Ntc summer Offer
Khabar Dabali १५ आश्विन २०८१ मंगलवार | 1st October, 2024 Tue

मह बेचेर वार्षिक चौध लाख आम्दानी गर्दै नन्दकला

खबरडबली संवाददाता

बाँके । कोहलपुर नगरपालिका–१२ चप्परगौडीकी ४० वर्षीया नन्दकला सिजालीले मह बेचेर वार्षिक रु १४ लाख आम्दानी गर्दै आएकी छिन् । एक सय ३० घार मौरीपालन गरेकी उनले मह बेचेर वार्षिक रु १४ लाख नाफा हुने गरेको बताइन् ।

एक सय ३० घार मौरी लिएर चराउन सुर्खेतको लेकफर्सामा पुग्ने गरेको सिजालीले बताइन् । उनी बाँके, बर्दिया र सुर्खेतसम्म व्यावसायिक मौरी पालकका रुपमा चिनिन्छिन् । नन्दकलाले आफूलाई मौरी चराउन कुनै मौसम वा स्थानले फरक नपर्ने बताइन् । 

उनले घरमा मह प्रशोधनका उपकरणसमेत राखेकी छिन्। श्रीमान् भारतीय सेनामा कार्यरत भए पनि सानैदेखि परिश्रममा रमाउने नन्दकलाले महिला आर्थिक रुपमा सक्षम हुनुपर्ने धारणा राख्छिन् । महिला आर्थिक रुपमा समृद्ध भए समाज समृद्ध हुने धारणा राख्ने उनले परिवार, समाज र सरोकार भएका निकायले महिलालाई स्वरोजगार बनाउने सीप तथा तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । 

“स्वास्थ्यका लागि मह सेवन गर्नु रामो मानिने चिकित्सकहरु पनि बताउँछन् । मौरीपालन र मह उत्पादन गर्न भने सजिलो छैन”, नन्दकलाले भनिन्, “प्राकृतिक रुपमा परिवर्तन भइरहने ऋतुहरुले यसमा प्रत्यक्ष असर पार्दछ ।” उनले बढी जाडो र बढी गर्मी हुँदा मौरीलाई बचाउँन कठिन हुने अनुभव सुनाइन्। फूल नफुलेको समयमा कृत्रिम खानासमेत बनाएर खुवाउनुपर्ने उनले जानकारी दिइन् । 
 
एक ठाउँबाट अर्को ठाउँमा मौरी चराउनलाई ट्रकमा राखेर लैजाने गरेको नन्दकलाले बताइन् । जङ्गलमा फूलेका प्राकृतिक फूलहरुको रस खुवाउनलाई चराउन जाँदा वनमा अरिङ्गाल, कमिला, बिछ्यू, चिवेचरा, मलसाँप्रोलगायत जीवबाट मौरीलाई बचाउन गााह्रो हुने उनको अनुभव छ । 

“समयसमयमा हाडनाता नहोस् भनेर रानीमौरीको नश्ल सुधार गरिरहनु पर्दछ”, नन्दकलाले भनिन्, “नश्ल सुधारिएको रानीमौरीको मूल्य रु पाँच–छ लाखमा किन्नु पर्दछ । जुन सामान्य किसानलाई सजिलो छैन ।” जाडो समयमा बर्दियाको राजापुर, बेलुवा र गर्मी समयमा सुर्खेतको लेकफर्र्सासम्म मौरीलाई चराउन लग्ने गरेको उनले जानकारी दिइन् ।

एक सय ३० घार मौरीबाट वार्षिक करिब ३० क्विन्टल मह उत्पादन गर्ने गरेको बताउँदै नन्दकलाले तोरी, चिउरी र रुधिलो गरी तीन किसिमको महको मूल्य क्रमशः रु छ सय, रु सात सय र रु आठ सयपर्ने जानकारी दिइन् । मौरीको चाकाबाट निस्कने मैन, कुटलगायतको मूल्य पनि राम्रो पाइने उनको अनुभव छ ।

सात वर्षअघि रु ४० हजार लगानी गरेर १० घारबाट मौरीपालन  व्यवसायलाई सुरु गरेकी नन्दकलाले अहिले करिब रु २० लाखको मह बिक्री गर्ने गरेको बताइन्। सबै खर्च कटाएर वार्षिक रु १४ नाफा हुने गरेको उनले जानकारी दिइन् ।

महको बजारमा माग बढी भएकाले बजारीकरणको समस्या नरहेको नन्दकलाले सुनाइन् । “काठमाडौँ, पोखरा, बुटवललगायत सहरबाट पनि माग आइरहन्छ । हालसम्म कोहलपुर र नेपालगञ्जको माग पुर्याउन नै सकिएको छैन”, उनले भनिन् । 

नन्दकलाले आगामी दिनमा मौरीलाई बस्न घारको सङ्ख्या बढाउँदै जाने योजना रहेको बताइन्। स्थानीय सरकारले व्यवसायलाई विस्तार गर्न आर्थिक, प्राविधिक सहयोग गर्नुपर्ने भन्दै उनले आवश्यक सीप तथा तालिम पनि दिनुपर्नेमा जोड दिइन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दैछ। दिउँसो २ बजे वानेश्वरस्थित संघीय संसद्को ल्होत्से हलमा बैठक बस्ने सांसद रामहरि खतिवडाले बताए । ...

मनसुनी वायुको प्रभाव- आज केही स्थानमा वर्षाको सम्भावना, भोलिदेखि धेरै हुनसक्ने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ।  मंगलबार बिहान कोस...

पुल भासिदा राजविराज भन्सारको राजस्व सङ्कलन प्रभावित

सप्तरी । केही दिनअघिको अविरल वर्षाका कारण जीता खोलाको आएको बाढीले राजविराज–कुनौली सडकखण्डमा रहेका पुल भासिदा आवतजावतमा समस्या भएको  छ ।  साथै भारतसंग ...

नेपाल र अमेरिकाबिच सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर

अमेरिका । नेपाल र अमेरिकाबीच दुईपक्षीय परामर्श संयन्त्र (बाइल्याटरल कन्सल्टेसन मेकानिजम) सम्बन्धी सम्झौतामा  हस्ताक्षर भएको छ । अमेरिकी विदेश मन्त्...

आजदेखि देशभर रुट परमिट खुला

काठमाडौं । सरकारले आजैदेखि देशभरि रुट परमिट खुला गरेको छ। रुट परमिट आजदेखि दशैँको पूर्णिमासम्म कायम रहने छ।  यसअघि सरकारले दसैँको घटस्थापनादेखि मात...

'गाजाका मानिसहरु अमानवीय अवस्थामा बाँचिरहेका छन्'

अबुधाबी । प्यालेस्टिनी शरणार्थीहरुका लागि संयुक्त राष्ट्रसङ्घको राहत र कार्य एजेन्सी (युएनआरडब्लुए)ले गाजाका मानिसहरु अमानवीय अवस्थामा बाँचिरहेको बताए...

स्थलगत रिपोर्ट- सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने १० पुलमा क्षति

कमलामाई । वर्षासँगै सुनकोसी नदीमा आएको बाढीले सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने १० वटा पुलमा क्षति पुर्‍याएको छ । गत बिहीबारदेखि शनिबारसम्म पर...

‘प्रधानमन्त्रीको कार्यव्यस्तताले अमेरिकामा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रोकिएको हो, अफवाह फैलाइयो’

राष्ट्रसंघको महासभामा नेपाल देखिने गरी प्रस्तुत हुन सफल भएको छ : मुख्य सल्लाहकार रिमाल

भत्किन थाले नदीले डुबाएका कच्ची घरहरू

सर्लाही । सर्लाहीको विभिन्न स्थानीय तहमा बाढी पसेको क्षेत्रका कच्ची घरहरू भत्किन थालेका छन्। शनिबार बाढीपछि डुबानमा परेको बरहथवा नगरपालिका–१५, हरपुर्व...

बाढी-पहिरो र डुबानमा परेर २१७ जनाको मृत्यु, २८ बेपत्ता

काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन्। प्राकृतिक विप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy