काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।
आज दिउँसो १ बजे त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा हुने सम्मेलन उद्घाटनको सम्पूर्ण तयारी पुरा भएको केन्द्रीय कार्यालय प्रमुख तथा उपाध्यक्ष केशव रावलले बताए । सम्मेलनको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन्।
असोज १४ गतेसम्म सञ्चालन हुने नेतृत्व चयनको सम्मेलनमा अध्यक्ष पदका लागि दर्जन बढी आकांक्षी देखिएका छन्।
अध्यक्षको आकाङ्क्षीमा नरेश रेग्मी, पवन कार्की, अच्युत भट्ट, मदन भुल, केशव रावल, दीपेश पुन, जीपी मैनाली, इन्द्र भुसाल, नारायण खनाल, प्रविणा अधिकारी, क्षितिज सापकोटालगायत रहेका छन् ।
असोज ११ गते बन्दसत्रमा पेस भएको विधान तथा प्रतिवेदन संशोधनसहित पारित भएपछि नयाँ नेतृत्व छनोटका लागि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।
नेतृत्वको छनोट सकेसम्म सर्वसम्म नभए खुला निर्वाचन प्रतिस्पर्धाबाट नेतृत्व छनोट हुने सङ्गठनका इन्चार्ज हिमाल शर्माले बताए ।
३३ पदाधिकारीसहित २४३ केन्द्रीय समितिका लागि निर्वाचन हुनेछ । भेगीय सन्तुलन र समावेशी मिलाएर एक अध्यक्षसहित उपाध्यक्ष ९, महासचिव एक, उपमहासचिव ९, सचिव १२ र कोषाध्यक्ष एक जना पदाधिकारी चयन गरी असोज १४ गते सम्मेलन सम्पन्न हुने रावलले बताए ।
सम्मेलनमा देशभरिबाट दुई हजार ३२३ जना प्रतिनिधि सहभागी हुनेछन् ।
पदका अर्का प्रत्याशी हालका उपाध्यक्ष पवन कार्कीले विद्यार्थी आन्दोलनप्रति प्रश्न उठिरहेका बेला आन्दोलनको पुनर्जीवन एवम् साङ्गठनिक संरचना पुनर्गठन गर्नुपर्ने आवश्यकता रहेको बतए ।
उनले भने, “विद्यार्थी एकातिर, हाम्रो सङ्गठन अर्कोतिर हुने परिस्थिति बनेको छ । विद्यार्थीको आकर्षण नहुने देखिएको छ । जहाँ विद्यार्थी त्यहाँ अखिल–क्रान्तिकारी को सङ्गठन निर्माण गर्ने गरी संरचना परिवर्तन गर्नुपर्छ ।”
उनले विधि स्थापित गर्ने कुरामा जोड दिँदै संस्थागत निर्णयलाई अगाडि बढाउन आफ्नो उम्मेदवारी रहेको बताए । नेतृत्व चयनमा सहमति प्रयास हुनसक्ने तर, आकाङ्क्षी धेरै भएकाले निर्वाचन हुने सम्भावना बढी रहेको बताए ।
उनले थपे, “१८ जना उपाध्यक्ष र एक महासचिव हुनुहुन्छ । त्यो १९ जना साथीहरूको अध्यक्षमा दाबी गर्ने कुरा स्वाभाविक नै मानिन्छ । दोस्रो कुरा सहमतिको प्रयास, प्रयत्न नहुने भन्ने होइन । कसैलाई न्याय र कसैलाई अन्याय हुने गरी सहमति मान्दैनौँ । केन्द्रीय समितिबाट कार्यविधि बनाएका छौँ, यसलाई लागु गरेर अगाडि बढ्ने भनेका छौँ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २२ गते, २०८२ - ०९:२२
महेन्द्रनगर । केही दिनयता अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेपछि सोमबार कञ्चनपुरको तीनवटा पालिकाले विद्यालयको पठनपाठन बन्द गरेका छन् । चिसो बढेर वि...
पौष २२ गते, २०८२ - ०९:२१
पर्सा । जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्मका लागि कर्फ्यू आदेश थप गरेको छ । प्रशासनले सोमबार बेलुका ६ः०० बजेदेखि...
पौष २२ गते, २०८२ - ०९:०६
दाङ । अध्ययनको क्षेत्र कृषि प्राविधिक ,व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । अध्ययन र व्यवसाय मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेर...
पौष २२ गते, २०८२ - ०८:५८
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएपछि पार्टीभित्र आन्तरिक छलफलमा सक्रिय भएका छन्। एकता सन्...
पौष २२ गते, २०८२ - ०८:४६
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो आज लगाउने भएको छ। यसका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको...
पौष २२ गते, २०८२ - ०८:३२
म्याग्दी । धवलागिरि गाउँपालिका–७ झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर गरिएको ढलान जनप्रतिनिधिहरूले भत्काइदिएका छन् । दरवाङ–मुना–ढोरपाटन सडक य...
पौष २२ गते, २०८२ - ०८:२३
भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाले स्थानीय आयआर्जन वृद्धि र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित बृहत चियाखेती विस्तार कार्यक्रम सञ्चालन गरिरहेको छ ...
पौष २२ गते, २०८२ - ०८:१९
काठमाडौं । गत शनिबार एमालेको क्षेत्रीय कमिटी बैठकले झापा–५ बाट प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकल नाम सिफारिस गर्ने...
पौष २२ गते, २०८२ - ०८:१३
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बिहान ९ बजे पार्टी कार्यालय च्यासल, ललितपुरमा बस्नेगरि बैठक आह्वान भएको केन्द्रीय कार्यालयका सचिव डा....
पौष २२ गते, २०८२ - ०८:०८
काठमाडौँ । जेनजी आन्दोलनको प्रभावपछि सत्ता राजनीतिबाट केही हदसम्म टाढिएका प्रमुख दलहरूले राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने तयारी गरेका छन् । ११ म...




प्रतिकृया लेख्नुहोस्: