Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

पोपद्वारा सु कीलाई शरण दिने प्रस्ताव

खबरडबली संवाददाता

भ्याटिकन सिटी । पोप फ्रान्सिसले हिरासतमा रहेकी म्यान्माकी पूर्वनेता आङ सान सु कीलाई भ्याटिकन क्षेत्रमा शरण दिने प्रस्ताव गरेको इटालेली सञ्चारमाध्यमले मङ्गलबार बताएको छ । 

“मैले आङ सान सु कीको रिहाइको माग गरेँ र रोममा उहाँको छोरालाई भेटेँ, मैले उहाँलाई हाम्रो क्षेत्रमा शरण दिनका लागि भ्याटिकनलाई प्रस्ताव गरेको छु”, पोपले यसै महिनाको सुरुमा एसियाको भ्रमणका क्रममा जेसुइट (रोयल क्याथोलिक समाजका सदस्य) हरूसँगको बैठकको विवरणअनुसार भने । 

कोरिएरे डेला सेरा दैनिकले प्रकाशित गरेको इटालेली पादरी एन्टोनियो स्पाडारको लेखमा सेप्टेम्बर २ देखि सेप्टेम्बर १३ सम्म इन्डोनेसिया, पूर्वी टिमोर र सिङ्गापुरमा भएका यी निजी बैठकहरूका अंश दिइएको छ । “हामी म्यान्माको अवस्थाबारे चुप लागेर बस्न सक्तैनौँ, हामीले केही गर्नुपर्छ”, पोपले भने, “तपाईंको देशको भविष्य शान्तिपूर्ण हुनुपर्छ, सबैको मर्यादा र अधिकारको सम्मान तथा सामान्य हितमा योगदान दिन सबैलाई सक्षम बनाउने लोकतान्त्रिक प्रणालीको सम्मानमा आधारितहुनुपर्छ ।”

भ्रष्टाचारदेखि कोभिड महामारी प्रतिबन्धको सम्मान नगरेको जस्ता आरोपहरूमा ७८ वर्षीया सु कीले २७ वर्षको जेल सजाय भोग्दै छिन् । सन् २०१५ मा उनको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले म्यान्माको २५ वर्षपछि भएको पहिलो लोकतान्त्रिक निर्वाचन जितेको थियो । सन् २०२१ मा सैन्य कू हुँदा उनलाई पक्राउ गरिएको थियो र स्थानीय सञ्चारमाध्यमका अनुसार हिरासतमा उनी स्वास्थ्य समस्याबाट पीडित छन् । 

सन् १९९१ को नोबेल शान्ति पुरस्कार विजेता सु कीलाई कुनै समय मानवाधिकारको प्रतीकका रूपमा प्रशंसा गरिन्थ्यो । तर सन् २०१७ मा मुलुकको मुख्य रूपमा रोहिङ्ग्या अल्पसङ्ख्यकमाथि सेनाको दमन रोक्न केही नगरेको आरोप लागेपछि उनको अन्तर्राष्ट्रिय समर्थकहरूको नजरमा बदनाम भयो । छिमेकी मुलुक बङ्गलादेशमा रोहिङ्ग्या शरणार्थीहरूका अनुसार यो दमन संयुक्त राष्ट्रसङ्घको चलिरहेको नरसंहारको विषय हो र उत्पीडन अहिले पनि जारी छ । 

मुख्य रूपमा बौद्ध धर्मावलम्बी म्यान्मा सन् २०२१ को कूदेखि अशान्त छ । यहाँ जुन्ता सरकार स्थापित जातीय विद्रोही समूहहरू र नयाँ प्रजातन्त्र समर्थक शक्तिहरू दुवैसँग लडिरहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनमतले चार केन्द्रीय सदस्यसहित आठ जनालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । जनमत पार्टीले आठ जनालाई स्पष्टीकरण सोधेको छ । जनमत पार्टीले चार जना केन्द्रीय सदस्यसहित आठ जनालाई स्पष्टीकरण सोधेको हो ।  स्पष्टीकरण सोध...

उदयपुरमा मलामी बोकेको बस दुर्घटना हुँदा २६ जना घाईते

गाईघाट । उदयपुरको वेलका नगरपालिकामा मंगलबार दिउँसो मलामी बोकेको बस दुर्घटना हुँदा २ दर्जन वढि घाईते भएका छन् । सप्तकोशी नदीमा मृतकको शव जलाएर फर्कि...

१८ लाख मानिस यसपटकको चाडपर्वमा उपत्यकाबाट बाहिरिने अनुमान

काठमाडाैं । यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । यो संख्या गत वर्षको तुलनामा पाँच लाखले बढी हो ।  काठमाडौ...

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई लागू गर्न निर्देशन

काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिएका छन् । नेपाल प्रहरी प्रधा...

सहकारी ठगीको मुद्दामा मिलापत्रको बाटो खुल्यो

काठमाडौं । बैङ्किङ कसुर र सहकारी ठगीको मुद्दामा मिलापत्रको लागि बाटो खुला भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत महान्यायाधिवक्ता रमेश बडाल...

मुस्ताङका १०३ च्याङ्ग्रा लिएर फरार व्यक्ति पोखराबाट पक्राउ

पाेखरा । चाडपर्वलाई लक्षित गरी पालिएका च्याङ्ग्रा मुस्ताङबाट पोखरा ल्याएर रकम नदिई भाग्ने मोहम्मद फकिरलाई कास्की प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । च्...

असाेज १७ गतेदेखि देशभर रुट परमिट खुला हुने

काठमाडौं । असोज १७ गते घटस्थापनादेखि पूर्णिमाको दिनसम्म रुट परमिट खुला गर्ने निर्णय भएको छ । यातायात व्यवस्था विभागका निर्देशक एवम् प्रवक्ता ईश्वरी दत...

झापामा भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ

झापा। झापामा दुई वटा भारतीय नम्बर प्लेटका ट्रकमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  बीएण्डसी अस्पतालका सञ्चालक समेत रहेका दुर...

पर्सामा अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक

पर्सा । जिल्ला प्रशासन कार्यालयले अनुमति बिना तेजाब तथा अन्य घातक रासायनिक पदार्थको प्रयोग तथा बिक्री वितरणमा रोक लगाएको छ । कार्यालयले सार्वजनिक स...

साग सब्जीखेतीबाटै दैनिक १० हजार कमाई

डोटी । रोजगारीको खोजीमा युवा विदेसिने क्रम बढ्दो छ । भारतसँगै तेस्रो मुलुकमा रोजगारीको खोजीमा दैनिक हजारौँको सङ्ख्यामा युवा विदेसिने गरेका छन् ।  ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy