Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८१ शुक्रबार | 27th September, 2024 Fri
NIMB

जापानमा मृत्युदण्डको सजाय सुनाइएका कैदीलाई आधा शताब्दी भन्दा बढी समयपछि सफाइ

खबरडबली संवाददाता

सुजुका । जापानमा मृत्युदण्डको सजाय सुनाइएका कैदीलाई हत्याको सजाय भोगेको आधा शताब्दीभन्दा बढी समयपछि जापानी अदालतले प्रमाण बनावटी भएको फैसला गर्दै बिहीबार सफाई दिएको छ । 

प्रतिकुल स्वास्थ्य अवस्थाले ८८ वर्षीया पूर्व बक्सर इवाओ हाकामादा आफ्नो मुद्दाको फैसला सुन्न अदालतसमक्ष उपस्थित हुन असक्षम भएको छ । समर्थकहरूले मुद्दा दोहोर्‍याउन गरेको एक दशक लामो अभियानपछि उनलाई अदालतले सफाइ दिएको हो । उनको ९१ वर्षीया दिदीले हाकामादालाई निर्दोष घोषणा गर्ने सिजुओका जिल्ला अदालतका न्यायाधीशसमक्ष गहिरो सम्मान व्यक्त गरेको छ । 

हाकामादाले सन् १९६८ मा आफ्नो मालिक, मालिकको श्रीमती र उनका दुई बालबालिकाको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको थियो । अनुसन्धानकर्ताले बनावटी प्रमाण सङ्कलन गरेको र मानसिक र शारीरिक पीडा दिएर अमानवीय ढङ्गबाट सोधपुछ गरी बयान दिन बाध्य पारेको र त्यसैको आधारमा उनलाई मृत्युदण्डको सजाय दिने फैसला सुनाइएको बिहीबारको फैसलामा उल्लेख छ । 

“अभियोजन पक्षले प्रतिवादीको ‘मौन रहने अधिकार’लाई प्रभावकारी रूपमा उल्लङ्घन गरेर उनको बयान प्राप्त गरेका थिए,” फैसलामा भनिएको छ । यस मुद्दाको फैसला सुन्न सयौं मानिसहरू बिहान अदालतमा जम्मा भएका थिए । “म अभियोजकको कार्यालयमा गएँ र भनेँ म १०० वर्षको नभएसम्म हामीलाई लड्न बाध्य नबनाउनुहोस्,” फैसलाअघि हिडेकोले सञ्चारकर्मीसँग बताए । मृत्युदण्डको सजाय कायम राख्ने संयुक्त राज्य अमेरिकाबाहेक जापान एक मात्र प्रमुख औद्योगिक लोकतन्त्र हो, जसलाई व्यापक सार्वजनिक समर्थन गरिएको छ । 

जापानको युद्धपछिको इतिहासमा पुनःमुद्दा चलाउने पाँचौँ मृत्युदण्डको सजाय सुनाइएको कैदीमध्ये हाकामादा एक हुन् । यसभन्दा अघिल्लो सबै चारवटा मामिलाहरू पनि निर्दोष ठहरिएका थिए । सन् २०१८ मा एएफपीलाई निर्दोष साबित गर्ने आफ्नो लडाइँको वर्णन गर्दै हाकामादाले आफूले ‘हरेक दिन एउटा लडाइँ लडिरहेको’ महसुस गरेको बताएको थियो ।

समर्थकहरूले बिहीबार उनको टेलिभिजनको रिमोट कन्ट्रोलबाट ब्याट्रीहरू निकालिदिएकाले हाकादामालाई आफ्नो मुद्धाको फैसलाबारे ज्ञान नभएको जापानी सञ्चारमाध्यमले जनाएका छन् । सर्वोच्च अदालतले सन् १९८० मा हाकामादालाई मृत्युदण्डको सजाय दिएको थियो तर उनका समर्थकहरूले मुद्दा पुनःदोहोर्‍याउन दशकौँसम्म सङ्घर्ष गरे । सन् २०१४ मा मुद्दा पुनः सुरु गर्न अदालतबाट स्वीकृत भएपछि हाकामादा जेलबाट रिहा भयो । यद्यपि, मुद्दा पुनः सुरु हुन गत वर्षसम्म लाग्यो । “यति लामो समयसम्म, हामीले अनन्त लडाइँ लडेको महसुस गरेको छौँ,” हिडेकोले जुलाईमा भनेको थियो । 

हाकामादाले सुरुमा सन् १९६६ मा पीडितलाई लुटेको र हत्या गरेको कुरा अस्वीकार गरेको थियो तर पछि प्रहरीको क्रूर सोधपुछपछि उनले कसुर स्वीकार गरे । “फ्री हाकामादा नाउ” भन्दै टी–शर्ट लगाएका समर्थक अत्सुसी जुकेरानले अदालत बाहिर बताए, “यो मुद्दा ‘जापानको आपराधिक न्याय प्रणाली कसरी परिवर्तन हुनुपर्दछ’ भन्ने पीडादायी सम्झना हो । “यो सङ्घर्ष कति लामो समयसम्म चलेको हो भन्ने कुरालाई ध्यानमा राख्दै मेरो एउटा अंशले निर्दोष मुक्तिको उत्सव पूर्ण रूपमा मनाउन सक्नेछैन,” जुकेरानले भने । 

हाकामादाको मुद्दा जापानको तथाकथित ‘बन्धक न्याय’ प्रणालीको अनगिन्ती उदाहरणमध्ये एक मात्र हो,” ह्युमन राइट्स वाचका एसिया कार्यक्रम अधिकारी टेप्पी कसाईले फैसलाअघि बताए । एम्नेस्टी इन्टरनेसनलले अदालतको यो फैसलाबाट ‘अत्यधिक खुसी’ भएको बताएको छ । “लगभग आधा शताब्दीको गैरन्यायिक कारावास र उनको मुद्दा दोहोर्याउनका लागि गरिएको थप १० वर्षको प्रतिक्षापछि यो फैसला उहाँले आफ्नो जीवनको अधिकांश समयमा भोगेका गहन अन्यायको महत्त्वपूर्ण मान्यता हो,” समूहका पूर्वी एसिया अनुसन्धानकर्ता बोरम जाङले एक विज्ञप्तिमा भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि

काठमाडौं । सर्वोच्च अदालतले एकसय ५९ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट)ले उक्त न...

मनसुन सक्रिय भएकाले भोलि र पर्सि यी नदीमा बाढीको जोखिम

काठमाडाैं । मनसुन सक्रिय बनेर देशभर भीषण वर्षा हुने भएपछि बाढी पूर्वानुमान महाशाखाले आइतबारसम्म बाढीको जोखिम रहेका नदीको सूची सार्वजनिक गरेको छ ।  ...

लिग-२ मा ६ हारपछि नामिबियाको पहिलो जित

काठमाडौं । नामिबियाले आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत युएईमाथि जित हासिल गरेको छ । विहिबार सम्पन्न खेलमा नामिबियाले युएईलाई ८ विकेटले पराजित गरे...

सामाजिक सञ्जाल नियमन कानुन निर्माण गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन निर्माण गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ ।  सर्वोच्च अदालतका न्य...

फिल्म ‘सारंग’ को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । बाल मनोबिज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाड्लको बिषयमा निर्माण गरिएको फिल्म ‘सारंग’ को फस्टलुक पोस्टर बिहीबार सार्वजनीक गरिएको...

पोखरामा १३ वर्षीय बालकको डेङ्गुबाट मृत्यु

पाेखरा । पोखरा महानगरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । सङ्क्रमित बढेसँगै महानगरमा यसबाट पाँच जनाको मृत्यु भइसकेको छ । पश्चिमाञ्चल क्षेत्...

बैतडीमा पहिरोले घर पुरिँदा नौ जनाको परिवार विस्थापित

बैतडी । पहिरोले बैतडीमा एक घर पुरिएको छ । डिलाशैनी गाउँपालिका–४ जोखल्लीका सुरेन्द्र रोकायाको दुई तलाको चार कोठे पक्की घर पहिराले पुरेको जिल्ला प्रहरी ...

विश्वलाई नेपाली संस्कृति चिनाउने अवैतनिक राजदूत : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले  नेपालको इतिहास र संस्कृतिको नजिकबाट अध्ययन गरेका अध्येता नेपालको संस्कृतिका अवैतन...

न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची

अमेरिका । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिनेक्रममा न्युयोर्क आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा राष्ट्रसङ्घीय कार्यक्रमसहित द्विपक्षी...

पर्यटनमा योगदान पुर्‍याउने पाँच युवा सम्मानित

काठमाडौं । टुरिजम रिसर्च एण्ड टेनिंग इन्स्टिच्युट (टिआरटिआइ) को तेस्रो नेशनल टुरिजम कन्फ्रेन्स सम्पन्न भएको छ । कोशी, मधेश र बागमती प्रदेशका चारवटा वि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy