउटा घरमा पनि आक्रमण गरेका गर्दा घाइते तथा बेपत्ता मानिसहरूको उद्धारकर्मीहरूले भग्नावशेषमुनि खोजी गरिरहेका छन् ।
आक्रमयाले नुसेरात शिविरको एक घरलाई पनि निशाना बनाउँदा केहीको हताहतभएको उल्लेख गरिएको छ । यसअघि इजरायली आक्रमणले उत्तरी गाजाको जबलियामा रहेको एक घरलाई निशाना बनाउँदा सात प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका थिए । खान युनिसको अल–कारारा सहरमा इजरायली हमलामा थप दुई प्यालेिस्टनीको मत्यु भएको तथा मध्य गाजा पट्टीको अल–मगाजी शिविर नजिकै एउटा गाडीलाई निशाना बनाई गरेको आक्रमणमा दुई जनाको मृत्यु भएको थियो ।
बिहीबार बिहानदेखि रातिसम्म विस्थापित व्यक्तिहरूको घर, सवारी साधन र पालमा भएको इजरायली बमबारीमा ४५ भन्दा बढी प्यालेस्टिनी मारिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । गत अक्टोबरमा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणको बदलामा इजरायलद्वारा गाजामा गरिएको आक्रमणका कारण हालसम्म अधिकांश महिला तथा बालबालिकासहित ४१ हजार २७२ जनाको मृत्यु हुनुका साथै अन्य ९५ हजार ५५१ जना घाइते भएको जनाइएको छ ।
यसैगरी हजारौं पीडितहरू बेपत्ता, भग्नावशेषमुनि दबिएका वा सडकमा बबारिसे अवस्थामा छरिएका छन् । इजरायली आक्रमणले गर्दा उद्धार कार्यमा कठिनाइको सामना गर्नुपरेको प्यालेष्टिनी उद्धार टोलीले जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ४ गते, २०८१ - २०:२०
काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै रु १८ लाख ५३ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ...
आश्विन ४ गते, २०८१ - १९:५०
काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत पश्चिम प्रवास संगठन समितिको भर्जुअल परामर्श बैठक सुरु भएको छ । बैठकमा पार्टी केन्द्रीय का...
आश्विन ४ गते, २०८१ - १९:४५
कटारी । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा-छोराको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई सार्वजनिक गरेको छ । ...
आश्विन ४ गते, २०८१ - १९:३८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी टेलिभिजनमा रहँदा १ करोड बढी तलब लिएको पाइएको छ । सहकारीको बचत अप...
आश्विन ४ गते, २०८१ - १९:३५
रौतहट । रौतहटमा नेपाली सेनाको अगुवाईमा बृहत रुपमा वृक्षारोपण गरिएको छ । संबिधान दिवसको अवसर पारेर नेपाली सेनाको अगुवाईमा रौतहटको चुरे क्षेत्रमा बिभिन्...
आश्विन ४ गते, २०८१ - १९:०५
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्...
आश्विन ४ गते, २०८१ - १९:०१
चितवन । नेपाली कांग्रेस पार्टी कार्यालय चितवनले पार्टीका जिल्ला नेताहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था गरेको छ । जिल्लास्तरीय नेताहरूको पार्टी कार...
आश्विन ४ गते, २०८१ - १८:५८
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित जनशान्ति माध्यामिक विद्यालयमा ३२ वर्षदेखि अध्यापन गराउँदै आएका पोखराका नारायण पौड...
आश्विन ४ गते, २०८१ - १८:५१
काठमाडाैं । सरकारले विभिन्न चारजना सचिवहरूको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवाको निर्णय गरेको हो । निर्णयअनुसार ज...
आश्विन ४ गते, २०८१ - १८:४७
बाँके । बाँकेको पश्चिम सिमावर्ती क्षेत्रका जनताले दुःख पाइरहेको परसपुर–गौघाट सडक खण्ड कालोपत्रे गर्ने योजना निर्धारित समयमा पूरा हुन नसक्दा स्थानीयले ...
प्रतिकृया लेख्नुहोस्: