Khabar Dabali १ श्रावण २०८३ शुक्रबार | 17th July, 2026 Fri
Investment bank

देउवा समूहको बैठक बस्दै, पार्टीको आन्तरिक विवाद र आगामी रणनीतिबारे छलफल हुने

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्र देखिएको आन्तरिक विवाद र आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाएको छ।

देउवा समूहको सम्पर्क कार्यालय चुनदेवीमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक बस्न लागेको नेता मीन विश्वकर्माले जानकारी दिएका छन्।

उनका अनुसार बैठकमा काठमाडौँमा उपलब्ध पूर्वपदाधिकारी तथा पूर्वकेन्द्रीय सदस्यहरूको सहभागिता रहनेछ। बैठकमा पार्टीको पछिल्लो राजनीतिक अवस्था, आन्तरिक विषय तथा आगामी दिनमा अपनाउने रणनीतिबारे छलफल गरिनेछ।

यस्तै, आगामी साउन ६ गते आयोजना हुने बीपी स्मृति दिवस कार्यक्रमका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ। प्रज्ञा प्रतिष्ठानमा आयोजना गर्ने भनिएको उक्त कार्यक्रमको तयारी र समसामयिक राजनीतिक विषय बैठकका मुख्य एजेन्डा रहेको नेता विश्वकर्माले जानकारी दिए।

नेपाली कांग्रेसभित्र पछिल्लो समय देखिएका विवाद र संगठन सञ्चालनका विषयमा छलफल भइरहेका बेला देउवा समूहको यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छन्...

हङकङमा देउवाको हात भाँचियो

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा घाइते भएका छन्। केही दिनअघि बाथरुममा लड्दा देउवाको दायाँ हात भा...

देउवा समूहको बैठक बस्दै, पार्टीको आन्तरिक विवाद र आगामी रणनीतिबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्र देखिएको आन्तरिक विवाद र आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाएको छ। ...

सप्तकोशीमा जलप्रवाह बढेपछि सुनसरी प्रशासन उच्च सतर्क, कोशी ब्यारेजको अनुगमन

सुनसरी । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले बाढी, डुबान र कटानको जोखिमलाई मध्यनजर गर्दै विपद् प्रतिकार्य तयारी तीव्र बनाएको छ। यस...

आजदेखि देशभर तीन महिने डेङ्गु सचेतना अभियान सुरु

काठमाडौँ। डेङ्गु संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आजदेखि देशभर ‘डेङ्गु सचेतना तीन महिने अभियान’ सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्राल...

साउन लागेसँगै हरियो चुरा, पोते र मेहन्दीको व्यापार बढ्यो

काठमाडौँ। साउन महिना सुरु भएसँगै काठमाडौँ उपत्यकाका बजारमा हरियो चुरा, पहेँलो पोते र मेहन्दीको व्यापार उल्लेख्य रूपमा बढेको छ। साउनलाई भगवान् शिवको मह...

सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँ घट्यो

काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार ...

बागमतीमा मन्त्रालय १४ बाट ८ कायम, ६ मन्त्री बने बिना विभागीय

हेटौँडा। बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर आठमा सीमित गरेको छ। नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै मन्त्रालयको सङ्ख्या १४ बाट घटाएर ...

नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, कार्यालयको चाबी बुझाउने चेतावनी

काठमाडौँ । सरकारले लागू गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ को विरोधमा शैक्षिक परामर्श व्यवसा...

करार कर्मचारीलाई ‘पुल’ प्रणालीबाट व्यवस्थापन गरिने, यस्तो छ ७ बुँदे निर्णय

काठमाडौं। नेपाल सरकारले स्वीकृत दरबन्दीमा करार सेवामा कार्यरत कर्मचारीहरूको व्यवस्थापनका लागि नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको छ। भूमि व्यवस्था, ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending