Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

पाँच विद्यालयमा बालमैत्री र अपाङ्गतामैत्री पक्कि भवन निर्माण

खबरडबली संवाददाता

जुम्ला। जुम्लाको दुर्गम बस्तीका ५ वटा विद्यालयमा बालमैत्री र अपाङ्गतामैत्री पक्कि भवन निर्माण गरिएको छ । जुम्लाको हिमा गाउँपालिका, सिँजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा ५ वटा आधुनिक भवन निर्माण कार्यसम्पन्न भई हस्तान्तरण समेत गरिएको हो । 

जिल्लाको हिमा गाउँपालिका भैरव आधारभूत विद्यालय जोडिबाडा, महादेव आधारभूत विद्यालय तलिउकुडु, सिंजा गाउँपालिकाको आधारभूत विद्यालय जोडु, कनकासुन्दरी गाउँपालिका आधारभूत विद्यालय गोरुचौर, कनकासुन्दरी गाउँपालिका आधारभूत विद्यालय भैलेपाटा सहित ५ वटा विद्यालयमा आधुनिक पक्कि भवन निर्माण सम्पन्न भएका छन्।

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी पाँच वटै भवनहरुको उद्घाटन गरेको छन् । चार वटा विद्यालयमा भौतिक संरचनाको अभाव भोगिरहेका ती स्थानमा ४ कोठाको अपांगताता मैत्री, वालमैत्री भवन, कक्षा १,२ र ३ ईसिडि कक्षा, महिला शौचालय, पुरुष शौचालय, वालमैत्री हातधुने स्थान सहितका भवन तथा भैलेपाटा आधारभूत विद्यालयमा अपांगतामैत्री बालमैत्री भवन निर्माण भएका छन् ।  

स्थानीय सरकारको साझेदारीमा नवनिर्मित भवन स्थानीय तहलाई हस्तातरण समेत गरिएको छ । साझेदार संस्था प्लान नेपालको सहयोगमा साझेदारी सहयोग केन्द्रबाट निर्माण भएका भवन स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ । प्लान नेपालका क्षेत्रीय प्रबन्धक मिना पराजुलीका अनुसार पाँच वटा भवन निर्माणमा रु तीन करोड ४९ लाख ५४ हजार ५३ रुपियाँ खर्च भएको छ । जसमा स्थानीय सरकारको रु १३ लाख र रु ३ करोड ३६ लाख ५४ हजार ५३ रुपियाँ प्लान नेपालको लागत रहेको छ । 

एक कार्यक्रमकाबिच नवनिर्मित भवनको संरचना, लागत सहितका वृस्तृत पुस्तिका सहित भवन स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ । नवनिर्मित भवन उद्घाटन कार्यक्रममा कर्णालीका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले विद्यालयमा गुणस्तरीय भवन निर्माण गर्ने सहयोगी निकाय सहित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सिंजा सभ्यता नेपालीको इतिहास बोकेको क्षेत्र भएकाले यहाँको विकासमा सवैको सहयोग आवश्यक छ । उहाँले गुणस्तर भवन निर्माण भएकाले यसको भरपुर प्रयोग गरि शिक्षामा टेवा पुयाउन अनुरोध गर्नुभयो । 

सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले शिक्षा क्षेत्रमा लगानी भनेको सवैभन्दा उत्तम हुने भएकाले गुणस्तरीय भवन निर्माणमा सहयोग गर्ने साझेदार निकाय सहित सवैलाई धन्यवाद ज्ञापन गरे । हिमा गाउँपालिका जुम्लाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले विद्यालयमा गुणस्तरीय भवन निर्माण गर्न सघाउने साझेदार निकायलाई नेपाललाई धन्यवाद ज्ञापन गरे । उनले यस्तै संरचना भएमा विद्यालयमा गुणस्तरीय शिक्षामा जोड हुने बताउनुभयो । कनकासुन्दरी गाउँपालिका जुम्लाका अध्यक्ष दामोदर आचार्यले शिक्षामा लगानी गर्ने सरकारको लक्ष्य अनुसार साझेदार निकायसँग सहकार्य गरेर निर्माण भएका भवन भरपुर प्रयोग हुनेमा जोड दिए । 

भैरव आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमनाथ योगीले भत्केको जिर्ण कक्षा कोठामा विद्यालय सञ्चालन भइरहेको अवस्थामा अव नयाँ आधुनिक ४ कोठे भवन, ईसिडि र मैत्री शौचालय बन्दा निकै राहत हुने बताए । उनका अनुसार यो कार्यका लागि सहयोग गर्ने गाउँपालिका, साझेदार संस्थालाई धन्यवाद ज्ञापन गर्दछु । उनका अनुसार भैरव आ।वि।मा विद्यालयको जग्गा ७ विगा १७ कट्टा जमिन रहेको छ । सो जग्गामा स्याउ पनि लगाइएको छ । 

हिमा गाउँपालिको भैरव आवि जोगिवाडामा भिजन निर्माण सेवाले भवन निर्माण गर्ने जिम्मा लिइएको थियो । भवन राम्रो बनाएको भन्दै विद्यालयले सो निर्माण सेवाका प्रोपाईटर राष्टु कठायतलाई सम्मान समेत गरिएको छ । नवनिर्मित भवन उद्घाटन कार्यक्रममा प्लान ईन्टरनेश्नल नेपालका प्रोगाम गुणस्तरीय एण्ड ईन्नोभेसन निर्देशक जुली गुरुङले अभाव भएको क्षेत्रमा काम गर्न पाउदा खुशी व्यक्त गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्। गृहमन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण सम्बन्धी अन...

रास्वपाको बन्द सत्र स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको बन्द सत्र स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिको नामावलीम...

पासपोर्ट ठेक्का प्रकरणमा सिद्धार्थ थापा र मनिन्द्र मल्लविरुद्ध पनि भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद (पासपोर्ट ठेक्का) प्रकरणमा जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र म्यूल...

रास्वपाको बन्दसत्र आज नहुने सम्भावना, भोली बिहान गर्नेबारे छलफल

काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र कार्यक्रम आज नहुने सम्भावना बढेको छ। महाधिवेशन प्रत...

राहदानी छपाइ प्रकरण: आरजु राणासहित १८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । राहदानी छपाइ तथा प्रणाली व्यवस्थापनसम्बन्धी ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूरा ...

रास्वपा महाधिवेशनमा खानाको मेन्यू, काउलीदेखि खसीको मासुसम्म

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा जारी रहेको छ। आइतबारदेखि सुरु भएको महाधिवेशन तीन दिनसम्म सञ्चालन हुने कार्यक्र...

यसवर्षको मनसुन कोशीदेखि विस्तार हुँदै

काठमाडौं । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको सम्पूर्ण भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षे...

नेप्से परिसूचक १.४६ अंकले घट्यो, ४ अर्ब ४४ करोडभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से १.४६ अंकले घट्दै २७००.६५ विन्द...

गर्मी बढेपछि विद्यालयमा चार दिन बिदा

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाले पालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ ।  अत्यधिक गर्...

बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा

लन्डन । बेलायतका प्रधानमन्त्री सिर कीर स्टार्मरले प्रधानमन्त्री पद र लेबर पार्टीको नेतृत्व दुवैबाट राजीनामा दिने घोषणा गरेको छन् । बुधबार लन्डनस्थि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending