भ्याटिकन सिटी । पोप फ्रान्सिसले हिरासतमा रहेकी म्यान्माकी पूर्वनेता आङ सान सु कीलाई भ्याटिकन क्षेत्रमा शरण दिने प्रस्ताव गरेको इटालेली सञ्चारमाध्यमले मङ्गलबार बताएको छ ।
“मैले आङ सान सु कीको रिहाइको माग गरेँ र रोममा उहाँको छोरालाई भेटेँ, मैले उहाँलाई हाम्रो क्षेत्रमा शरण दिनका लागि भ्याटिकनलाई प्रस्ताव गरेको छु”, पोपले यसै महिनाको सुरुमा एसियाको भ्रमणका क्रममा जेसुइट (रोयल क्याथोलिक समाजका सदस्य) हरूसँगको बैठकको विवरणअनुसार भने ।
कोरिएरे डेला सेरा दैनिकले प्रकाशित गरेको इटालेली पादरी एन्टोनियो स्पाडारको लेखमा सेप्टेम्बर २ देखि सेप्टेम्बर १३ सम्म इन्डोनेसिया, पूर्वी टिमोर र सिङ्गापुरमा भएका यी निजी बैठकहरूका अंश दिइएको छ । “हामी म्यान्माको अवस्थाबारे चुप लागेर बस्न सक्तैनौँ, हामीले केही गर्नुपर्छ”, पोपले भने, “तपाईंको देशको भविष्य शान्तिपूर्ण हुनुपर्छ, सबैको मर्यादा र अधिकारको सम्मान तथा सामान्य हितमा योगदान दिन सबैलाई सक्षम बनाउने लोकतान्त्रिक प्रणालीको सम्मानमा आधारितहुनुपर्छ ।”
भ्रष्टाचारदेखि कोभिड महामारी प्रतिबन्धको सम्मान नगरेको जस्ता आरोपहरूमा ७८ वर्षीया सु कीले २७ वर्षको जेल सजाय भोग्दै छिन् । सन् २०१५ मा उनको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले म्यान्माको २५ वर्षपछि भएको पहिलो लोकतान्त्रिक निर्वाचन जितेको थियो । सन् २०२१ मा सैन्य कू हुँदा उनलाई पक्राउ गरिएको थियो र स्थानीय सञ्चारमाध्यमका अनुसार हिरासतमा उनी स्वास्थ्य समस्याबाट पीडित छन् ।
सन् १९९१ को नोबेल शान्ति पुरस्कार विजेता सु कीलाई कुनै समय मानवाधिकारको प्रतीकका रूपमा प्रशंसा गरिन्थ्यो । तर सन् २०१७ मा मुलुकको मुख्य रूपमा रोहिङ्ग्या अल्पसङ्ख्यकमाथि सेनाको दमन रोक्न केही नगरेको आरोप लागेपछि उनको अन्तर्राष्ट्रिय समर्थकहरूको नजरमा बदनाम भयो । छिमेकी मुलुक बङ्गलादेशमा रोहिङ्ग्या शरणार्थीहरूका अनुसार यो दमन संयुक्त राष्ट्रसङ्घको चलिरहेको नरसंहारको विषय हो र उत्पीडन अहिले पनि जारी छ ।
मुख्य रूपमा बौद्ध धर्मावलम्बी म्यान्मा सन् २०२१ को कूदेखि अशान्त छ । यहाँ जुन्ता सरकार स्थापित जातीय विद्रोही समूहहरू र नयाँ प्रजातन्त्र समर्थक शक्तिहरू दुवैसँग लडिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: