Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

एमाले र एकीकृत समाजवादी दुवैसँग निरन्तर संवादमा वामदेव, पूर्वराष्ट्रपति भण्डारीको पनि चासो

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले राष्ट्रिय एकता अभियानका संयोजक एवं राष्ट्रिय सभाका सदस्य वामदेव गौतमलाई पार्टीमा भित्र्याउने तयारी थालेको छ । एकीकृत समाजवादीका शीर्ष नेताले गौतमसँग यस विषयमा छलफल गर्ने भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्वउपाध्यक्ष, पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका गौतमलाई पार्टीमा भित्र्याउने निर्णय गर्दै एकीकृत समाजवादीले उनीसँग छलफल गर्न लागेको हो ।

स्रोतका अनुसार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले गौतमसँग बिहीबार (आज) छलफल गर्दै छन् । काठमाडौंमा तीन जना नेताका बीचमा छलफल हुने बताइएको छ ।

मंगलबार एकीकृत समाजवादीको सम्पन्न स्थायी कमिटी बैठकले गौतमलाई पार्टीमा भित्र्याउनमा छलफल गर्ने निर्णय गरेको छ । छलफल गर्नका लागि नेपाल र भुसाललाई जिम्मेवारी दिइएको छ ।

एकीकृत समाजवादीका उपाध्यक्ष धर्मनाथप्रसाद साहले पार्टी स्थायी कमिटी बैठकमा गौतमलाई पार्टीमा भित्र्याउनमा छलफल भएको बताए । सोही छलफलका आधारमा गौतमसँग पार्टीका शीर्ष नेताले थप छलफल गर्ने निर्णय पनि भएको साहले जनाएका छन् ।

‘उहाँ (वामदेव) एकीकृत समाजवादीमा आउन खोज्नुभएको छ, उहाँ आउँदा पार्टीका लागि राम्रै हुन्छ भन्नेमा पार्टीमा छलफल भई थप छलफल गर्नका लागि शीर्ष नेताहरूलाई जिम्मेवारी दिइएको छ, उहाँ छिट्टै नै एकीकृत समाजवादीमा लाग्नुहुने विश्वास हामीलाई छ,’ एकीकृत समाजवादीका उपाध्यक्ष साहले राजधानीसँग भने ।

गौतम कहिले एमाले त कहिले एकीकृत समाजवादीमा प्रवेश गर्ने चर्चा चल्दै आएको छ । स्वयं गौतमले एमाले र एकीकृत समाजवादी दुवै दलमा प्रवेश गर्ने चाहना राख्दै आएका छन् । गौतम नेतृत्वको अभियानले एकता गर्ने विषयमा निर्णय पनि यसअघि नै गरिसकेको छ । तर, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई एमालेमा प्रवेश गराउन नचाहेको स्रोतको दाबी छ । त्यसैले, गौतम पछिल्लो समय एकीकृत समाजवादीमा प्रवेश गर्ने सम्भावना बढेको छ ।

गौतम एमाले प्रवेश गर्दा आफैंलाई समस्यामा पार्ने त्रासका कारण ओलीले उनलाई पार्टी प्रवेश नगराएको बताइन्छ । पछिल्लो समय एमालेको अध्यक्ष बन्ने रणनीतिका साथ सक्रिय हँुदै गरेकी पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीसँग समेत गौतमको छलफल भएको थियो । सोको जानकारी पाएपछि ओली गौतमलाई पार्टी प्रवेश गराउनबाट पछि हटेको स्रोतको भनाइ छ ।

गौतमले आफूलाई एमाले, एकीकृत समाजवादीसहितका दलले पार्टीमा प्रवेश गराउन खोजेको बताए । राष्ट्रिय एकता अभियानले प्रवेश गर्नेमा निर्णय गरे पनि ओलीले चासो नदेखाएको आरोप उनले लगाए । तर, मिडियामा आएको खबरअनुसार आफूलाई एकीकृत समाजवादीले प्रवेश गराउन खोजेको भए पनि औपचारिक रूपमा कुनै पत्र नपाएको गौतमले जनाएका छन् ।

‘हामीले यसअघि नै पार्टी एकीकरणका लागि निर्णय गरिसकेका छौं, एमालेले कुनै चासो नै राखेन, मिडियाबाट एकीकृत समाजवादीले पार्टी प्रवेशका निर्णय गरेको थाहा पाएको छु तर अहिलेसम्म कुनै औपचारिक पत्र मैले पाएको छैन,’ गौतमले भने, ‘औपचारिक रूपमा पत्र आए छलफल गर्न म तयार छु, मैले सबै कम्युनिस्ट पार्टीलाई एकीकृत गर्न खोजेको हो ।’

यसबीचमा एमाले, एकीकृत समाजवादीदेखि अशोक राई नेतृत्वको जसपा, नेकपा (माओवादी केन्द्र)सम्मले आफ्नो पार्टीमा आउन आग्रह गरेको गौतमले बताए । तर, कुनै पनि दलले ठोस रूपमा छलफल नगरेको उनले बताए । अब छलफल गरेर के गर्ने भन्नेमा निर्णय गर्ने गौतमले जनाएका छन् ।

भैसेपाटीस्थित आफ्नै निवासमा एकता अभियान नामको पार्टी कार्यालय खोलेर बसेका गौतम एमाले र एकीकृत समाजवादीमध्ये सुरुमा जसले बोलाउँछ त्यसैमा जाने आन्तरिक तयारीमा छन् । एमाले अध्यक्ष ओलीसँग पार्टी प्रवेशका आग्रह गर्दासमेत कुनै चासो नदेखाएका कारण गौतम एकीकृत समाजवादीमा दलबलसहित प्रवेश गर्ने बताइएको छ ।

गौतम एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको चर्चासँगै उनलाई हतारमा निर्णय नगर्न एमाले नेताहरूले सुझाव दिइरहेका छन् । स्रोतका अनुसार एकीकृत समाजवादीमा वरिष्ठ नेताको पद लिएर जान लागेका गौतमलाई रोक्न एमाले नेताहरू सक्रिय भएका हुन् । एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतले फोन गरेर तत्काल एकीकृत समाजवादीमा प्रवेशको निर्णय नलिन आग्रह गरेका हुन् ।

‘अहिले नै एकीकृत समाजवादीमा प्रवेश गर्ने हतार नगर्नुहोला, केही समय कुर्नुहोला, हामी यता (एमाले)मा कुरा गर्दै छौं, तपाईं यतै (एमाले) आउनुपर्छ, उता जाने हतारमा निर्णय गरेर पछुताउनुपर्ला’ भन्दै एमाले नेताहरूले गौतमलाई सुझाव दिन थालेका छन् । जवाफमा गौतमले एमालेमा प्रवेश गर्दा सुनुवाइ नगर्ने अहिले आएर यता नजानु, उता नजानु भन्ने भन्दै आक्रोश व्यक्त गरेका छन् ।

एमालेका पूर्वउपाध्यक्षसमेत रहेका गौतम २०७५ सालमा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुँदा नेकपाको सचिवालय सदस्य थिए । नेकपाको आन्तरिक विवाद एवं घरझगडामा गौतम कहिले ओली त कहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’को पक्षमा देखिन्थे ।

नेकपाको विघटनसैगै एमाले र माओवादी केन्द्र ब्युँतिएपछि गौतम कुनै दलमा लागेनन् । उनी स्वतन्त्र भए । राष्ट्रिय एकता अभियान संगठन निर्माण गरेर त्यसको संयोजक भए । एमालेबाट विभाजन भई गठन भएको एकीकृत समाजवादीसहितका कम्युनिस्ट पार्टीलाई पुनः एकीकृत गर्ने प्रयास गरे पनि गौतम असफल भए । त्यसपछि उनी कहिले एमाले, कहिले एकीकृत समाजवादीमा प्रवेश गर्ने चर्चा चल्दै आएको छ । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अभिभावकबाट शुल्क उठाएर शिक्षकलाई तलब

भजनी । जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले विद्यालय सेवा शुल्कका नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको पाइएको छ । ब...

आजदेखि सरकारी कार्यालयको समय ९-५, सातामा दुई दिन बिदा

काठमाडौं । आजदेखि सरकारी कार्यालय तथा सार्वजनिक निकायको कार्यालय समय परिवर्तन गरिएको छ। अबदेखि यी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चाल...

प्रतिनिधि सभा बैठकअघि संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । दलहरूबिच सहमति जुटाउन संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठक आज बिहान ११ बजे बस्दैछ। संसद् सञ्चालनमा दलहरूबिच सहमति जुटाउन र आगामी कार्यस...

ठूला मार्टमाथि सरकारको अनुमगन तीव्र, भाटभटेनीसहित चार मार्ट कारबाहीको दायरामा

काठमाडौं । बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार ठूला मार्टलाई कारबाहीको दायराम...

देउवा पक्षलाई अर्को धक्का, समानान्तर बैठकमा शेखर समूह पनि नजाने

काठमाडौं । कांग्रेस नेता शेखर कोइराला र उनी पक्षधर नेताहरू पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाउने समानान्तर बैठक र छलफलमा सहभागी नहुने निर्...

दैनिक ५० हजार लाइसन्स छापिँदै, साउनबाट चिट बोक्नु नपर्ने

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसन्स) छपाइ जति सुस्त छ छाप्नुपर्ने सङ्ख्या दिनहुँ बढ्दो छ। यातायात व्यवस्था विभागका अनुसार त्यो सङ्ख्या करिब ३० ...

भक्तपुर प्रहरीको स्वीप अपरेसन- ९० जना पक्राउ

काठमाडौँ । भक्तपुर प्रहरीले स्वीप अपरेसन चलाएर ९० जनाभन्दा बढीलाई पक्राउ गरेको छ।   शनिबार ६० जना र आइतबार ३० जना गरी ९० जनालाई विभिन्न स्थानबाट पक...

थोपा सिँचाइलाई माथ दिने नेपाली प्राध्यापकको ‘काचाल्का’ प्रविधि

चितवन । नेपालमा कृषि अनुसन्धानका ठेलीहरू पुस्तकालयमा थन्किरहेका बेला एकजना अवकाशप्राप्त प्राध्यापक भने आफ्नै आविष्कार बोकेर खेतबारीमा उत्रिएका छन्। ...

सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्र...

आज लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending