बाँके । उपचारका लागि समयमै अस्पताल नआउँदा सर्पदंशका बिरामीको अकालमै मृत्यु हुने गरेको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा यस वर्ष समयमै उपचार नपाएका सर्पदंशका १६ बिरामीको मृत्यु भएको छ ।
यस वर्ष वैशाखदेखि हालसम्म अस्पताल आउँदाआउँदै र उपचारकै क्रममा सर्पदंशका १६ बिरामीको ज्यान गएको अस्पतालका एनेस्थेसियोलोजिष्ट डा पारस पाण्डेले बताए ।
समयमै सर्पले टोकेको थाहा नपाउँदा अस्पताल ल्याउन ढिलाइ भएका कारण उपचार नपाउँदा उनीहरूको मृत्यु भएको डा पाण्डेको भनाइ छ । पश्चिम नेपालका विभिन्न जिल्लाबाट प्रेषण भएका बिरामीको उपचार गर्दै आएको भेरी अस्पतालले यस वर्ष विषालु सर्पले टोकेका १२० जनाभन्दा बढी बिरामीको उपचार गरेको छ ।
यस वर्ष वैशाखदेखि हालसम्म विषालु सर्पले टोकेका विभिन्न जिल्लाबाट आएका १२० जनाभन्दा बढी बिरामीको भेरी अस्पतालमा उपचार भएको अस्पतालका एनेस्थेसियोलोजिष्ट डा पाण्डेले जानकारी दिए । सर्पदंशको उपचार हुने नेपालगञ्जस्थित भेरी अस्पतालमा सर्पले टोकेका बिरामीको चाप पछिल्लो समय बढेको छ । कहिलेकाहीँ सर्पदंशका बिरामीले नै अस्पतालको आकस्मिक कक्ष र आइसियु वार्ड भरिने गरेको भेरी अस्पतालका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले बताए ।
उनका अनुसार भेरी अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लास्थित अस्पतालबाट सर्पदंशका बिरामी प्रेषण भएर आउने गरेका छन् । सर्पदंशका बिरामीलाई समयमै अस्पताल ल्याउन सके बिरामीको ज्यान जोगाउन सकिने भएकाले झारफुक तथा गाउँभरको परम्परागत उपचार विधिमा नलाग्न उनको आग्रह छ । सूचना अधिकारी डा रिसालका अनुसार सर्पले टोकेमा गाउँघरमा झारफुकको भरपर्दा यसले झनै जोखिम बढाउने गरेको छ । यस्ता परम्परागत विधिमा भरपर्दा ज्यानै जोखिममा परेपछि अन्तिममा अस्पतालमा ल्याउँदा ज्यान जोगाउन निकै मिहिनेत गर्नुपर्ने उनको भनाइ छ ।
भेरी अस्पतालले तराईमा पाइने कोब्रा, करेतजस्ता विषालु सर्पले टोकेका बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने गरेको छ । भाइपर प्रजातिका सर्पले टोकेर आउने बिरामीमा रगत पातलो हुने, रगत बग्ने, कलेजो र मिर्गौलामा असर पार्दा डाइलासिस गरी रगत चढाएर उपचार गर्ने गरेको डा रिसालले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ८ गते, २०८१ - २०:४५
काठमाडौं । जनमत पार्टीले आठ जनालाई स्पष्टीकरण सोधेको छ । जनमत पार्टीले चार जना केन्द्रीय सदस्यसहित आठ जनालाई स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण सोध...
आश्विन ८ गते, २०८१ - २०:३९
गाईघाट । उदयपुरको वेलका नगरपालिकामा मंगलबार दिउँसो मलामी बोकेको बस दुर्घटना हुँदा २ दर्जन वढि घाईते भएका छन् । सप्तकोशी नदीमा मृतकको शव जलाएर फर्कि...
आश्विन ८ गते, २०८१ - २०:०४
काठमाडाैं । यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । यो संख्या गत वर्षको तुलनामा पाँच लाखले बढी हो । काठमाडौ...
आश्विन ८ गते, २०८१ - १९:५४
काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिएका छन् । नेपाल प्रहरी प्रधा...
आश्विन ८ गते, २०८१ - १९:५०
काठमाडौं । बैङ्किङ कसुर र सहकारी ठगीको मुद्दामा मिलापत्रको लागि बाटो खुला भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत महान्यायाधिवक्ता रमेश बडाल...
आश्विन ८ गते, २०८१ - १९:४३
पाेखरा । चाडपर्वलाई लक्षित गरी पालिएका च्याङ्ग्रा मुस्ताङबाट पोखरा ल्याएर रकम नदिई भाग्ने मोहम्मद फकिरलाई कास्की प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । च्...
आश्विन ८ गते, २०८१ - १९:३८
काठमाडौं । असोज १७ गते घटस्थापनादेखि पूर्णिमाको दिनसम्म रुट परमिट खुला गर्ने निर्णय भएको छ । यातायात व्यवस्था विभागका निर्देशक एवम् प्रवक्ता ईश्वरी दत...
आश्विन ८ गते, २०८१ - १९:३३
झापा। झापामा दुई वटा भारतीय नम्बर प्लेटका ट्रकमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बीएण्डसी अस्पतालका सञ्चालक समेत रहेका दुर...
आश्विन ८ गते, २०८१ - १९:२७
पर्सा । जिल्ला प्रशासन कार्यालयले अनुमति बिना तेजाब तथा अन्य घातक रासायनिक पदार्थको प्रयोग तथा बिक्री वितरणमा रोक लगाएको छ । कार्यालयले सार्वजनिक स...
आश्विन ८ गते, २०८१ - १९:०५
डोटी । रोजगारीको खोजीमा युवा विदेसिने क्रम बढ्दो छ । भारतसँगै तेस्रो मुलुकमा रोजगारीको खोजीमा दैनिक हजारौँको सङ्ख्यामा युवा विदेसिने गरेका छन् । ह...
प्रतिकृया लेख्नुहोस्: