Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८१ शुक्रबार | 27th September, 2024 Fri
NIMB

पर्यटनमा योगदान पुर्‍याउने पाँच युवा सम्मानित

खबरडबली संवाददाता

काठमाडौं । टुरिजम रिसर्च एण्ड टेनिंग इन्स्टिच्युट (टिआरटिआइ) को तेस्रो नेशनल टुरिजम कन्फ्रेन्स सम्पन्न भएको छ । कोशी, मधेश र बागमती प्रदेशका चारवटा विद्यालयका विद्यार्थीले सातै प्रदेशलाई प्रतिनिधित्व गरेर सांस्कृतिक नृत्य तथा पर्यटन र सम्भावनाका विषयमा खोजमूलक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा पर्यटनमा योगदान पुराउने पाँचजना युवालाई सम्मान गरिएको छ । 

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले पर्यटनको सम्भावनालाई उजागर गर्न अनुसन्धान आवश्यक रहेको बताए । उनले भने, “नेपालमा पर्यटन बलियो भविष्य र सम्भावनाले भरिएको क्षेत्र हो । तर यसमा जति अनुसन्धान हुनु पर्ने हो त्यो हुन सकको छैन । विविधताले भरिपूर्ण नेपाल पर्वतीय र साहसिक पर्यटनको गन्तव्यका रूपमा विश्वमा बढी परिचित रहेकाले नेपाललाई लाइभटाइम एक्सपेरियन्सका रूपमा अगाडि बढाउने गरी हामी काम गर्दैछौँ ।”

त्यस्तैगरी, पूर्वसचिव केदारबहादुर अधिकारीले पर्यटन समृद्धिको आधारमार्फत देशलाई समुन्नत बनाउन दिगो पर्यटनको आधार र सम्भावनाबारे प्रस्ट हुनुपर्ने बताए । पर्यटन व्यवसाय अर्थतन्त्रमा समेत ठुलो योगदान पुराउने क्षेत्र भएकाले नेपाल जस्तो भूपरिवेष्टित र विकासोन्मुख राष्ट्रका लागि पर्यटन विकासको आवश्यकता रहेकोमा उनले जोड दिए । 

टीआरटीआइका अध्यक्ष मदनकुमार बरालले नेपालमा पर्यटनका अपार सम्भावना रहेकाले यसको प्रर्वद्वनमा राज्य र नागरिक सबैले एकजुट भएर लाग्नु पर्ने बताए । संस्थाका निर्देशक सरोज प्याकुरेलले देशमा पर्यटन सचेतनाका आवश्यकता औँल्याउँदै त्यसका लागि संस्थाले नेपाल टुरिजम बोर्डको सहकार्यमा देशभर १४५ वटा टुरिजम क्लबहरू गठन गरिएको जानकारी गराए । कार्यक्रममा शिक्षाविद् विद्यानाथ कोइराला, होमस्टे महासङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष धनेश्वर बस्याल, हस्पिटालिटि एजुकेशनिष्ट वसन्त प्रसाद जोशी तथा लिभ्लिउड एस्सपर्ट तथा एसटिएलआरपीका एक्टिंग एनपीएम धर्म दवाडीलगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा पर्यटन र शिक्षा क्षेत्रमा योगदान पुर्‍याउँदै आएका पाँच जनाले सम्मान तथा दुई जनालाई विद्यार्थी पर्यटन दूत तथा युवा पर्यटन दूत नियुक्त गरिएको छ । कार्यक्रममा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका विद्यासागर स्कुल बौद्ध प्रथम, जनकपुरको मोनाष्टिक स्कुल द्वितीय तथा कीर्तिपुरको नेपाल एपिएफ स्कुललाई क्रमशः, १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि

काठमाडौं । सर्वोच्च अदालतले एकसय ५९ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट)ले उक्त न...

मनसुन सक्रिय भएकाले भोलि र पर्सि यी नदीमा बाढीको जोखिम

काठमाडाैं । मनसुन सक्रिय बनेर देशभर भीषण वर्षा हुने भएपछि बाढी पूर्वानुमान महाशाखाले आइतबारसम्म बाढीको जोखिम रहेका नदीको सूची सार्वजनिक गरेको छ ।  ...

लिग-२ मा ६ हारपछि नामिबियाको पहिलो जित

काठमाडौं । नामिबियाले आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत युएईमाथि जित हासिल गरेको छ । विहिबार सम्पन्न खेलमा नामिबियाले युएईलाई ८ विकेटले पराजित गरे...

सामाजिक सञ्जाल नियमन कानुन निर्माण गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन निर्माण गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ ।  सर्वोच्च अदालतका न्य...

फिल्म ‘सारंग’ को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । बाल मनोबिज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाड्लको बिषयमा निर्माण गरिएको फिल्म ‘सारंग’ को फस्टलुक पोस्टर बिहीबार सार्वजनीक गरिएको...

पोखरामा १३ वर्षीय बालकको डेङ्गुबाट मृत्यु

पाेखरा । पोखरा महानगरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । सङ्क्रमित बढेसँगै महानगरमा यसबाट पाँच जनाको मृत्यु भइसकेको छ । पश्चिमाञ्चल क्षेत्...

बैतडीमा पहिरोले घर पुरिँदा नौ जनाको परिवार विस्थापित

बैतडी । पहिरोले बैतडीमा एक घर पुरिएको छ । डिलाशैनी गाउँपालिका–४ जोखल्लीका सुरेन्द्र रोकायाको दुई तलाको चार कोठे पक्की घर पहिराले पुरेको जिल्ला प्रहरी ...

विश्वलाई नेपाली संस्कृति चिनाउने अवैतनिक राजदूत : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले  नेपालको इतिहास र संस्कृतिको नजिकबाट अध्ययन गरेका अध्येता नेपालको संस्कृतिका अवैतन...

न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची

अमेरिका । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिनेक्रममा न्युयोर्क आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा राष्ट्रसङ्घीय कार्यक्रमसहित द्विपक्षी...

पर्यटनमा योगदान पुर्‍याउने पाँच युवा सम्मानित

काठमाडौं । टुरिजम रिसर्च एण्ड टेनिंग इन्स्टिच्युट (टिआरटिआइ) को तेस्रो नेशनल टुरिजम कन्फ्रेन्स सम्पन्न भएको छ । कोशी, मधेश र बागमती प्रदेशका चारवटा वि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy