Ntc summer Offer
Khabar Dabali १३ आश्विन २०८१ आईतवार | 29th September, 2024 Sun
NIMB

संयुक्त राष्ट्रसङ्घद्वारा लेबनानका १० लाख नागरिकलाई आपतकालीन खाद्यान्न सहयोग

खबरडबली संवाददाता

एजेन्सी । विश्व खाद्य कार्यक्रमले लेबनानमा जारी द्वन्द्वबाट प्रभावित १० लाख मानिसलाई खाना उपलब्ध गराउन आपतकालीन अभियान सञ्चालन गरेको जनाएको छ । रोमस्थित एजेन्सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो सप्ताह अन्तमा जारी द्वन्द्वले तत्काल मानवीय प्रतिक्रियाको आवश्यकतालाई जोड दिएको छ । यसले देशभरका आश्रयस्थलहरूमा तयारी खानाका लागि खाद्यान्न, रोटी, ताजा खाना र तयारी खानाका पोकाहरू वितरण गरिरहेको छ ।

बेरुतको बाहिर क्षेत्रमा भएको बम आक्रमणमा इरान समर्थित समूहका नेता हसन नसरल्लाह मारिएको दुई दिनपछि इजरायलले लेबनानको हिजबुल्लाहका दर्जनाआश्रयस्थललाई लक्षित गरी थप हवाई आक्रमण गरिरहेको आइतबार जनाएको छ । सन् २०२३ को अक्टोबर ७ मा प्यालेस्टाइनको सहयोगी हमासले इजरायलमाथि एक्कासी आक्रमण गरेपछि इजरायल र हिजबुल्लाहबीच करिब एक वर्षयता सीमापार गोली हानाहान हुँदै आएको थियो । 

डब्लुएफपीका अनुसार लेबनानमा भएको बम विस्फोटले ‘सञ्चित सङ्कटको बोझले थिचिएको जनसङ्ख्याको समस्यालाई अझ जटिल बनाएको छ ।” लेबनानका लागि डब्लुएफपीका निर्देशक म्याथ्यु होलिङवर्थले भने, “डब्लुएफपीको सहयोग केही दिनमै हजारौँ नयाँ विस्थापितबीच पुगेको छ । 

“सङ्कट गहिरिँदै जाँदा हामीले नगद र खाद्यान्नको मिश्रणबाट १० लाख मानिसलाई सहयोग गर्ने तयारी गरिरहेका छौं,” उनले भने । “अन्तर्राष्ट्रिय समुदायलाई १० करोड ५० लाख अमेरिकी डलर परिचालन गरी वर्षको अन्त्यसम्म सञ्चालनका लागि सहयोग गर्न आह्वान गर्दछौं,” उनले अगाडि भने । डब्लुएफपीका क्षेत्रीय निर्देशक कोरिन फ्लेशरले लेबनान समस्याको एउटा केन्द्रविन्दु र अर्को युद्ध सहन नसक्ने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इजरायलद्वारा लेबनानसँगको सीमामा ट्याङ्क तैनाथ

काठमाडौं । हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको मृत्युपछि इजरायलले आइतबार लेबनानसँगको सीमामा ट्याङ्कहरू तैनाथ गरेको छ ।  अल्जजीराले  ट्याङ्कहरू तैनाथ ग...

उदयपुरमा खोलाले बगाउँदा युवतीको मृत्यु

उदयपुर । जिल्लाको रौतामाई गाउँपालिका–१ भएर बग्ने ओडारे खोलाको बाढीमा परी १६ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख ...

बुद्धसिं मार्गमा दर्जन बढी स्थानमा पहिरो, तीन दिनदेखि अवरुद्ध

तनहुँ । पृथ्वीराजमार्गको वैकल्पिक सडकका रुपमा रहेको बुद्धसिं मार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । निरन्तरको वर्षापछि एक दर्जनबढी स्थानमा पहिरो खस्दा उक्...

झ्याप्ले खोलामा उद्धार जारी, अवरुद्ध सडक सुचारु गराउने तयारी

काठमाडौं । धादिङको झ्याप्ले खोलामा अवरुद्ध भएको सडक खुलाउने तयारी भइरहेको छ । पहिरोले पुरिएका चार सवारी साधनबाट शनिबार र आइतबार गरि ३५ शव निकालेपछि अब...

वायुसेवा संचालक संघले भन्यो- असोज १६ गतेसम्म अपर लिमिटको टिकट बेच्दैनौं

काठमाडौं । वायुसेवा संचालक संघले असोज १६ गतेसम्म नेपाल सरकारले तोके बमोजिम लिदैँ आएको अपर लिमिटको भाडादरमा टिकट नबेच्ने निर्णय गरेको छ । सडक सञ्जाल बि...

पाकिस्तानी क्रिकेट टिमका छनौटकर्ता मोहम्मद युसुफको राजीनामा

काठमाडौं । पाकिस्तानी क्रिकेट टिम चयनकर्ता मोहम्मद युसुफले आफ्नो पदबाट राजीनामा दिएका छन् । पूर्व दिग्गज ब्याट्सम्यानले सामाजिक सञ्जाल वेबसाइट एक्समा ...

विपदबारे पूर्व सूचना र तयारीले क्षतिलाई न्युनीकरण गर्न मद्दत पुग्यो: गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद्बारे पूर्व सूचना र तयारीले क्षतिलाई न्युनीकरण गर्न मद्दत पुगेको बताएका छन् । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन...

रास्वपाले प्रथम महाधिवेसन चितवनमा गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशन चितवनमा गर्ने भएको छ । आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले चितवनमा महाधिवेशन गर्ने निर्...

कोशी ब्यारेजको जलसतह आधा घट्यो

सुनसरी । सप्तकोशी नदीले कोशी ब्यारेजको जलसतह घट्नेक्रममा रहेको छ । यद्यपी अहिले पनि खतरनाक विन्दु पनि पारको अवस्थामा रहेको सप्तकोशी जलमापन केन्द्रले ज...

ब्याडमिन्टन प्रतियोगितामा सुदीप र कृष्णहरिको जोडीलाई उपाधि

काठमाडौं । पिस फिटनेस सेन्टरले आयोजना गरेको सातौँ ब्याडमिन्टन प्रतियोगिताको खुला मेन्स डबल्समा सुदीप बस्नेत र कृष्णहरि प्रसाईँको जोडी च्याम्पियन बनेका...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy