Khabar Dabali २ श्रावण २०८३ शनिबार | 18th July, 2026 Sat
Investment bank

बागमती सरकारबाट बाहिरिने एमालेको निर्णय, मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन

खबरडबली संवाददाता

मकवानपुर । नेकपा (एमाले) ले बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गर्दै सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको छ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारमा रहेका मन्त्रीहरूलाई पदबाट राजीनामा दिएर बाहिरिन निर्देशन दिइसकेको जानकारी दिएका छन्। हाल काठमाडौंमा रहेका उनले मन्त्रीहरूको राजीनामापछि पार्टीले आगामी राजनीतिक रणनीति तय गर्ने बताए।

उनका अनुसार अन्य प्रदेशमा जस्तै सत्ता साझेदार नेपाली कांग्रेस र एमालेबीच गठबन्धनमा देखिएको मतभेदका कारण बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरिएको हो। मन्त्रीहरूलाई उपयुक्त समय मिलाएर मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष राजीनामा बुझाउन निर्देशन दिइएको उनले बताए।

हाल बागमती प्रदेश सरकारमा एमालेका तीन विभागीय र तीन विनाविभागीय गरी छ जना मन्त्री छन्। एमालेबाट कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेल, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ तथा भौतिक पूर्वाधार विकास मन्त्री डा। दिनेशचन्द्र देवकोटा सरकारमा छन्। त्यसैगरी किरण थापा मगर, जयराम श्रेष्ठ र भरतबहादुर केसी विनाविभागीय मन्त्रीका रूपमा कार्यरत छन्।

यद्यपि कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेलले भने राजीनामाबारे आफूलाई औपचारिक जानकारी प्राप्त नभएको बताएका छन्।

एमाले बागमती प्रदेशका प्रमुख सचेतक एकालाल श्रेष्ठले सरकारबाट बाहिरिने विषयमा पार्टीभित्र छलफल भइरहेको स्वीकार गर्दै मन्त्रीहरूको राजीनामाबारे अन्तिम निर्णय भने अझै सार्वजनिक नभएको बताए।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको प्रदेश सरकारले गत जेठ २१ गते मन्त्रालयको संख्या १४ बाट घटाएर आठ कायम गर्ने निर्णय गरेको थियो। उक्त निर्णय साउन १ गतेदेखि कार्यान्वयनमा आएपछि आठ मन्त्रालयलाई जिम्मेवारी तोकिएको छ भने छ जना मन्त्री विनाविभागीय रूपमा रहेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँमा ‘सर्च एण्ड स्वीप’ अभियान : २५ शङ्कास्पद व्यक्ति नियन्त्रणमा

तनहुँ । तनहुँमा शान्तिसुरक्षा सुदृढ बनाउन सञ्चालन गरिएको विशेष प्रहरी अभियानका क्रममा २५ जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएक...

इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

काठमाडौँ। यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दुर्घटना राहत कोषलाई बलियो बनाउन पेट्रोलियम पदार्थमा प्रतिलिटर एक ...

बागमती सरकारबाट बाहिरिने एमालेको निर्णय, मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन

मकवानपुर । नेकपा (एमाले) ले बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गर्दै सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको छ। एमाले बा...

पूर्वमन्त्री तथा नागरिक अगुवा पाण्डेको निधन, विभिन्न नेता तथा शुभचिन्तकद्वारा श्रद्धाञ्जली

काठमाडौँ। पूर्वमन्त्री, नागरिक अगुवा तथा लेखक डा। देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन भएको छ। शुक्रबार निधन भएका डा.पाण्डे नेपालको लोकतान्त...

धनुषा प्रहरीको अभियान: एक सातामा १२५ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम । विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय सुनाइएपछि फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने अभियानअन्तर्गत धनुषा प्रहरीले पछिल्लो एक स...

पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५२१ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार...

न्यायालयको पुनरसंरचना बिना सुशासन सम्भव छैन: रास्वपा सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले न्यायालयको पुनरसंरचना नगरी मुलुकमा सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण स...

बागमती सरकारका आफ्ना मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन

मकवानपुर । नेकपा (एमाले)ले बागमती प्रदेश सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन...

सप्तरी कारागारमा कैदीबन्दीको आन्दोलन, जेलरको सरुवाको माग गर्दै आत्मदाह प्रयास

सप्तरी । सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा जेलर रूपक मण्डलको सरुवाको माग गर्दै कैदीबन्दीहरू आन्दोलनमा उत्रिएपछि कारागार परिसर तनावग्रस्त बनेको छ...

बाँके–दाङ हुलाकी सडक निर्माणका लागि करिब चार अर्बको ठेक्का आह्वान

नेपालगन्ज। बाँके र दाङ जोड्ने अधुरो हुलाकी सडक निर्माणका लागि करिब चार अर्ब रुपियाँ बराबरको ठेक्का आह्वान गरिएको छ। ठेक्का प्रक्रिया सुरु भएसँगै लामो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending