Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

कोरियाले नेपाललाई दिएका गाईका बाछी स्थानीयलाई उपहार

खबरडबली संवाददाता

सिन्धुली। करिब तीन वर्षअघि कोरियाले नेपाललाई दिएका उन्नत जातका गाईबाट जन्मिएका बाछी स्थानीयलाई उपहारका रूपमा प्रदान गरिएको छ । शनिबार सिन्धुलीको कमलामाई नगरपालिकामा आफ्नो ८०औँ वार्षिकोत्सव मनाउँदै हेफर इन्टरनेशनलले उपहार हस्तान्तरण कार्यक्रम (पासिङ अन द गिफ्ट) सम्पन्न गरेको हो ।

हेफरले नेपाल सरकारसँग मिलेर सिन्धुलीमा ‘मिल्की वे’ परियोजना सञ्चालन गर्दै आएको छ । दक्षिण कोरिया सरकार पनि यस परियोजनाको साझेदार हो । परियोजनाका लागि दक्षिण कोरियाले सन् २०२२ डिसेम्बर र सन् २०२३ जनवरीमा होलिस्टिन प्रजातिका एक सय गाई र आठवटा साँढे उपहारस्वरूप प्रदान गरेको थियो । जसमध्ये कमलामाई नगरपालिकामा ५१ किसान परिवारलाई गाई बाँडिएका थिए । नश्ल सुधारका लागि ल्याइएका साँढे भने राष्ट्रिय पशु प्रजनन कार्यालयमा राखिएका छन् ।

यसरी किसानलाई बाँढिएका उन्नत जातका गाईबाट जन्मिएका बाछी अहिले अरू किसानलाई हस्तान्तरण गरिएको हो । ‘मिल्की वे’ परियोजनाले पाँच लाख नेपाली साना किसान परिवारमा पुगेर जीवनस्तर सुधार गर्ने अपेक्षा गरिएको छ । ‘मिल्की वे’ परियोजनाका साझेदारहरूले कमलामाई नगरपालिकामा ‘मोडेल डेरी भिलेज’ समेत स्थापना गरेका छन् ।

कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले ‘मिल्की वे’ कार्यक्रमले किसानको जनजीविका सुधारमा लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । “स्थानीय सरकारसमेतको सहकार्यमा सञ्चालित यस कार्यक्रमले किसानको आर्थिकस्तर सुधारका लागि मात्र नभइ कृषिउपज उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने र त्यस्ता वस्तु निर्यात गर्ने मुलुकका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ”, उनले भने, “उपहार प्रदान गर्ने संस्कृतिले सामाजिक एकता तथा सहकार्यको भावनालाई मजबुद बनाउँछ र यसले व्यावासयिक कृषिमा लाग्नका लागि उत्प्ररित पनि गर्छ ।”

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा राजेन्द्र मिश्रले मुलुकको ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या कृषि पेसामा आबद्ध रहेको उल्लेख गर्दै व्यावसायिक पशुपालन तथा नश्ल सुधारका कार्यक्रमबाट दुग्धजन्य तथा मासुको उत्पादनमा नेपाल आत्मनिर्भर भएको बताए। कृषि तथा पशुपक्षी क्षेत्रमा देखिएका विभिन्न रोग उन्मूलनका लागि सरकारले योजना बनाएको पनि उनले जानकारी दिए। 

कार्यक्रममा हेफर इन्टरनेशनलकी प्रमुख कार्यकारी अधिकृत सुरिता सन्दोसमले भने, “हामीले हेफर इन्टरनेशनलको ८०औँ वार्षिकोत्सव मनाउँदै गर्दा उपहार हस्तान्तरणका माध्यामबाट सामाजिक एकतासँगै रूपान्तरण कसरी गर्न सकिन्छ भन्ने यो उत्कृष्ट उदाहरण हो । कमलामाई नगरपालिकामा भएको यो कार्यक्रम हाम्रो कार्यको परिवर्तनकारी शक्ति र दीर्घकालीन उदारताको भावनाको प्रमाण पनि हो ।”

यस्तै, कमलामाई नगरपालिका प्रमुख उपेन्द्र पोखरेलले कोरियाली गाई ल्याएपछि गत वर्षको तुलनामा दूध उत्पादन दोब्बरले बढेको दाबी गरे। मासिक २७ लिटरबाट बढेर ५५ हजार लिटर पुगेको उहाँको भनाइ छ । 

हेफर इन्टरनेशनलका राष्ट्रिय निर्देशक डा तीर्थराज रेग्मीले देशका ५३ भन्दा बढी जिल्लामा चार लाखभन्दा बढी परिवार, १६ हजार समूह र दुई सय ९२ वटा सहकारी हेफरसँग आबद्ध भएर कृषि तथा पशुपक्षी पालनमार्फत जीविकोपार्जन कार्यक्रमसँग जोडिएको बताए । आर्थिक रूपमा कमजोर परिवारलाई पशुपालनमार्फत जीवनस्तर सुधार, उत्पादित वस्तुको बजारीकरण, स्वरोजगार सिर्जनालगायत काममा हेफरले भूमिका खेलेको उनले बताए। यसबाट गरिबी र भोकमरी अन्त्य हुनेमात्र नभइ दिगो खाद्य सुरक्षा र मुलुकको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने डा रेग्मीको भनाइ छ ।

कोरियाबाट उपहार पाएका दुईवटा गाई पालिरहनुभएकी कमलामाई नगरपालिकाको तल्लो राजपानीकी रुक्मिणी अधिकारी आफ्नो घर खर्चसँगै केही बचत पनि हुन थालेको बताउछन् । “मेरो परिवारको मुख्य पेसा खेती किसानी र पशुपालन हो । पहिले पनि गाई पाल्थ्यौँ तर त्यो आफैँलाई खानका लागि मात्र पुग्थ्यो । अहिले कोरियाबाट आएका गाईको दूध बेचेर मैले परिवार खर्च चलाउने, छोराछोरी पढाउनेमात्र होइन, केही बचत पनि गर्न थालेकी छु”, उनले भने। अधिकारीले आफूले उपहार पाएको गाईबाट जन्मिएको बाछी स्थानीय कुसुम थापालाई दिएको छन् ।

कृषि तथा पशुपालनका माध्यमबाट भोकमरी र गरिबी अन्त्य गर्ने उद्देश्य राखेको हेफरले उपहारको संस्कृतिलाई पनि प्रवर्द्धन गर्दै आएको छ । दोस्रो विश्वयुद्धपछि सन् १९४४ मा अमेरिकी नागरिक ड्यान वेस्टले कोरियाका गरिब किसानलाई १७ वटा गाई बाँडेको थिए । त्यसरी बाँडिएका गाईबाट त्यहाँको किसानको जीवनस्तर सुधारमात्र नभइ दुग्धजन्य वस्तु उत्पादनमा कोरियाले अग्रणी मुलुकका रूपमा परिचय बनाएको छ । नेपालमा पनि सुरुमा एक सय वटा गाई ल्याएर ५१ किसान परिवारलाई बाँडेकामा त्यसलाई उपहार संस्कृतिकै माध्यामबाट बढाएर पाँच लाख पुर्याउने र नेपालभित्र मात्र नभइक अन्य देशलाई पनि नेपालबाट उन्नत जातका गाई बाँड्ने अवस्थासम्म पुर्याउने लक्ष्य राखिएको हेफर एसिया प्रोग्रामका वरिष्ठ उपाध्यक्ष नीना जोशीले बताए।

पशुपालनका क्षेत्रमा नेपालले उल्लेख्य सुधार गरेको र यहाँ सञ्चालित कार्यक्रमको प्रभावकारिता राम्रो देखिएका कारण ८०औँ वार्षिकोत्सव नेपालमा मनाइएको पनि हेफर इन्टरनेशनलले जनाएको छ । यहाँ आयोजित वार्षिकोत्सव कार्यक्रममा हेफरका सहयोगदाता, विभिन्न देशका राष्ट्रिय निर्देशक, हेफरका संस्थापक ड्यान वेस्टको परिवारका सदस्यलगायतको उपस्थिति थियो । हेफरअन्तर्गतका परियोजना लागू भएका विभिन्न स्थानीय तहका प्रतिनिधि पनि वार्षिकोत्सवमा सहभागी थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोगले बिहीबार निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गर्ने

काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...

समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिने निर्वाचन आयोगको तयारी

काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...

ताप्लेजुङबाट तीन जनाले पाए समानुपातिक सांसदको अवसर

ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...

बसको ठक्करबाट नवलपुरमा स्कुटर चालकको मृत्यु

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।  दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...

कांग्रेस कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो ।  चुनाव...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...

अहिलेसम्म मन्त्रीपरिषद्को टुंगो लागेको छैन: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...

राई–लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा रवी लामिछानेले मागे माफी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: