Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८१ शुक्रबार | 27th September, 2024 Fri
NIMB

ट्रम्प र स्टार्मरबीच न्युयोर्कमा दुई घन्टाको डिनर भेट

खबरडबली संवाददाता

लन्डन । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले न्युयोर्कमा डोनाल्ड ट्रम्पसँग दुई घन्टाको डिनर भेट गरेको सञ्चारमाध्यमहरूले शुक्रबार बताएका छन् । बेलायतका नयाँ प्रधानमन्त्री र अमेरिकाका पूर्वराष्ट्रपतिबीचको यो पहिलो भेट थियो । 

बिबिसी, द गार्जियन र द डेली मेलका अनुसार नोभेम्बरको अमरिकी निर्वाचनमा रिपब्लिकन उम्मेदवार ट्रम्पले बिहीबार ट्रम्प टावरमा लेबर पार्टीका नेता स्टार्मरलाई आतिथ्यता गरेको थियो । “मलाई वास्तवमै उहाँ राम्रो लाग्नुहुन्छ, उहाँले ठूलो दौड लगाउनुभएको छ, उहाँले अत्यन्त राम्रो प्रदर्शन गर्नुभएको छ, यो धेरै राम्रो सुरुआत हो, उहाँ धेरै लोकप्रिय हुनुहुन्छ”, भेटघाटअघि ट्रम्पले पत्रकारहरूलाई भने ।

स्टार्मरले जुलाईमा बेलायतको आम निर्वाचनमा १४ वर्षपछि कन्जरभेटिभहरूलाई सत्ताबाट हटाउँदै भारी मतले निर्वाचन जितेको थियो । स्टार्मरले अमेरिकी निर्वाचनका दुवै उम्मेदवारसँग भेट्नु आफ्ना लागि महत्त्वपूर्ण भएको तर ‘अति व्यस्त कार्यतालिका’ का कारण उपराष्ट्रपति एवं डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिससँग भेटघाट तय गर्न सम्भव नभएको बताए । “हामीलाई अहिले ट्रम्पसँग भेट्ने अवसर छ, यो राम्रो कुरा हो”, उनले भने । 

ट्रम्प र स्टार्मरसँग विगतमा ट्रम्पका बारेमा कडा टिप्पणीहरू गरेका बेलायतका विदेशमन्त्री डेभिड लामी पनि सहभागी थिए । सन् २०१८ मा लामीले ट्रम्पलाई ‘महिलालाई घृणा गर्ने, नव–नाजी समर्थक समाजविरोधी’ भनेको थियो । यद्यपि लामी यस वर्षको प्रारम्भमा बढी कूटनीतिक भएको थियो । उनले एउटा सम्बोधनमा ट्रम्पको ‘युरोपेली सुरक्षाप्रतिको दृष्टिकोणलाई प्राय गलत बुझिएको’ बताएको थियो । 

बेलायती प्रधानमन्त्री स्टार्मरले निर्वाचनमा तटस्थ दृष्टिकोण अपनाएको छ । यद्यपि विश्लेषकहरूले विशेषगरी नाटो र युक्रेनप्रति ट्रम्पको समर्थनमा आशङ्का रहेकाले उनको राष्ट्रपतित्वले कठिनाइ सिर्जना गर्नसक्ने बताएका छन् । स्टार्मर राष्ट्रसङ्घीय महासभामा भाग लिन न्युयोर्कमा थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महाकालीमा खसेर बैतडीका एक मजदुर बेपत्ता

बैतडी । झुलाघाटस्थित  महाकालीमा खसेर एक नेपाली मजदुर बेपत्ता भएका छन् ।  भारतको पिथौरागढमा मजदुरी गर्दै आएका बैतडी पुरचौडी नगरपालिका- ५ कुवाकोटका ३...

इलाममा खोलाले बगाएर एक पुरुषको मृत्यु

इलाम । खोलाले बगाएर इलाममा एकजनाको मृत्यु भएको छ । इलामको माई नगरपालिकामा खोलाले बगाएर एकजनाको मृत्यु भएको हो ।  शुक्रबार दिउँसो अन्दाजी १ बजेको सम...

स्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकास्थित गौशालाको अस्तित्व स्वामित्व विवादले सङ्कटमा परेको छ ।  विसं १९८३ मा भारतको दरभङ्गास्थित महाराजाले हिन्दु र...

सडक सुरक्षा र महँगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)ले चाडपर्वमा सडक सुरक्षाका साथै बजार अनुगमनलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ । शुक्रबार सिंहदरबारमा कार...

नेपाललाई सूचना प्रविधि हवको रुपमा विकास गर्छाै: सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय एआई नीति तयारीको काम भइरहेको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित एक अवार्...

न्यूजील्याण्डविरुद्ध दोस्रो टेस्टमा बलियो अवस्थामा श्रीलंका, तीन खेलाडीले बनाए शतक

काठमाडौं । श्रीलंकाले न्यूजिल्याण्डविरुद्धको दोस्रो टेस्टमा ६०२ रन बनाएर इनिंग घोषणा गरेको छ । टेस्टको दोस्रो दिन श्रीलंकाका तीन ब्याट्सम्यानको शतक सह...

आम उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चाडपर्वमा आम उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न तीनै तहका सरकार, स्थानीय प्रशासन, सुरक्षा निकायलगायत सम्बद्ध ...

भारत र बंगलादेशबीचको दोस्रो टेस्ट बर्षाले प्रभावित

काठमाडौं । भारत र बंगलादेशबीचको दोस्रो टेस्ट बर्षाले प्रभावित बनेको छ । टेस्टको पहिलो दिन शुक्रबार खेल बर्षाले प्रभावित हुदा ३५ ओभर मात्र खेल भएर रोकि...

कुलेखानी ड्याम भरियो, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल

काठमाडौं । मकवानपुरको कुलेखानी ड्याम करिब भरिएपछि तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।  बाँधको सुरक...

आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक

चितवन । नारायणगढ-मुग्लिन सडकमा आज रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ । बिहीबार रातिदेखि परिरहेको वर्षाका कारण रातिमा पहिरोको जोखिम हुने देखिएकोल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy