Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

खाेटाङमा गुम्बा निर्माण ६ वर्षदेखि अलपत्र

खबरडबली संवाददाता

खोटाङ । खोटाङमा २१ करोडको लागतमा सुरु गरिएको गुम्बा ६ वर्षदेखि अलपत्र छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा ६ वर्षअघि निर्माण सुरु गरिएको गुम्बा अझै जग भन्दा माथि उठ्न सकेको छैन ।

तत्कालीन प्रदेश नम्बर एकका मुख्यामन्त्री शेरधन राईले २०७४ माघ १९ गते शिलान्यास गरेकाे ‘ला ज्यालो वाङ थोप’ नामक गुम्बा जगभन्दा माथि उठ्न नसकेको हो । नुनथलाको पर्यटकीयस्थल संसारीडाँडामा उपभोक्ता समितिमार्फत निर्माण सुरु गरिएको गुम्बाको जगको रड खान थालेको छ ।  तर, काम पुनः अगाडि बढ्ने कुनै छाट्काट छैन ।

नगरपालिकाको क्रमागत बजेट र विभिन्न दाताको चन्दा दानबाट मध्यपहाडी लोकमार्गको छेउमा विशाल गुम्बा निर्माणको काम थालिएको थियो ।  करिब २१ करोडमा सम्पन्न हुने गुम्बा ६० फिट अग्लो हुने डिजाइन छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ मा विनियोजन गरेको १५ लाख र उपभोक्ता समितिको दुई लाख बराबरको जनश्रमदानबाट गुम्बाको जग खन्ने, ढुंगा सोलिङ गर्ने र पिसीसी ढलानको काम पुरा गरिएको थियो । त्यस लगत्तै प्रदेश सरकारले उपलबध गराएको करिब एक करोड र उपभोक्ता समितिको १० लाख बराबरको श्रमदानबाट गुम्बाको थप काम अघि बढाइएको थियो । गुम्बा निर्माणको काम सम्पन्न गर्नका लागि २०७४ वैशाख ५ गते प्रदेश सरकार र उपभोक्ता समितिबिच सम्झौता पनि भएको थियो ।

तर क्रमागत रुपमा बजेट प्राप्त नहुँदा गुम्बाको काम ठप्प भएको गुम्बा व्यवस्थापन समितिका सचिव धनकुमार तामाङले बताए । नुनथलाका वडाध्यक्ष भगेश्वर राईका अनुसार कतिपयले भने गुम्बाको बजेट खर्चका विषयमा प्रश्न समेत उठाएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्यानडाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै, यस्तो छ नेपालको प्लेइङ- ११

काठमाडौं । नेपालले आइसीसी विश्वकप लिग- २ अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दै छ । ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यस खेलमा नेपालले टस जितेर पहिल...

बागलुङमा दुई वर्षदेखि खेलमैदान अलपत्र

बागलुङ । बागलुङ नगरपालिका–४ ओडारचौरमा नौ वर्ष अघि सुरु निर्माण भएको बहुउद्देश्यी खेलमैदान दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षदेखि कुनै पनि निकायबाट...

भरतपुरको मुख्यबजार क्षेत्रको ६ लेन सडक निर्माण अन्तिम चरणमा

चितवन । भरतपुर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको यहाँको सहरी क्षेत्रको छ लेन सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्व–पश्चिम राजमार्गअन्त...

श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिसानायके निर्वाचित

एजेन्सी । श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । श्रीलंकाको निर्वाचन आयोगले राष्ट्रपतिमा दिसानायके विजयी भए...

रौतहट राजपुरका दुई वडामा हैजा फैलियो

रौतहट । रौतहटको राजपुर नगरपालिकाको दुई वटा वडामा हैजा रोग फैलिएको छ । पछिल्लो तिन दिनमा राजपुर नगरपालिकाको वडा नम्बर ३ र ४ मा हैजाको लक्षणसहितका बिराम...

संविधन संशोधनको कुरा गर्दा झस्किनु पर्दैनः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्नेकुरा उठाउँदा तर्सिनुपर्ने र झस्किनुपर्ने आवश्यकता नरहेको बताएका छन् ।  आइतवार सिंहदरबारमा संव...

कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन

विराटनगर । नेकपा एमाले-कांग्रेस गठबन्धनको कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन भएको छ ।  आइतबार सत्तापक्षीय संसदीय दलको संय...

मलेसियामा बाल दुर्व्यवहारको अनुसन्धानमा सयौँ पक्राउ

क्वालालम्पुर । मलेसियाली प्रहरीले इस्लामिक समूहद्वारा सञ्चालित हेरचाह केन्द्रमा बालबालिकामाथि भएको दुर्व्यवहारको अनुसन्धानका क्रममा ३ सय ५५ संदिग्धलाई...

रास्वपाका कार्यकर्ताहरूलाई पार्टी कार्यालयमा भेला हुन सर्कुलर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टी कार्यकर्ताहरूलाई पार्टी मुख्यालयमा तत्कालै उपस्थित हुन सर्कुलर जारी गरेको छ । मोबाइलमा ...

पक्राउ परेका व्यवसायी प्रसाईं काठमाडौं जिल्ला अदालतमा पेस

काठमाडौं । पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।  आइतबार उनलाई जिल्ला अदालतमा पेस गरिएको हो । त्यसअघि उनला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy