Khabar Dabali २० पुष २०८२ आईतवार | 4th January, 2026 Sun
Investment bank

इजरायलद्वारा पूरा बल लगाउँदै हिज्बुल्लाहविरुद्ध हमला जारी, युद्धविरामका प्रयास के हुँदैछन् ?

खबरडबली संवाददाता

काठमाडौं । इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आफ्नो देशको सेना सशस्त्र समूह हिज्बुल्लाहविरुद्ध “पूरा बल” लगाएर लड्ने काम जारी राख्ने बताएका छन्।

अमेरिका र अन्य साझेदार देशबाट युद्धविरामका लागि आह्वान भइरहँदा नेतन्याहूको त्यस्तो भनाइ आएको हो। लेबननको स्वास्थ्यमन्त्रालयले बिहीवार इजरेली हवाई हमलाका कारण कम्तीमा ९२ जना मारिएको जनाएको छ।

अवस्था चर्कन थालेपछि सोमवारयता लेबननमा अन्य सयौँ जनाले ज्यान गुमाएका छन्। बेइरुतको दक्षिणमा पर्ने अपार्टमेन्टमा भएको एक हमलामा परेर हिज्बुल्लाहको ड्रोन एकाई प्रमुख मोहम्मद सुरुर मारिएको उक्त समूहले जनाएको छ।

सोमवारयता नाटकीय रूपमा लेबननमा इजरेली हमला चर्किएसँगै इजरेल र हिज्बुल्लाहबीच पूर्ण आकारको युद्ध हुने चर्चा यतिखेर उत्कर्षमा छ।

युद्धविरामका प्रयास 

शत्रुता गहिरिँदै जाँदा अमेरिका, यूके र युरोपेली सङ्घ ईयूसहितका १२ शक्तिहरूले बुधवार तीन साता लामो इजरेल-हिज्बुल्लाह युद्ध विरामको प्रस्ताव गरेका छन्।

संयुक्त राष्ट्रसङ्घका लागि इजरेली राजदूतले यसअघि आफ्नो देश विभिन्न “विचारका लागि खुला” रहेको बताउँदा धेरैलाई आशावादी बनाएको थियो।

तर बिहीवारसम्ममा त्यसलाई इजरेली राजनीतिज्ञहरूले पूर्ण रूपमा अस्वीकार गरेका छन्। संयुक्त राष्ट्रसङ्घीय महासभाका लागि न्यूयोर्कमा अवतरण गरे लगत्तै नेतन्याहूले आफ्ना सबै लक्ष्य हासिल नहुँदासम्म इजरेल लेबननमा “नरोकिने” बताएका थिए।

जसमध्ये एउटा मुख्य लक्ष्यका रूपमा उत्तरी भेगका इजरेली बासिन्दाहरू सुरक्षित रूपमा आफ्नो घर फर्कन सक्ने अवस्था बनाउनु रहेको उनले बताए।

पछि ह्वाइटहाउसले युद्ध विराम प्रस्ताव इजरेलसँग “समन्वय” गरिएको जनाएको थियो। तर त्यसको केही घण्टापछि नेतन्याहूले आफ्नो देशले लडाइँ जारी राख्ने बताए।

न्यूयोर्कमा बोल्दै यूकेका प्रधानमन्त्री सर किअर स्टार्मरले लेबननको द्वन्द्व सुल्झाउन "एउटा कूटनीतिक समाधानका लागि तत्काल युद्ध विराम" आह्वान गरे। उनले द्वन्द्व "कसैले नियन्त्रण गर्न नसक्ने" युद्धका रूपमा फैलन सक्ने समेत बताए।

दुवैतर्फ हजारौँ विस्थापित

गाजा युद्ध सुरु भएयता झन्डै एक वर्षदेखि इजरेल र हिज्बुल्लाहबीच सीमापार हमला हुँदै आएको छ। जसका कारण एक वर्षयता उत्तरी इजरेलबाट ७० हजार मानिसहरू विस्थापित छन्।

लेबननमा सोमवारयता ९० हजार मानिसहरू विस्थापित भएका छन्। संयुक्त राष्ट्रसङ्घका अनुसार पहिल्यै त्यहाँ १ लाख १० हजार मानिसले घर छाडेका थिए।

बिहीवार इजरेली सेनाले लेबननको दक्षिण र पूर्वको बेका उपत्यकामा रहेका हिज्बुल्लाहका निशानामा प्रहार गरेको थियो।

उसले लेबनन-सिरिया सीमामा रहेका पूर्वाधारमा समेत हमला गर्दै त्यो उक्त समूहलाई अस्त्र आपूर्ति रोक्न त्यसो गरिएको जनाएको छ।

इजरेली वायु सेवाका कमाण्डर मेजर जेनरल तोमर बारेले बिहीवार आफ्ना फौजलाई सम्बोधन गर्दै लेबननमा हुने स्थल हमलालाई साथ दिन आफूहरू तयार हुनुपर्ने बताए।

हिज्बुल्लाहले हमासलाई साथ दिने गरी लडिरहेको भन्दै गाजामा युद्ध रोकिएपछि मात्र सीमा पार हमलाहरू रोक्ने जनाएको छ। इरानको साथ पाएको हिज्बुल्लाहलाई इजरेल, यूके र कैयौँ पश्चिमा देशहरूले आतङ्कवादी सङ्गठन मान्छन्। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय सभामा तालमेलको गृहकार्य गरिरहेका कांग्रेस-एमाले प्रतिनिधिसभामा के गर्लान् ?

काठमाडौं । नेकपा एमालेका एक उपाध्यक्षले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि फागुन २१ गतेको चुना...

विभाजनको बाटोतर्फ कांग्रेस

काठमाडौं । महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा नेपाली कांग्रेस विभाजननजिक पुगेको छ । संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी ...

निर्माणाधीन राजमार्गमा दुर्घटना बढे

झापा । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी सा...

विद्युत प्राधिकरणले माग्यो २६६ कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरू...

महामन्त्रीको कदमले कांग्रेसमा तरंग, केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पा...

महामन्त्रीले विशेष महाधिवेशनको कुरा उठाउनु उचित होइन : शेखर कोइराला

म पनि विशेष महाधिवेशन चाहन्छु, तर नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस्

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ । हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो...

निर्वाचन : ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । ...

तराईमा हुस्सुको प्रभाव- उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...

आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक: राष्ट्र बैंक

काठमाडौँ। गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबिच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending