कावासोती। जिल्ला प्रशासन नवलपुरले चाडपर्वलाई लक्षित गरी संयुक्त सुरक्षा व्यवस्था लागु पारिएको जनाएको छ । चाडपर्वलाई मर्यादित र सुरक्षित बनाउन जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा योजना–२०८१ पारित गरेपछि जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना लागु भएको हो।
योजनामा घरेलु मदिरा नियन्त्रण, पूर्व पश्चिम राजमार्ग र सहायक मार्ग क्षेत्रको सुरक्षालाई प्राथमिकतामा राखिएको छ । योजना अनुसार नेपाल प्रहरीको तर्फबाट तीन सय ४५ र सशस्त्र प्रहरीको तर्फबाट एक सय ७८ जनाको जनशक्ति परिचालन हुने छ । चाडपर्वको मौका छोपी हुने अवाञ्छित गतिविधि, चोरी, डकैती, लुटपाट जस्ता कार्यलाई निरुत्साहित बनाउँदै आम नागरिकलाई शान्ति सुरक्षाको वातावरण बनाउन चाडपर्व लक्षित सुरक्षा योजना लागु गरिएको प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताए। जिल्लामा खाद्यान्न र अत्यावश्यक सामग्रीको कृत्रिम अभाव हुन नदिन बजार अनुगमन समेत तीव्र पारिएको उनले बताए।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख नरहरी रेग्मीले जिल्ला प्रहरी कार्यालयले दैनिक रुपमा कमाण्ड पोष्ट, सवारी गस्ती, इकाइहरुको समन्वयमा ग्रामीण गस्ती, मोटरसाइकल गस्ती, राजमार्गमा चेकजाँच, पैदल गस्ती, सादा पोशाकमा प्रहरी परिचालन, पिकेट, धार्मिकस्थल/पर्यटक स्थलको सुरक्षा ,बजार अनुगमन, यात्रु सहायता कक्षमा प्रहरी परिचालित गरिने बताए।
चाडपर्वका क्रममा बढी भीडभाड हुने र यात्रुले दुःख पाउने हुँदा यात्रुहरुलाई सहज आवागमनका लागि राजमार्गका विभिन्न स्थानमा यात्रु सहायता कक्षा सञ्चालन गरिने छ। त्यस्तै प्रहरीले धार्मिक र पर्यटकीय स्थलको सुरक्षा गर्नुको साथै बैँक सुनचाँदी र आर्थिक कारोबार हुने स्थानको सुरक्षालाई पनि प्राथमिकतामा राखेको छ ।
सादा पोशाकमा चेकजाँच र बजार अनुगमन गर्नाको साथै मापसे चेकजाँचलाई पनि सञ्चालन गर्नेछ । चाडपर्वमा विशिष्ट व्यक्तिको सुरक्षा गर्नुको साथै झैझगडा र जुवातास नियन्त्रण र अवैद्य मदिरा नियन्त्रणको लागि पनि प्रहरी परिचालन गर्ने प्रहरीको तयारी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १७:१९
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...
पौष १० गते, २०८२ - १७:०५
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...
पौष १० गते, २०८२ - १६:५०
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...
पौष १० गते, २०८२ - १६:३६
काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...
पौष १० गते, २०८२ - १६:२९
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...
पौष १० गते, २०८२ - १६:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...
पौष १० गते, २०८२ - १६:१५
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...
पौष १० गते, २०८२ - १६:०७
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...
पौष १० गते, २०८२ - १५:३४
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...
पौष १० गते, २०८२ - १५:१३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...




प्रतिकृया लेख्नुहोस्: