Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८१ शुक्रबार | 27th September, 2024 Fri
NIMB

पूर्व रक्षामन्त्री इशिबा जापानको प्रधानमन्त्री बन्ने

खबरडबली संवाददाता

जापान । सत्तारूढ पार्टीको नेतृत्वका लागि भएको मतदानमा विजयी भएपछि पूर्व रक्षामन्त्री शिगेरु इशिबा जापानको आगामी प्रधानमन्त्री बन्ने आधिकारिक मतगणनाले देखाएको छ । 

सतसठ्ठी वर्षीय रेलप्रेमी इशिबाले मुलुकको पहिलो महिला नेता बन्ने दौडमा रहेकी कट्टर राष्ट्रवादी सनाए ताकाइचीलाई एक सय ९४ विरुद्ध दुई सय १५ मत ल्याएर पराजित गरे । 

टोक्योमा लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को मुख्यालयमा आफ्नो विजय घोषणा भएपछि इशिबाले मुस्कुराउँदै आफ्नो चस्मा फुकालेर आँसुले भरिएका आँखा पुछेर आफ्ना सहयोगीहरूले बधाई दिँदा बारम्बार शिर झुकाए । 

“म जनतामा विश्वास गर्न, साहस र इमान्दारीका साथ सत्य बोल्न र यस मुलुकलाई पुनः एकपटक सबैजना मुस्कानसहित बस्न सक्ने सुरक्षित स्थान बनाउन पूरा कोसिस गर्नेछु”, आफ्नो संक्षिप्त सम्बोधनमा उनले भने । इशिबा पहिले पनि शीर्ष पदको नजिक पुगेको थियो । सन् २०१२ मा उनि राष्ट्रवादी शिन्जो अबेसँग पराजित भएको थियो । अबे जापानको सबैभन्दा लामो समयसम्म सेवा गर्ने नेता थिए र पछि उनको हत्या गरिएको थियो । 

जापानमा एलडिपीले दशकौँदेखि करिब निरन्तर शासन गरेको छ र बहुमत कायम राखेको छ । यसको अर्थ इशिबालाई मङ्गलबारसम्म संसद्ले प्रधानमन्त्री चुन्नेछ । सन् १९७० को दशकमा पप आइडलहरूप्रति झुकाव राख्ने सैन्य मोडल निर्माता इशिबाले कृषि सुधारजस्ता कठिन मुद्दाहरू सम्हाल्ने आफ्नो अनुभवले आफूलाई यो पदका लागि योग्य बनाएको बताएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकास्थित गौशालाको अस्तित्व स्वामित्व विवादले सङ्कटमा परेको छ ।  विसं १९८३ मा भारतको दरभङ्गास्थित महाराजाले हिन्दु र...

सडक सुरक्षा र महँगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)ले चाडपर्वमा सडक सुरक्षाका साथै बजार अनुगमनलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ । शुक्रबार सिंहदरबारमा कार...

नेपाललाई सूचना प्रविधि हवको रुपमा विकास गर्छाै: सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय एआई नीति तयारीको काम भइरहेको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित एक अवार्...

न्यूजील्याण्डविरुद्ध दोस्रो टेस्टमा बलियो अवस्थामा श्रीलंका, तीन खेलाडीले बनाए शतक

काठमाडौं । श्रीलंकाले न्यूजिल्याण्डविरुद्धको दोस्रो टेस्टमा ६०२ रन बनाएर इनिंग घोषणा गरेको छ । टेस्टको दोस्रो दिन श्रीलंकाका तीन ब्याट्सम्यानको शतक सह...

आम उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चाडपर्वमा आम उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न तीनै तहका सरकार, स्थानीय प्रशासन, सुरक्षा निकायलगायत सम्बद्ध ...

भारत र बंगलादेशबीचको दोस्रो टेस्ट बर्षाले प्रभावित

काठमाडौं । भारत र बंगलादेशबीचको दोस्रो टेस्ट बर्षाले प्रभावित बनेको छ । टेस्टको पहिलो दिन शुक्रबार खेल बर्षाले प्रभावित हुदा ३५ ओभर मात्र खेल भएर रोकि...

कुलेखानी ड्याम भरियो, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल

काठमाडौं । मकवानपुरको कुलेखानी ड्याम करिब भरिएपछि तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।  बाँधको सुरक...

आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक

चितवन । नारायणगढ-मुग्लिन सडकमा आज रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ । बिहीबार रातिदेखि परिरहेको वर्षाका कारण रातिमा पहिरोको जोखिम हुने देखिएकोल...

वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्षमा न्यायाधीश डाँगीलाई तोकियो

काठमाडौं । वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्षमा उच्च अदालत दिपायल अस्थायी इजालस जुम्लाका न्यायाधीश गोकर्ण डाँगीलाई तोकिएको छ । शुक्रबारको न्याय प...

फिल्म 'झिल्को' को फस्ट लुक सार्वजनिक, पुस ५ देखि देशभर प्रदर्शन

काठमाडौं । फिल्म 'झिल्को : द स्पार्क' को फस्ट लुक सार्वजनिक भएको छ । शुक्रबार फिल्मको पहिलो पोस्टर सार्वजनिक गर्दै निर्देशक भट्टराईले आगामी पु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy