काठमाडौँ । सरकारले लागू गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ को विरोधमा शैक्षिक परामर्श व्यवसायी संयुक्त संघर्ष समितिले आजदेखि आन्दोलन सुरु गरेको छ।
व्यवसायीहरूले काठमाडौँको पुतलीसडक चोकमा भेला भएर प्लेकार्डसहित प्रदर्शन गर्दै नियमावलीका केही प्रावधान व्यवसायमैत्री नभएको र तत्काल संशोधन गर्नुपर्ने माग गरेका छन्।
संघर्ष समितिले सरकारले नयाँ नियमावली खारेज वा संशोधन नगरे आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिएको छ। आन्दोलनबाट पनि समस्या समाधान नभए देशभरका सबै शैक्षिक परामर्श संस्थाले आफ्ना कार्यालयको चाबी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझाएर अनिश्चितकालीन आन्दोलनमा उत्रिने निर्णय गरिएको समितिले जनाएको छ।
सरकारले हालै कार्यान्वयनमा ल्याएको नियमावलीमा शैक्षिक परामर्श संस्थाले हरेक वर्ष अनुमतिपत्र नवीकरण गर्नुपर्ने, शैक्षिक मेलाको वर्गीकरण गर्नुपर्ने लगायतका व्यवस्था समावेश छन्। संघर्ष समितिका अनुसार यी प्रावधानहरू अव्यवहारिक, झन्झटिलो र व्यवसाय सञ्चालनका लागि प्रतिकूल छन्।
समितिले विशेषगरी संस्था दर्ता तथा अनुमतिपत्रको अवधि र नवीकरण प्रक्रिया, शैक्षिक मेला वर्गीकरण तथा मापदण्ड, विदेशी शैक्षिक संस्थाबाट प्राप्त हुने लाभ, कर तथा आयव्यय विवरणको ढाँचा, क्षतिपूर्तिसम्बन्धी व्यवस्था तथा संस्थागत वर्गीकरणका विषयमा तत्काल संशोधन गर्न सरकारसँग माग गरेको छ।
व्यवसायीहरूले सडक आन्दोलनमार्फत सरकारमाथि दबाब सिर्जना गरी आफ्ना माग सम्बोधन गराउने रणनीति लिएको जनाएका छन्। समयमै मागको सुनुवाइ नभए शैक्षिक परामर्श सेवा नै ठप्प पार्ने चेतावनीसमेत उनीहरूले दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १ गते, २०८३ - १३:०२
काठमाडौँ। साउन महिना सुरु भएसँगै काठमाडौँ उपत्यकाका बजारमा हरियो चुरा, पहेँलो पोते र मेहन्दीको व्यापार उल्लेख्य रूपमा बढेको छ। साउनलाई भगवान् शिवको मह...
श्रावण १ गते, २०८३ - १२:५३
काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार ...
श्रावण १ गते, २०८३ - १२:३९
हेटौँडा। बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर आठमा सीमित गरेको छ। नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै मन्त्रालयको सङ्ख्या १४ बाट घटाएर ...
श्रावण १ गते, २०८३ - १२:२९
काठमाडौँ । सरकारले लागू गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ को विरोधमा शैक्षिक परामर्श व्यवसा...
श्रावण १ गते, २०८३ - १२:१४
काठमाडौं। नेपाल सरकारले स्वीकृत दरबन्दीमा करार सेवामा कार्यरत कर्मचारीहरूको व्यवस्थापनका लागि नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको छ। भूमि व्यवस्था, ...
श्रावण १ गते, २०८३ - १२:००
काठमाडौँ । सरकारले सरकारी सेवाबाट अवकाश लिएर निवृत्तिभरण ९पेन्सन० वा उपदान प्राप्त गरिसकेका कर्मचारीलाई पुन: करार सेवामा राख्न नपाइने निर्णय गरेको छ।...
श्रावण १ गते, २०८३ - ११:३१
काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच जारी वार्ता अन्तिम चरणमा पुगेको छ। सिंहदरबारमा भइरहेको छलफल सकारात्मक निष्कर्षमा पुगेमा दुवै पक्षबीच आ...
श्रावण १ गते, २०८३ - १०:३७
मोरङ। लगातार दुई वर्षसम्म विवरण नबुझाई निष्क्रिय रहेका कोशी प्रदेशका सात वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयअ...
श्रावण १ गते, २०८३ - १०:१५
काठमाडौँ। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा वर्षाको सम्भावना बढेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो र...
श्रावण १ गते, २०८३ - १०:०४
काठमाडौँ । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सरोकार भएका तथा सर्वसाधारणबाट सुझाव माग ग...



प्रतिकृया लेख्नुहोस्: