पाेखर । जिल्ला प्रशासन कार्यालय कास्कीसँगै जोडिएको जग्गामा पेट्रोल पम्प निर्माण रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पोखराले बिहीबार कारण देखाऊ आदेश जारी गरेको छ । साबिकको अञ्चल प्रहरी कार्यालय रहेको स्थानमा नेपाल प्रहरीले पेट्रोल पम्प बनाउँदै छ ।
नागरिक समाज पोखराको तर्फबाट मङ्गलबार परेको रिटमा बिहीबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश राजकुमार खतिवडाको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । अन्तरिम आदेशबारे निर्णयका लागि दुवै पक्षलाई अदालतले असोज १५ गते छलफलका लागि बोलाएको छ ।
नागरिक अधिकारकर्मी रामबहादुर पौडेल लगायतले प्रदेश प्रहरी कार्यालय लगायतका सरकारी कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । सरकारी कार्यालयहरू रहेको संवेदनशील ठाउँमा अति प्रज्वलनशील पदार्थको भण्डारण गर्न नहुने जिकिर गर्दै रिट दायर भएको थियो ।
प्रहरी प्रधान कार्यालयको कल्याण महाशाखाले नौ करोड ९६ लाखमा एनसी अल्फा हेक्स तेजस्वी जेभी कम्पनीलाई पेट्रोल पम्प बनाउने ठेक्का दिएको छ । प्रहरीले त्यहाँ पेट्रोल पम्प निर्माणका लागि पोखरा महानगरको स्वीकृति लिएको छैन भने निर्माणाधीन भवनको नक्सा पाससमेत छैन ।
पम्प बनाउन लागिएको जग्गा तत्कालीन पोखरा नगरपालिकाले २०३१ मा स्थानीयबाट अधिग्रहण गरेको थियो । सरकारी कार्यालयहरू बनाउन लिइएको जग्गामा उद्देश्य अनुरूप नै संरचना बनाइनुपर्ने अधिकारकर्मी पौडेलको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ११ गते, २०८१ - २०:५१
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मौसममा आएको खराबीका कारण आज साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थग...
आश्विन ११ गते, २०८१ - २०:४६
जकार्ता । पश्चिमी इन्डोनेसियाको अवैध सुनखानीमा गएको पहिरोमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने भग्नावषेशमा पुरिएर दर्जनौं बेपत्ता भएको अधिकारीहरुले श...
आश्विन ११ गते, २०८१ - २०:३२
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब रुपियाँको स्मार्टफोन आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार रु. छ अर्ब ७० करोड ८१ ...
आश्विन ११ गते, २०८१ - २०:२७
काठमाडौं । सरकारले लेबनानमा रहेका नेपालीहरुको सूची अध्यावधिक गर्न विवरण उपलब्ध गराइदिन आग्रह गरेको छ । इजिप्टको कायरोस्थित नेपाली दुताबासले एक सूचन...
आश्विन ११ गते, २०८१ - २०:२३
काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रविधिको दुरुपयोग गरेर आफ्नो चरित्र हत्या गरिएको बताएकी छन् । केही दिन अघि मिडिया र सामाजिक सञ्जालमा ...
आश्विन ११ गते, २०८१ - २०:२०
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगातारको बर्षाका कारण प्राकृतिक विपत्तिको अवस्था सिर्जना हुनसक्ने भन्दै राज्यका सब...
आश्विन ११ गते, २०८१ - २०:१७
काठमाडौं । प्रधान सेनापति महारथी अशोकराज सिग्देलले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ लेबनान र सिरियाको वर्तमान सुरक्षा स्थिति र विविध प...
आश्विन ११ गते, २०८१ - २०:१४
काठमाडौं । शुक्रबार देशका अधिकांश स्थानमा ‘ठुलो वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाको शुक्रबार साँझसम्मको अपडेटअनुसार पछिल्लो २४ घण्टामा झापाका चा...
आश्विन ११ गते, २०८१ - १९:१२
बैतडी । झुलाघाटस्थित महाकालीमा खसेर एक नेपाली मजदुर बेपत्ता भएका छन् । भारतको पिथौरागढमा मजदुरी गर्दै आएका बैतडी पुरचौडी नगरपालिका- ५ कुवाकोटका ३...
आश्विन ११ गते, २०८१ - १९:०७
इलाम । खोलाले बगाएर इलाममा एकजनाको मृत्यु भएको छ । इलामको माई नगरपालिकामा खोलाले बगाएर एकजनाको मृत्यु भएको हो । शुक्रबार दिउँसो अन्दाजी १ बजेको सम...
प्रतिकृया लेख्नुहोस्: