Ntc summer Offer
Khabar Dabali १३ आश्विन २०८१ आईतवार | 29th September, 2024 Sun
NIMB

काभ्रेको रोशीमा फसेकाको उद्धारार्थ हेटिकप्टर परिचालन

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । बिहीबारदेखिको अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा सडक नै बगाएपछि उक्त क्षेत्रमा अलपत्र परेका यात्रुको उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको छ । 

यसका लागि सदरमुकाम धुलिखेलबाट नेपाली सेनाको हेलिकप्टर पानी, खाद्यान्नसहितका राहत सामग्री बोकेर बिहान पौने १० बजे त्यसतर्फ गएको छ । शनिबार साँझ नेपाली सेनाको हेलिकप्टरबाट उद्धारको प्रयास गरिएको भए पनि सफल हुनसकेको थिएन । खाद्यान्नसहित उडेको हेलिकप्टर अवतरणका लागि उचित ठाउँ नपाएपछि पुनः धुलिखेल फर्किएको जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले बताए । 

उनका अनुसार त्यस क्षेत्रमा फसेकालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गर्न आज बिहानैबाट तयारी थालिएको थियो । सडक सम्पर्कविच्छेद भएपछि राजमार्गमा करिब एक सय ५० यात्रु अलपत्र अवस्था रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । उनीमध्ये बिरामी, अशक्त र वृद्धवृद्धालाई पहिलो प्राथमितामा राखेर उद्धार गरिनेछ । उनीहरूलाई धुलिखेल र भकुण्डे ल्याइनेछ । लामाका अनुसार नार्के बजारमा १२ घर पहिरोमा परेका छन् । करिब दुई सय स्थानीय शरणमा बसेका छन् । रोशीमा ११ जनाको मृत्यु भएको छ । 

पानीले बिपी राजमार्गका काभ्रेपलाञ्चोक खण्डमा सबैभन्दा बढी क्षति पुगेको हो । नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा क्षेत्रमा रोशी खोलाको बाढीले करिब डेढ सय मिटर बिपी राजमार्ग बगाएको छ । अरनिको र हेलम्बु राजमार्गका विभिन्न स्थानमा पहिराका कारण यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन् । अन्य ठाउँमा पनि सडकमा पहिरो खसेका र रोशी खोलाको राजमार्ग कटान गरेको छ । 

दुई दिनको अविरल वर्षाका कारण बाढी–पहिरोमा परी काभ्रेपलाञ्चोकमा ३० जनाको मृत्यु भएको जनाइएको छ । रोशी गाउँपालिकामा ११, तेमालमा १०, चौँरीदेउरालीमा पाँच, भुम्लुमा दुई, बेथानचोक र बनेपा नगरपालिकामा एक–एकजनाको मृत्यु भएको छ । पनौती–११ स्थित थुम्कीमा भण्डारी परिवारको एक घर पहिरोले बगाउँदा चार जना बेपत्ता भएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेको रोशीमा फसेकाको उद्धारार्थ हेटिकप्टर परिचालन

काभ्रेपलाञ्चोक । बिहीबारदेखिको अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा सडक नै बगाएपछि उक्त क्षे...

एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ ।  पार्टी महासचिव शङ्कर पोखरेलले  बोलाएकाे बैठकमा पार्टीको...

नेपालले आज ओमानविरुद्ध खेल्दै

काठमाडौं । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत ओमानविरुद्ध खेल्दै छ ।  सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित बह्येको नेपालले आज दोस्रो खेल खे...

सप्तकोशीको टापुमा फसेका २५ जना सकुशलै

वराहक्षेत्र । अविरल वर्षाका कारण सप्तकोशी नदीको चिलैया टापुमा शनिवार बिहानदेखि फसेकाहरू सकुशल रहेको बताइएको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका २ बालचन...

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।  आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार ६ सयमा कारोबार भएको नेपाल सुन...

झ्याप्ले खोलाको पहिरोमा अर्को माइक्रो बस भेटियो

धादिङ । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा माइक्रो बस पनि भेटिएको छ ।  यो माइक्रो बस चितवनबाट आएको भएको बताइएको छ । माइक्रो...

बेपत्ताको खोजी, विस्थापितहरुको पुन: स्थापना गर्न सरकारलाई प्रचण्डको ध्यानाकर्षण

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी पहिरोबाट बेपत्ता नागरिकको खोजी, घाइतेहरुको निःशुल्क उपचार र विस्थापितहरुलाई प...

सुनसरीमा बाढीबाट पाँच सयभन्दा बढी घरपरिवार प्रभावित

सुनसरी । बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित भएका छन् ।  कोशी गाउँपालिका–४ मा ४० भन्दा बढी घरमा पानी पसेको स्थानीय वाजुद्दिन मन्सुरीले ज...

सुनसरीमा करेन्ट लागेर एककाे मृत्यु

सुनसरी । वराहक्षेत्र नगरपालिका–४ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आफ्नो सवारी साधन ‘सिटी सफारी चार्ज’गर्ने क्रममा करेन्ट लागेर ५५ वर्षीय भि...

कोशी ब्यारेजको जलसतह घट्दै, अझै अति खतरनाक विन्दु माथि

सुनसरी । सप्तकोशी नदीले कोशी ब्यारेजको जलसतह घट्नेक्रममा रहेको छ । यद्यपी अहिले पनि अति खतरनाक विन्दु पनि पारको अवस्थामा रहेको सप्तकोशी जलमापन केन्द्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy