Ntc summer Offer
Khabar Dabali १३ आश्विन २०८१ आईतवार | 29th September, 2024 Sun
NIMB

वायुसेवा संचालक संघले भन्यो- असोज १६ गतेसम्म अपर लिमिटको टिकट बेच्दैनौं

खबरडबली संवाददाता

काठमाडौं । वायुसेवा संचालक संघले असोज १६ गतेसम्म नेपाल सरकारले तोके बमोजिम लिदैँ आएको अपर लिमिटको भाडादरमा टिकट नबेच्ने निर्णय गरेको छ । सडक सञ्जाल बिच्छेद भएपची हवाई कम्पनीहरुले टिकटको मुल्य बढाएको चौतर्फी आलोचना भएका बेला संघले अपर लिमिटमा टिकट नबेच्ने निर्णय गरेको अध्यक्ष मनोज कार्कीले जानकारी दिएका छन् । 

संघले भनेको छ - संघमा आवद्ध सबै वायुसेवा कम्पनीहरुले यस विपद्को घडिलाई मध्यनजर गर्दै मिति २०८१ असोज १४ गते सोमवार देखि मिति २०८१ असोज १६ गते बुधवारका दिनसम्म नेपाल सरकारले तोके बमोजिम लिदै आएको अपर लिमिटको भाडादरमा टिकट नवेच्ने निर्णय गरियो ।'

साथै संघले परल मुल्यमा हवाई इन्धन अविलम्ब उपलब्ध गराउन माग समेत गरेको छ । यसरी हवाई इन्धनको मुल्य घटाएको अवस्थामा हवाई यात्रामा लाग्दै आएको फ्युल सर्चार्ज स्वत घट्ने र यसको प्रत्यक्ष फाईदा यात्रु महानुभावहरुलाई हुने संघले बताएको छ । 

साथै नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि वायुसेवा कम्पनीहरुलाई लगाउदै आएको ल्याण्डिङ, पार्किङ, नेभिगेसन, प्यासेन्जर सर्भिस चार्ज लगायत अन्य दस्तुरहरुमा छुट दिई यात्रुरुको हवाई यात्रा सहज र सुलभ बनाउनपर्ने माग गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशी ब्यारेजमा दुईतर्फी यातायात सुचारु

सुनसरी । सप्तकोशी नदीले कोशी ब्यारेजको जलसतह घट्नेक्रममा रहेपछि दुईतर्फी यातायातका साधन सुचारु गरिएको छ ।  यद्यपी अहिले पनि खतरनाक विन्दु पनि पारको...

बाढीपहिरोमा मृत्यु हुनेको संख्या १७० पुग्यो

काठमाडौं । असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १७० पुगेको छ ।  गृहमन्त्रालयका अनुसार आइतबार राति ७:३० बजेसम...

धादिङकाे झ्याप्लेखाेलाको पहिरो पन्छाएपछि सडक दुईतर्फी खुला

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा खसेको पहिरो पन्छाएपछि सडक सुचारु भएको छ । आइतबार साँझ साढे ७ बजेदेखि दुईतर्फी राजमार्ग सुचारु भ...

सिधा कुरा डटकमका सम्पादकसहित तीनै जनालाई कैद सजाय

काठमाडौं । सर्वोच्च अदालतले सिधाकुरा डटकमले अदालतको अवहेलना गरेको ठहर गर्दै सम्पादक, प्रकाशक र समाचार स्रोत राजकुमार तिमल्सिनालाई कैद सजाय सुनाएको छ ।...

माओवादी केन्द्रले बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न हेल्प डेस्क राख्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने भएको छ ...

कोलिफर्म भेटिएपछि विभिन्न ११ ब्रान्डका पानीको विक्री वितरणमा रोक

काठमाडाैं । काठमाडौं महानगरपालिकाले फिकल कोलिफर्म भेटिएपछि विभिन्न ११ ब्रान्डका पानीको विक्री वितरणमा रोक लगाएको छ । विक्रीमा रोक लगाइएका हरेकलाई दुई ...

पहिराेले अवरुद्ध बनेकाे बिपी राजमार्गमा तत्काल सञ्चालन हुन नसक्ने

बनेपा । बाढीले क्षति भएको बिपी राजमार्गमा तत्काल यातायात सञ्चालन नहुने भएको छ । वर्षासँगै आएको बाढीका कारण बिपी राजमार्गको विभिन्न स्थानमा बाढीले सडक ...

इजरायलद्वारा लेबनानसँगको सीमामा ट्याङ्क तैनाथ

काठमाडौं । हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको मृत्युपछि इजरायलले आइतबार लेबनानसँगको सीमामा ट्याङ्कहरू तैनाथ गरेको छ ।  अल्जजीराले  ट्याङ्कहरू तैनाथ ग...

उदयपुरमा खोलाले बगाउँदा युवतीको मृत्यु

उदयपुर । जिल्लाको रौतामाई गाउँपालिका–१ भएर बग्ने ओडारे खोलाको बाढीमा परी १६ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख ...

बुद्धसिं मार्गमा दर्जन बढी स्थानमा पहिरो, तीन दिनदेखि अवरुद्ध

तनहुँ । पृथ्वीराजमार्गको वैकल्पिक सडकका रुपमा रहेको बुद्धसिं मार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । निरन्तरको वर्षापछि एक दर्जनबढी स्थानमा पहिरो खस्दा उक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy