Ntc summer Offer
Khabar Dabali १५ आश्विन २०८१ मंगलवार | 1st October, 2024 Tue

जग्गा भोकाधिकारको समस्याले घोडाघोडी नगरअस्पताल निर्माण कार्यमा ढिलाइ

खबरडबली संवाददाता

कैलाली। तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७७ सालमा शिलन्यास गरिएको घोडाघोडी नगरअस्पताल जग्गा भोकाधिकारका कारण निर्माण कार्य अगाडि बढ्न सकेको छैन ।

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ साँडेपानीमा २०७७ साल मङ्सिर १५ गते तत्कालिन कैलाली क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य एवम् पूर्व कृषी मन्त्री गौरीशंकर चौधरीले अस्पतालको शिलन्यास गरेको थिए ।

७५३ वटै पालिकामा अस्पताल निर्माण गर्ने सरकारको नीति अनुसार अस्पताल निर्माण थालनी भएको थियो ।  छिमेकी पालिका बर्दगोरिया, लम्कीचुहामा  अस्पताल निर्माणले पूर्णता पाउदै गर्दा एउटै समयमा सुरु भएको घोडाघोडी नगर अस्पतालको निर्माण कार्य जगमै सिमित देखिन्छ ।

घोडाघोडी नगरपालिका योजनाशाखाका प्राविधिक किशोर भट्टले सुरुको वर्ष एक करोड बजेट आएर निर्माण कम्पनीले जगसम्मको कामगरे पनि डिपिआर र जग्गा भोकाधिकारमा समस्या देखिएपछि निर्माणका लागि रकम नआएको जनाए ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गत सबै स्थानीय तहमा निर्माण हुने अस्पतालको तत्कालिन अवस्थामा डिएफआईडीको सहयोगमा नेपाल हेल्थ सेक्टर सर्पोट कार्यक्रममार्फत केहि समयका लागि विशेषज्ञ भाडामा लिएर अस्पताल निर्माणको जग्गाको कागजात, भवनको डिजाईन अवधारण पास गराउने व्यवस्था गरिएको थियो ।

घोडाघोडी नगरअस्पतालको जग्गा, डिजाईन अवधारणा हेर्नु भएका विशेषज्ञ जुम गुरुङले घोडाघोडीको जग्गाको कागजात र भवन डिजाईन अवधारणा अधुरो रहेको बताए।

कार्य जिम्मा दिएको समयावधीका कारण कन्सल्टेन्टको रुपमा कामगरेका प्राविधिकहरुले जस्ताको त्यस्तै रिर्पोट बुझाएका थिए । घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडकबहादुर रावतले करिब चारविगाह क्षेत्रफल रहेको नगरअस्पातल निर्माण हुने जग्गा ऐलानी रहेको र भोकाधिकारका लागि सबै प्रकृया पुरागरी फायल सङ्घीय मन्त्रालयमा पठाएको बताए। उनले भोकाधिकारका लागि आधिकारिकता प्राप्त हुनासाथ निर्माणको काम अगाडि बढ्ने उल्लेख गरे।

कुल १८ करोड लगानीमा १५ शय्या नगर अस्पतालको दुईवटा भवन बन्ने निर्माण योजनामा पहिलो भवनका लागि नौ करोड ५३ लाखमा निर्माणको ठेक्का राजेन्द्र निर्माण सेवा ले पाएको थियो । तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का लिएपनि रकम नआएपछि निर्माण अगाडि बढ्न सकेको छैन । घोडाघोडी स्वास्थ्यशाखा प्रमुख कैलाशकुमार रावतले निर्माण कम्पनीले ८० लाख पेश्की लगेको बताउदै पेश्की बराबरको काम नगरेको उल्लेख गरे ।

उनले भने “ ठेकेदारले आफूले पैसा लगाएर काम नगर्दा पनि योजना निर्माणमा ढिलाइ भएको हो । पहिलो वर्ष आएको एक करोडमध्ये ८० लाख पेश्की लगेको छ , त्यती बराबरको काम पनि भएको छैन, ठेकेदारले काम अगाडि बढाएको भए माथिबाट रकम पनि निकास हुने हो, कामनै नभए पनि केका आधारमा पैसा आउँछ र ।”

निर्माणाधिन अस्पतालसँगै रहेको पहिलाको स्वास्थ्य चौकी भवनबाट अहिले नगरअस्पतालको सेवा प्रवाह भइरहेको छ । तीन जना चिकित्सकसहितको स्वास्थ्यकर्मीले सेवा दिने उक्त नगर अस्पतालमा भौतिक संरचनाको अभावले साँगुरो ठाउँबाट सेवा दिन बाध्य भएको जनाएका छन् ।

उक्त अस्पतालमा असोज १ गतेदेखि स्वास्थ्य विमा कार्यक्रमसमेत लागू भएको छ । अस्पतालका प्रमुख डा। हेमनाथ आचार्यले भौतिक संरचनाको अभावमा पनि आफूहरुले विरामीलाई गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिइरहेको बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेले बाढी पहिरो प्रभावितका लागि ५० लाख सहयोग गर्ने

काठमाडौँ । नेकपा एमालेले बाढी पहिरो प्रभावितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको  छ । मंगलबार बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट ५० ल...

हवाई उडानमा नयाँ रेकर्ड कायम : सोमबार भए साढे पाँच सय उडान

काठमाडौँ। सङ्घीय राजधानी काठमाडौँ भित्रिने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुल...

एमालेको सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक केहि बेरअघि शुरु भएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै एमालेको सचिवालय बैठक ...

जापानका प्रधानमन्त्री किशिदाको राजीनामा, नयाँ सरकार गठन हुदै

काठमाडौँ । जापानका प्रधानमन्त्री फुमियो किशिदासहित पुरै मन्त्रिपरिषदले राजीनामा दिएको छ । जापानको एनएचके न्यूजका अनुसार किशिदाको पुरै मन्त्रिपरिषदले न...

प्रधानमन्त्री ओलीले अपराहन्न ४ बजे पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दै छन् । प्रधानमन्त्री ओलीले आज अपराहन्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को का...

अखिल क्रान्तिकारीले उमेर हदको विवाद मतदानबाट टुंगाउदै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीले उमेर हदबारेको विवाद मतदानबाट टुंगाउने भएको छ । मंगलबार मध्याह्न १२ बजेपछि ...

भन्सार छलेर ल्याइएको २१ लाख बढीको चिनी बरामद

खजुरा। जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएका २१ लाख बढीका सामान बरामद गरेको छ । प्रहरीले सोमबार नेपालगन्जका विभिन्न ठा...

पाकेर लहलह झुलेको धान बाढीले सखाप, खेत बन्यो बगर

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकका सुन्दर  फाँट पाकेको धानले पहेँलपुर देखिएको थियो । लहलह झुलेर सुनौलो देखिएका धान भित्र्याउन किसान...

बजारमा सुनको मूल्य ह्वात्तै घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।  आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजारमा कारोबार भएको नेपाल सुनचाँद...

नेपाली कांग्रेस र एमालेले बोलाए संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ । त्यस्तैगरि नेकपा एमालेले सचिवालय र संसदीय दलको बैठक बोलाएका छन् । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy