Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

धुँवामुक्त क्षेत्र बनाउने अभियान अन्तर्गत ग्यास सिलिन्डर र चुल्हो वितरण

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पालिकावासीलाई ग्यास सिलिन्डर र चुल्हो वितरण गरेको छ । धुँवामुक्त क्षेत्र बनाउने अभियानको सुरुवात गरेको गाउँपालिकाले वडा –३ लिबाङका बासिन्दालाई ग्यास सिलिन्डर र चुल्हो वितरण गरेको हाे । 

गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाका अनुसार प्रत्येक परिवारलाई एक सेटका दरले ग्याँस सिलिन्डर र चुल्हो वितरण गरिएको छ । यस पटक लिबाङका तीनसय ८५ परिवारलाई ग्याँस सिलिन्डर र चुल्हो वितरण गरिएको थापाले जानकारी दिए । 

वडावासीलाई वडा कार्यालयमा केन्द्रित गरी प्रतिपरिवार एक सेटका दरले ग्याँस सिलिन्डर र चुल्हो वितरण गरिएको उनले बताए । गाउँपालिका अध्यक्ष कार्कीको उपस्थितिमा ग्याँस सिलिन्डर र चुल्हो वितरण गरिएको थापाले जानकारी दिए । गत आर्थिक वर्षदेखि गाउँपालिकालाई धुँवामुक्त बनाउने अभियान सुरु गरेको गाउँपालिकाले लिबाङमा ३७ लाख रुपियाँ बजेटको लगानीबाट सिलिन्डर र चुल्हो वितरण गरेको छ । 

कुल रकममध्ये गाउँपालिकाको २७ लाख र मेवा डेभलपर्स लिमिटेडले १० लाख रुपियाँ सहयोग गरेको गाउँपालिकाले जनाएको छ । अघिल्लो वर्ष वडा १ र २ खोक्लिङमा गाउँपालिकाले ग्याँस सिलिन्डर र चुल्हो वितरण गरेको थियो । पाँचवटा वडा रहेको गाउँपालिकामा अब वडा ४ साँवा र वडा ५ पापुङ बाँकी रहेको छ । वडा ४ साँवामा चालू आर्थिक वर्षभित्र ग्याँस सिलिन्डर र चुल्हो वितरण गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्यानडाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै, यस्तो छ नेपालको प्लेइङ- ११

काठमाडौं । नेपालले आइसीसी विश्वकप लिग- २ अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दै छ । ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यस खेलमा नेपालले टस जितेर पहिल...

बागलुङमा दुई वर्षदेखि खेलमैदान अलपत्र

बागलुङ । बागलुङ नगरपालिका–४ ओडारचौरमा नौ वर्ष अघि सुरु निर्माण भएको बहुउद्देश्यी खेलमैदान दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षदेखि कुनै पनि निकायबाट...

भरतपुरको मुख्यबजार क्षेत्रको ६ लेन सडक निर्माण अन्तिम चरणमा

चितवन । भरतपुर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको यहाँको सहरी क्षेत्रको छ लेन सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्व–पश्चिम राजमार्गअन्त...

श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिसानायके निर्वाचित

एजेन्सी । श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । श्रीलंकाको निर्वाचन आयोगले राष्ट्रपतिमा दिसानायके विजयी भए...

रौतहट राजपुरका दुई वडामा हैजा फैलियो

रौतहट । रौतहटको राजपुर नगरपालिकाको दुई वटा वडामा हैजा रोग फैलिएको छ । पछिल्लो तिन दिनमा राजपुर नगरपालिकाको वडा नम्बर ३ र ४ मा हैजाको लक्षणसहितका बिराम...

संविधन संशोधनको कुरा गर्दा झस्किनु पर्दैनः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्नेकुरा उठाउँदा तर्सिनुपर्ने र झस्किनुपर्ने आवश्यकता नरहेको बताएका छन् ।  आइतवार सिंहदरबारमा संव...

कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन

विराटनगर । नेकपा एमाले-कांग्रेस गठबन्धनको कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन भएको छ ।  आइतबार सत्तापक्षीय संसदीय दलको संय...

मलेसियामा बाल दुर्व्यवहारको अनुसन्धानमा सयौँ पक्राउ

क्वालालम्पुर । मलेसियाली प्रहरीले इस्लामिक समूहद्वारा सञ्चालित हेरचाह केन्द्रमा बालबालिकामाथि भएको दुर्व्यवहारको अनुसन्धानका क्रममा ३ सय ५५ संदिग्धलाई...

रास्वपाका कार्यकर्ताहरूलाई पार्टी कार्यालयमा भेला हुन सर्कुलर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टी कार्यकर्ताहरूलाई पार्टी मुख्यालयमा तत्कालै उपस्थित हुन सर्कुलर जारी गरेको छ । मोबाइलमा ...

पक्राउ परेका व्यवसायी प्रसाईं काठमाडौं जिल्ला अदालतमा पेस

काठमाडौं । पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।  आइतबार उनलाई जिल्ला अदालतमा पेस गरिएको हो । त्यसअघि उनला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy