Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

बेलायत : नयाँ नेतृत्व र भावी दिशा तय गर्न कन्जरभेटिभ पार्टी सदस्य बर्मिङ्घममा भेला

खबरडबली संवाददाता

लण्डन । चुनावमा ऐतिहासिक पराजय भोगेका आफ्ना घाउहरूमा मलम लगाउँदै बेलायतको विपक्षी कन्जरभेटिभहरू आइतबार वार्षिक सम्मेलनका लागि भेला भएका छन् । लेबर पार्टीले टोरीलाई सत्ताबाट हटाएको तीन महिनापछि मध्य इङ्ल्यान्डको बर्मिङ्घममा चार दिने बैठक हुन लागेको हो । 

सन् २००९ पछि कन्जरभेटिभ्स विपक्षमा रहेर हुन लागेको यो पहिलो सम्मेलन हो । भेलामा चार जना उम्मेदवारले संसदीय सहकर्मी र ग्रासरुटका सदस्यहरूको अगाडि आफ्ना भनाई राख्नेछन् र उनीहरूलाई पूर्व–प्रधानमन्त्री ऋषि सुनकलाई अर्को टोरी नेताको रूपमा प्रतिस्थापित गर्न सहमत गराउने प्रयास गर्नेछन् । बेलायतको दोस्रो ठूलो सहरस्थित इन्टरनेसनल कन्भेन्सन सेन्टरको मुख्य हलमा केमी बाडेनोच, रोबर्ट जेनरिक, जेम्स क्लेभरली र टम टुगेन्धाटले भेलालाई सम्बोधन गर्नेछन् । 

युनिभर्सिटी अफ म्यानचेस्टरका राजनीतिका प्राध्यापक रोबर्ट फोर्डले एएफपीसँग भने, “भेला अनिवार्य रुपमा हुने ‘ट्यालेन्ट परेड’ हुनेछ । कन्जरभेटिभ पार्टीका सांसदहरूले अन्तिम दुई उम्मेदवारको टुङ्गो लगाउन अर्को हप्ता मतदान गर्नेछन् । त्यसपछि अक्टोबरको अन्त्यमा बन्द हुने मतदानमा पार्टीका सदस्यहरूले विजेता चयन गर्नेछन् । बेलायतको नयाँ विपक्षी नेता र पार्टीलाई पुनः एकताबद्ध गर्ने र पुनः निर्वाचित गराउने जिम्मेवारी पाउने नेताको चयन भेलाले गर्नेछ यद्यपि, यसको घोषणा नोभेम्बर २ गरिने छ । जुलाई ४ मा कन्जरभेटिभ्सको अहिलेसम्मकै सबैभन्दा खराब आम चुनावको परिणामपछि पार्टीले य नेतृत्वमा जो आएपनि दायाँबायाँ अगाडि बढ्ने वा सिधै अघि बढ्ने निर्णय गर्नेछ । 

बेलायतको ६५० सदस्यीय संसद्मा लेबर पार्टीले १७४ सिटको भारी बहुमत प्राप्त गरेको छ । टोरीहरूले संसद्मा यसअघि रहेको २५१ सिट गुमाएर मात्र १२१ सिट मात्र जितेको छ । यो उनीहरूको इतिहासमा सबैभन्दा कम सङ्ख्या हो । सन् २०१९ मा भएको अघिल्लो चुनावमा टोरीहरूले बोरिस जोनसनको नेतृत्वमा ३६४ सदस्यसहित लेबर पार्टीको २०३ सिटभन्दा करिब ८० सिटको बहुमत प्राप्त गरेका थिए । 

राजनीतिक सङ्कट

पार्टीमा व्यापक उथल–पुथल भएको छ । डाउनिङ स्ट्रिटका कर्मचारीहरूले कोरोना भाइरसको महामारीका कारण गरिएको लकडाउनको समयमा पार्टीका नेताले गरेका थुप्रै स्क्यान्डलहरूले जोनसनलाई पदबाट हट्न बाध्य तुल्याएको थियो । त्यसपछि उनको उत्तराधिकारी लिज ट्रस बनेको थियो तर उनको मिनी–बजेटको कारण उनको नेतृत्वको सरकार केवल ४९ दिन मात्र चलेको थियो । उनको मिनी बजेटका कारण पाउण्डको मुल्यमा आएको गिरावटले बजारलाई बेलायतको आर्थिक बजारलाई त्रसित बनाएको थियो ।

प्रभावित बजारलाई स्थिर राख्न ल्याइएका सुनकले त्यो स्खलनलाई उल्ट्याउन सकेनन् र उनको २० महिनाको कार्यकाल गुटगत कलहले बिथोलियो । नयाँ जनमत लिन घोषणा गरिएको चुनावपछि उत्तराधिकारी चयन गर्ने र आफूले राजिनामा दिने सोच उनले बनाएको थियो । पार्टीले दुविधाको सामना गरिरहेको छः के यसले नाइजेल फारेजको कट्टर दक्षिणपन्थी सुधारवादी यूके पार्टीमा प्रवेश गरेका मतदाताहरूलाई जिताउन ध्यान केन्द्रित गर्नुपर्दछ वा मध्यमार्गी लिबरल डेमोक्र्याट्समा प्रवेश गर्नेहरूको समर्थन पुनः प्राप्त गर्ने लक्ष्य राख्नुपर्छ ?

हालका वर्षहरूमा समग्र रूपमा पार्टी दक्षिणपन्थी भएको छ तर बाडेनोच र जेनरिकलाई उम्मेदवारहरूको अधिक दक्षिणपन्थीको रूपमा हेरिएको छ भने क्लेवरली र टुगेन्धाट मध्यको नजिक छन् । लण्डनको क्वीन मेरी युनिभर्सिटीका राजनीतिका प्राध्यापक टिम बेलले भने, “यो सत्य हो कि अन्य दलमध्ये कुनै एकले यसलाई पूर्णरूपमा परित्याग नगरेसम्म यसले मध्यमार्गी बाटो अवलम्बन गर्दा नै बिजय प्राप्त गर्न सक्ने देखिन्छ ।”

उनले भने, “अब लेबर पार्टी यसलाई उकास्न पूर्णतया कटिबद्ध देखिन्छ, यस्तो देखिन्छ कि कन्जरभेटिभहरूले सम्भवतः त्यस क्षेत्रमा लड्नुपर्छ ।” सम्मेलन बुधबार सकिनेछ ।” 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्व मन्त्री तथा माओवादी केन्द्रका नेता पदम राईको निधन, अध्यक्ष प्रचण्डद्वारा श्रद्धाञ्जली अर्पण

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा भाैतिक याेजना तथा निर्माण राज्यमन्त्री पदम राईको निधन भएको छ । पार्किन्सन रोगबाट थलिएका उनको उपचारका क्रमम...

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीकाे मृत्यु

सर्लाही । सर्लाहीको बागमती नगरपालिका-११ स्थित महेन्द्र जनता मावि नजिक पूर्व-पश्चिम लोकमार्गमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएकाे छ ।  आज साँ...

रोजगारीको माग गर्दै मधेस प्रदेशका शहीद परिवारको प्रदर्शन

जनकपुर ।  मधेस आन्दोलनका शहिद परिवारका सदस्यहरूले रोजगारीको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गरेका छन् । सो आन्दोलनमा ...

कास्कीमा बालिकालाई बन्धक बनाइ यौन धन्दामा चलाएकाे आराेपमा तीनजना पक्राउ

कास्की । बालिकालाई बन्धक बनाइ यौन धन्दामा लगाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पोखराको लेकसाइडस्थित स्नोल्याण्ड होटलले सञ्चालन गरेको भिष...

धान फल्ने खेतमा लगाएको सुन्तलाबाट दश लाख आम्दानी

म्याग्दी । १३ वर्षअघि अंश वापत पाएको पाँच रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालिका–४ सुर्केमेलाका डिलबहादुर केसीलाई धेरैले गाली गर...

इन्भेस्टमेन्ट कम्पनीको सेयर कारोबारसम्बन्धी नयाँ प्रावधान

काठमाडौं । गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापित इन्भेष्टमेन्ट कम्पनीको सेयर कारोबारसम्बन्धी नयाँ व्यवस्था गरिएको छ । धितोपत्र बजारको नियामक निका...

अर्थोपेडिक अस्पताल जोरपाटीद्वारा ३४ बिरामीको घुँडाको शल्यक्रिया

काठमाडौं । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ । अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’ को सहयोगमा ...

सङ्खुवासभामा अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता

सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–११ खहरेस्थित अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता भएका छन् । चैनपुर–११ कुइबिरका ४८ वर्षीय गजेन्द्र ज...

काठमाडौँका विभिन्न क्षेत्रमा तीन जना मृत फेला

काठमाडौं । काठमाडौँका विभिन्न क्षेत्रमा आज (शनिबार) मात्रै तीन जना मृत भेटिएका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका, टोखा र दक्षिणकालीमा शव भेटिएको ...

गुल्मीबाट मात्रै अख्तियारमा ६० उजुरी दर्ता

गुल्मी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयमा चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म जिल्लाका ६० उजुरी दर्ता भएका छन् ।  उजुरीमध्ये ३५...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy