Ntc summer Offer
Khabar Dabali १३ आश्विन २०८१ आईतवार | 29th September, 2024 Sun
NIMB

हेलिकप्टरबाट १६१ जनाको सकुशल उद्दार

खबरडबली संवाददाता

काठमाडौँ । गृह मन्त्रालयले शनिबार र आइतबार बिहान (हाल सम्म) नेपाली सेनाको हेलिकप्टरबाट बाढी, पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको १६१ जनाको सकुशल उद्दार गरेको छ ।

गृह मन्त्रालयकमाम प्रवक्ता एवं सहसचिब ऋषिराम तिवारीले आइतबार बिहानदेखि काभ्रेपलाञ्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ८३ जनाको उद्दार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए ।

खराब मौसमका कारण शनिबार नै हेलिकप्टर त्यहाँ पठाइएपनि उद्दार गर्न असहज भएको थियो । काभ्रेपलाञ्चोकमा अहिले नेपाली सेनाका तीन वटा हेलिकप्टरले उद्दार कार्य जारी राखेको छ । प्रवक्ता तिवारीले गृह मन्त्रालयको अनुरोधमा विपद्को जोखिममा रहेका नागरिकहरुको उद्दारमा सेनाले लगातार हवाइ उद्दार गरिरहेको बताए ।

त्यसैगरी शनिबार काठमाण्डौं उपत्यकामा १३, सिन्धुलीमा ३३ र मकवानपुरमा ३२ जनाको हवाइ उद्दार गरिएको थियो । गृह मन्त्रालयका प्रवक्ता तिवारीले बाढी, पहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन सबै संयन्त्र परिचालन गरिएको बताए ।

गृह मन्त्रालयको तथ्याङ् अनुसार बाढी, पहिरो र डुबानबाट १०७ जनाको मृत्यु, ६४ जना बेपत्ता र ७३ जना घाइते भएका छन् । गृहमन्त्री रमेश लेखकले सुरक्षा संयन्त्र र सरोकारवाला निकायलाई उद्दार, राहत, घाइतेको स्वास्थ्य उपचार र अवरुद्ध सडक सुचारु गर्न तदारुकपताका साथ लाग्न निर्देशन दिइसकेका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झ्याप्ले खोलाको पहिरोबाट अहिलेसम्म ३५ शव निकालियो

काठमाडौँ । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले अहिलेसम्म पुरिएका ३५ जनाको शव निकालिएको छ ।  प्रहरीका अनुसार शनिबार १४ जनाको शव निकालिएकोमा आइ...

सोलुखुम्बुमा हिउले अलपत्र परेका एक विदेशी र तीन नेपालीको उद्धार

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बिलामा हिउले अलपत्र परेका एक विदेशी र तीन नेपाली नागरिकको प्रहरीले उद्धार गरेको छ । सोलुखुम्बु जिल्लाको सोलुखुम्बु खु...

एमालेले उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गर्ने

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गर्ने भएको छ । आइतबार बिहान बसेको केन्द्...

सिंहदरबारमा सर्बदलीय बैठक शुरु

काठमाडौँ । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्बदलीय बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु भएको छ । ...

बाढी-पहिरोबाट अहिलेसम्म १२९ जनाको मृत्यु

काठमाडौं । बाढी-पहिरो र डुबानमा परी हालसम्म १२९ जना जनाको मृत्यु भएको छ भने ६२ जना बेपत्ता भएका छन् ।  नेपाल प्रहरीका अनुसार विपद्मा परी ८६ जना घाइ...

सहुलियत हवाई भाडा लिन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्को समयमा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न हवाई  कम्पनीहरूलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको...

स्वास्थ्य बीमा सुधारका लागि डा. आचार्यको नेतृत्वमा सुझाव समिति गठन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमामा देखिएका समस्या समाधानमा सुझाव दिन डाक्टर सम्भुप्रसाद आचार्यको नेतृत्वमा सुझाव समिति गठन...

झ्याप्लेखोला पहिरो : मृतकको सङ्ख्या ३० पुग्यो

धादिङ। त्रिभुवन राजपथको झ्याप्लेखोलामा पहिरोले पुरिएको गाडीबाट अहिलेसम्म ३० जनाको शव निकालिएको छ । उक्त स्थानबाट शनिबार साँझ १४ जना र आइतबार थप १६ जना...

कांग्रेसले सरकारको दैवी प्रकोप राहत कोषमा ५० लाख दिने

काठमाडौँ । नेपाली कांग्रेसले सरकारको दावी प्रकोप कोषमा ५० लाख दिने निर्णय गरेको छ । आइतबार बिहान सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको...

सरकारले सबै सामर्थ्य लगाएर परिस्थितिको सामना गर्छः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीनबाट स्वदेश फर्किएका छन् । अर्थमन्त्री पौडेलले भिषण बाढी र पहिरोले जनधनमा ठूलो क्षत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy