Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८१ शुक्रबार | 27th September, 2024 Fri
NIMB

नेपाललाई सूचना प्रविधि हवको रुपमा विकास गर्छाै: सञ्चारमन्त्री गुरुङ

खबरडबली संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय एआई नीति तयारीको काम भइरहेको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित एक अवार्ड कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । 

उनले भने, ‘‘नेपालमा एआईको उपयोगमा विकास र प्रवर्द्धन गर्न एवं सो को प्रयोगमा गोपनीयता, पारदर्शिता र जवाफदेहिता कायम गर्ने उद्देश्यसहित राष्ट्रिय एआई नीति तर्जुमाको कार्य भइरहेको छ ।’’ नेपाल डिजिटल प्रेमवर्कलाई प्रभावकारी बनाउने काम भइरहेको भन्दै उनले यस्तो बताएका हुन् । 

उनले भने, ‘‘डिजिटल नेपाल फ्रेमवर्कलाई थप प्रभावकारी बनाउने,  राष्ट्रिय साइबर सुरक्षा नीति २०८० निर्माण , साइबर सुरक्षाको विषयमा अनुगमन, अनुसन्धान तथा विकास, साइबर सुरक्षा प्रवर्द्धन, जनचेतना अभिवृद्धिसम्बन्धी अवधारणापत्र , प्रविधि र प्रणालीको सुरक्षित र जवाफदेही प्रयोग एवं डिजिटलाइजको सिस्टम निर्माण, सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक निर्माण सूचना प्रविधि विभाग र राष्ट्रिय सूचना प्रविधि केन्द्रको पुनःसंरचना सम्पन्न  गर्ने काम भइरहेको छ ।’’

सञ्चारमन्त्री गुरुङले सरकारले सूचना प्रविधि दशकको प्रस्थान वर्षका रुपमा अगाडि बढाउने घोषणा गरेको र त्यसलाई कार्यान्वयन गर्ने काम भइरहेको बताए । उनले खुमलटारमा ज्ञान पार्क स्थापना गर्ने कार्यलाई मन्त्रालयले प्राथमिकतामा राखेको उल्लेख गरे । 

‘‘नेपाललाई सूचना प्रविधि हवको रुपमा विकास गर्ने, सूचना प्रविधि क्षेत्रमा १० बर्षमा ३० खर्बको निर्यात गर्ने र ५ लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य सहित सूचना प्रविधि दशकको प्रस्थान वर्षको रुपमा अगाडि बढाइने घोषणा गरेको छ’, उनले भने, ‘‘सो को कार्यान्वयन योजना निर्माण गर्ने क्रममा सरकार रहेको छ, ललितपुरको खुमलटारमा ज्ञान पार्क स्थापना गर्ने कार्यलाई मन्त्रालयले प्राथमिक्तामा राखेको छ ।’’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भोलि बिहानसम्म आन्तरिक उडान स्थगित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मौसममा आएको खराबीका कारण आज साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थग...

इन्डोनेसियाको अवैध सुनखानीकाे पहिरोमा १५ जनाको मृत्यु

जकार्ता । पश्चिमी इन्डोनेसियाको अवैध सुनखानीमा गएको पहिरोमा कम्तीमा १५  जनाको मृत्यु भएको छ भने भग्नावषेशमा पुरिएर दर्जनौं बेपत्ता भएको अधिकारीहरुले श...

दुई महिनामा सात अर्बको स्मार्टफोन आयात

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब रुपियाँको स्मार्टफोन आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार रु. छ अर्ब ७० करोड ८१ ...

लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह

काठमाडौं । सरकारले लेबनानमा रहेका नेपालीहरुको सूची अध्यावधिक गर्न विवरण उपलब्ध गराइदिन आग्रह गरेको छ । इजिप्टको कायरोस्थित नेपाली दुताबासले एक सूचन...

एमाले नेतृ बराल भन्छिन्: प्रविधिको दुरुपयोग गरेर चरित्र हत्या गरियो, कानुनी निष्कर्षको प्रतिक्षामा छु

काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रविधिको दुरुपयोग गरेर आफ्नो चरित्र हत्या गरिएको बताएकी छन् । केही दिन अघि मिडिया र सामाजिक सञ्जालमा ...

कठिन समयमा जनसेवामा जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगातारको बर्षाका कारण प्राकृतिक विपत्तिको अवस्था सिर्जना हुनसक्ने भन्दै राज्यका सब...

प्रधानसेनापतिले लिए लेबनान र सिरियामा रहेका नेपाली शान्ति सैनिकको अवस्था बारे जानकारी

काठमाडौं । प्रधान सेनापति महारथी अशोकराज सिग्देलले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ लेबनान र सिरियाको वर्तमान सुरक्षा स्थिति र विविध प...

झापा र इलाममा २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी बर्षा

काठमाडौं । शुक्रबार देशका अधिकांश स्थानमा ‘ठुलो वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाको शुक्रबार साँझसम्मको अपडेटअनुसार पछिल्लो २४ घण्टामा झापाका चा...

महाकालीमा खसेर बैतडीका एक मजदुर बेपत्ता

बैतडी । झुलाघाटस्थित  महाकालीमा खसेर एक नेपाली मजदुर बेपत्ता भएका छन् ।  भारतको पिथौरागढमा मजदुरी गर्दै आएका बैतडी पुरचौडी नगरपालिका- ५ कुवाकोटका ३...

इलाममा खोलाले बगाएर एक पुरुषको मृत्यु

इलाम । खोलाले बगाएर इलाममा एकजनाको मृत्यु भएको छ । इलामको माई नगरपालिकामा खोलाले बगाएर एकजनाको मृत्यु भएको हो ।  शुक्रबार दिउँसो अन्दाजी १ बजेको सम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy