Ntc summer Offer
Khabar Dabali २० आश्विन २०८१ आईतवार | 6th October, 2024 Sun
Investment bank

बाँकेमा रगत अभाव भएपछि रक्तदान गरिंदै

खबरडबली संवाददाता

बाँके । बाँकेमा बिरामीका लागि माग अनुसारको रगत अभाव भइरहँदा विभिन्न सङ्घ संस्थाले रक्तदान कार्यक्रमलाई अघि बढाएका छन् । नेकपा एमाले बाँकेको आयोजनामा भएको रक्तदान कार्यक्रममा करिब दुईसय जनाले रक्तदान गरेका छन् । 

क्षेत्र नम्बर १ निर्वाचन समन्वय समितिको आयोजनामा कोहलपुरमा भएको कार्यक्रममा १५३ जनाले रक्तदान गरेको संयोजक कुश्माखर बस्यालले जानकारी दिए । यसैगरी नेकपा एमाले सम्वद्ध अनेरास्ववियु बाँकेले पनि महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा रक्तदान कार्यक्रमको आयोजना गरेको अध्यक्ष प्रकाश बिश्वकर्माले बताए । 

नेपालगञ्जको भेरी अस्पताल र शिक्षण अस्पताल रेफरल अस्पतालको रुपमा रहेकाले बाढीपहिरोका घाइतेहरुको उपचारमा रगत अभाव नहोस् भनेर पनि रक्तदान गरिएको एमाले बाँकेले जनाएको छ । नेपालगञ्जस्थित गोपाल निना फाउण्डेशनको आयोजनामा शनिबार नै रक्तदान गरिएको छ । 

नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले स्वच्छ भएपनि आफूले रक्तदान नगर्ने र रगत माग गर्ने बिरामीका नजिकका आफन्तलाई सम्झाई बुझाई गर्नुपरेको बताए । बाँकेमा भेरी अस्पताल, शिक्षण अस्पताल कोहलपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा रक्त सञ्चार केन्द्र सञ्चालनमा छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्थगित अखिल क्रान्तिकारीको सम्मेलन मंसिर २३ र २४ गते

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनको स्थगित भएको प्रक्रिया मंसिर २३ र २४ गते सम्पन्न ग...

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्डमा मालवाहक सवारी साधन सञ्चालनमा रोक

बर्दघाट । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि ट्रकलगायत ठूला मालवाहक  सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । गएराति बर्...

एभरेस्ट महिला भलिबल लिग: कर्णालीलाई उपाधि

काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को उपाधि कर्णाली कर्णाली यशविसले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड...

चार लाख अवैध भारतीय रुपियाँसहित एकजना पक्राउ

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले अवैध भारतीय रुपियाँ खरिद गर्ने नेपालगन्जका एक किराना व्यवसायीलाई करिब चार लाख अवैध भारुसहित पक्राउ गरेको छ ।  ...

ताप्लेजुङ झापा सरोकार समाज विर्तामोडकाे नयाँ कार्यसमिति चयन

झापा । ताप्लेजुङ झापा सरोकार समाज विर्तामोड नगर समितिको दोस्रो अधिवेशनले तेजप्रसाद सिटौलालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । समितिको विर्तामोडमा सम्...

मन्त्री प्रदीप पौडेलको काभ्रेका विपद प्रभावित स्वास्थ्यकर्मी र विरामीसँग अन्तरक्रिया

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा विपद्पछि स्वास्थ्य संकट निम्तन नदिन स्वास्थ्यकर्मीहरुले गरिरहेको काम...

इङलिश प्रिमियर लिग:जोटाको निर्णायक गोलमा लिभरपुल विजयी

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले क्रिस्टल प्यालेसमाथि जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई १-० गोल अ...

फिल्म ‘छक्का पञ्जा ५’ को ट्रेलर सार्वजनिक

काठमाडाैं । आगामी असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ५’को ट्रेलर सार्वजनिक गरिएको छ ।  शनिबार सार्बजनिक गरिएको ट्रेलर...

महिला टी-२० विश्वकप: डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाको विजयी शुरुवात

काठमाडौं । जारी आइसीसी महिला टी-२० विश्वकप अन्तर्गत डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले विजयी शुरुवात गरेको छ । शनिबार सम्पन्न खेलमा अस्ट्रेलियाले श्री...

नेपाल पत्रकार महासङ्घको राष्ट्रिय भेला

भक्तपुर । नेपाल पत्रकार महासङ्घका प्रदेश तथा जिल्ला अध्यक्षको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा जारी छ । महासङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy