Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

इजरायलद्वारा पूरा बल लगाउँदै हिज्बुल्लाहविरुद्ध हमला जारी, युद्धविरामका प्रयास के हुँदैछन् ?

खबरडबली संवाददाता

काठमाडौं । इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आफ्नो देशको सेना सशस्त्र समूह हिज्बुल्लाहविरुद्ध “पूरा बल” लगाएर लड्ने काम जारी राख्ने बताएका छन्।

अमेरिका र अन्य साझेदार देशबाट युद्धविरामका लागि आह्वान भइरहँदा नेतन्याहूको त्यस्तो भनाइ आएको हो। लेबननको स्वास्थ्यमन्त्रालयले बिहीवार इजरेली हवाई हमलाका कारण कम्तीमा ९२ जना मारिएको जनाएको छ।

अवस्था चर्कन थालेपछि सोमवारयता लेबननमा अन्य सयौँ जनाले ज्यान गुमाएका छन्। बेइरुतको दक्षिणमा पर्ने अपार्टमेन्टमा भएको एक हमलामा परेर हिज्बुल्लाहको ड्रोन एकाई प्रमुख मोहम्मद सुरुर मारिएको उक्त समूहले जनाएको छ।

सोमवारयता नाटकीय रूपमा लेबननमा इजरेली हमला चर्किएसँगै इजरेल र हिज्बुल्लाहबीच पूर्ण आकारको युद्ध हुने चर्चा यतिखेर उत्कर्षमा छ।

युद्धविरामका प्रयास 

शत्रुता गहिरिँदै जाँदा अमेरिका, यूके र युरोपेली सङ्घ ईयूसहितका १२ शक्तिहरूले बुधवार तीन साता लामो इजरेल-हिज्बुल्लाह युद्ध विरामको प्रस्ताव गरेका छन्।

संयुक्त राष्ट्रसङ्घका लागि इजरेली राजदूतले यसअघि आफ्नो देश विभिन्न “विचारका लागि खुला” रहेको बताउँदा धेरैलाई आशावादी बनाएको थियो।

तर बिहीवारसम्ममा त्यसलाई इजरेली राजनीतिज्ञहरूले पूर्ण रूपमा अस्वीकार गरेका छन्। संयुक्त राष्ट्रसङ्घीय महासभाका लागि न्यूयोर्कमा अवतरण गरे लगत्तै नेतन्याहूले आफ्ना सबै लक्ष्य हासिल नहुँदासम्म इजरेल लेबननमा “नरोकिने” बताएका थिए।

जसमध्ये एउटा मुख्य लक्ष्यका रूपमा उत्तरी भेगका इजरेली बासिन्दाहरू सुरक्षित रूपमा आफ्नो घर फर्कन सक्ने अवस्था बनाउनु रहेको उनले बताए।

पछि ह्वाइटहाउसले युद्ध विराम प्रस्ताव इजरेलसँग “समन्वय” गरिएको जनाएको थियो। तर त्यसको केही घण्टापछि नेतन्याहूले आफ्नो देशले लडाइँ जारी राख्ने बताए।

न्यूयोर्कमा बोल्दै यूकेका प्रधानमन्त्री सर किअर स्टार्मरले लेबननको द्वन्द्व सुल्झाउन "एउटा कूटनीतिक समाधानका लागि तत्काल युद्ध विराम" आह्वान गरे। उनले द्वन्द्व "कसैले नियन्त्रण गर्न नसक्ने" युद्धका रूपमा फैलन सक्ने समेत बताए।

दुवैतर्फ हजारौँ विस्थापित

गाजा युद्ध सुरु भएयता झन्डै एक वर्षदेखि इजरेल र हिज्बुल्लाहबीच सीमापार हमला हुँदै आएको छ। जसका कारण एक वर्षयता उत्तरी इजरेलबाट ७० हजार मानिसहरू विस्थापित छन्।

लेबननमा सोमवारयता ९० हजार मानिसहरू विस्थापित भएका छन्। संयुक्त राष्ट्रसङ्घका अनुसार पहिल्यै त्यहाँ १ लाख १० हजार मानिसले घर छाडेका थिए।

बिहीवार इजरेली सेनाले लेबननको दक्षिण र पूर्वको बेका उपत्यकामा रहेका हिज्बुल्लाहका निशानामा प्रहार गरेको थियो।

उसले लेबनन-सिरिया सीमामा रहेका पूर्वाधारमा समेत हमला गर्दै त्यो उक्त समूहलाई अस्त्र आपूर्ति रोक्न त्यसो गरिएको जनाएको छ।

इजरेली वायु सेवाका कमाण्डर मेजर जेनरल तोमर बारेले बिहीवार आफ्ना फौजलाई सम्बोधन गर्दै लेबननमा हुने स्थल हमलालाई साथ दिन आफूहरू तयार हुनुपर्ने बताए।

हिज्बुल्लाहले हमासलाई साथ दिने गरी लडिरहेको भन्दै गाजामा युद्ध रोकिएपछि मात्र सीमा पार हमलाहरू रोक्ने जनाएको छ। इरानको साथ पाएको हिज्बुल्लाहलाई इजरेल, यूके र कैयौँ पश्चिमा देशहरूले आतङ्कवादी सङ्गठन मान्छन्। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending