Ntc summer Offer
Khabar Dabali ४ पुष २०८१ बिहीबार | 19th December, 2024 Thu
Investment bank

एमाले र एकीकृत समाजवादी दुवैसँग निरन्तर संवादमा वामदेव, पूर्वराष्ट्रपति भण्डारीको पनि चासो

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले राष्ट्रिय एकता अभियानका संयोजक एवं राष्ट्रिय सभाका सदस्य वामदेव गौतमलाई पार्टीमा भित्र्याउने तयारी थालेको छ । एकीकृत समाजवादीका शीर्ष नेताले गौतमसँग यस विषयमा छलफल गर्ने भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्वउपाध्यक्ष, पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका गौतमलाई पार्टीमा भित्र्याउने निर्णय गर्दै एकीकृत समाजवादीले उनीसँग छलफल गर्न लागेको हो ।

स्रोतका अनुसार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले गौतमसँग बिहीबार (आज) छलफल गर्दै छन् । काठमाडौंमा तीन जना नेताका बीचमा छलफल हुने बताइएको छ ।

मंगलबार एकीकृत समाजवादीको सम्पन्न स्थायी कमिटी बैठकले गौतमलाई पार्टीमा भित्र्याउनमा छलफल गर्ने निर्णय गरेको छ । छलफल गर्नका लागि नेपाल र भुसाललाई जिम्मेवारी दिइएको छ ।

एकीकृत समाजवादीका उपाध्यक्ष धर्मनाथप्रसाद साहले पार्टी स्थायी कमिटी बैठकमा गौतमलाई पार्टीमा भित्र्याउनमा छलफल भएको बताए । सोही छलफलका आधारमा गौतमसँग पार्टीका शीर्ष नेताले थप छलफल गर्ने निर्णय पनि भएको साहले जनाएका छन् ।

‘उहाँ (वामदेव) एकीकृत समाजवादीमा आउन खोज्नुभएको छ, उहाँ आउँदा पार्टीका लागि राम्रै हुन्छ भन्नेमा पार्टीमा छलफल भई थप छलफल गर्नका लागि शीर्ष नेताहरूलाई जिम्मेवारी दिइएको छ, उहाँ छिट्टै नै एकीकृत समाजवादीमा लाग्नुहुने विश्वास हामीलाई छ,’ एकीकृत समाजवादीका उपाध्यक्ष साहले राजधानीसँग भने ।

गौतम कहिले एमाले त कहिले एकीकृत समाजवादीमा प्रवेश गर्ने चर्चा चल्दै आएको छ । स्वयं गौतमले एमाले र एकीकृत समाजवादी दुवै दलमा प्रवेश गर्ने चाहना राख्दै आएका छन् । गौतम नेतृत्वको अभियानले एकता गर्ने विषयमा निर्णय पनि यसअघि नै गरिसकेको छ । तर, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई एमालेमा प्रवेश गराउन नचाहेको स्रोतको दाबी छ । त्यसैले, गौतम पछिल्लो समय एकीकृत समाजवादीमा प्रवेश गर्ने सम्भावना बढेको छ ।

गौतम एमाले प्रवेश गर्दा आफैंलाई समस्यामा पार्ने त्रासका कारण ओलीले उनलाई पार्टी प्रवेश नगराएको बताइन्छ । पछिल्लो समय एमालेको अध्यक्ष बन्ने रणनीतिका साथ सक्रिय हँुदै गरेकी पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीसँग समेत गौतमको छलफल भएको थियो । सोको जानकारी पाएपछि ओली गौतमलाई पार्टी प्रवेश गराउनबाट पछि हटेको स्रोतको भनाइ छ ।

गौतमले आफूलाई एमाले, एकीकृत समाजवादीसहितका दलले पार्टीमा प्रवेश गराउन खोजेको बताए । राष्ट्रिय एकता अभियानले प्रवेश गर्नेमा निर्णय गरे पनि ओलीले चासो नदेखाएको आरोप उनले लगाए । तर, मिडियामा आएको खबरअनुसार आफूलाई एकीकृत समाजवादीले प्रवेश गराउन खोजेको भए पनि औपचारिक रूपमा कुनै पत्र नपाएको गौतमले जनाएका छन् ।

‘हामीले यसअघि नै पार्टी एकीकरणका लागि निर्णय गरिसकेका छौं, एमालेले कुनै चासो नै राखेन, मिडियाबाट एकीकृत समाजवादीले पार्टी प्रवेशका निर्णय गरेको थाहा पाएको छु तर अहिलेसम्म कुनै औपचारिक पत्र मैले पाएको छैन,’ गौतमले भने, ‘औपचारिक रूपमा पत्र आए छलफल गर्न म तयार छु, मैले सबै कम्युनिस्ट पार्टीलाई एकीकृत गर्न खोजेको हो ।’

यसबीचमा एमाले, एकीकृत समाजवादीदेखि अशोक राई नेतृत्वको जसपा, नेकपा (माओवादी केन्द्र)सम्मले आफ्नो पार्टीमा आउन आग्रह गरेको गौतमले बताए । तर, कुनै पनि दलले ठोस रूपमा छलफल नगरेको उनले बताए । अब छलफल गरेर के गर्ने भन्नेमा निर्णय गर्ने गौतमले जनाएका छन् ।

भैसेपाटीस्थित आफ्नै निवासमा एकता अभियान नामको पार्टी कार्यालय खोलेर बसेका गौतम एमाले र एकीकृत समाजवादीमध्ये सुरुमा जसले बोलाउँछ त्यसैमा जाने आन्तरिक तयारीमा छन् । एमाले अध्यक्ष ओलीसँग पार्टी प्रवेशका आग्रह गर्दासमेत कुनै चासो नदेखाएका कारण गौतम एकीकृत समाजवादीमा दलबलसहित प्रवेश गर्ने बताइएको छ ।

गौतम एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको चर्चासँगै उनलाई हतारमा निर्णय नगर्न एमाले नेताहरूले सुझाव दिइरहेका छन् । स्रोतका अनुसार एकीकृत समाजवादीमा वरिष्ठ नेताको पद लिएर जान लागेका गौतमलाई रोक्न एमाले नेताहरू सक्रिय भएका हुन् । एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतले फोन गरेर तत्काल एकीकृत समाजवादीमा प्रवेशको निर्णय नलिन आग्रह गरेका हुन् ।

‘अहिले नै एकीकृत समाजवादीमा प्रवेश गर्ने हतार नगर्नुहोला, केही समय कुर्नुहोला, हामी यता (एमाले)मा कुरा गर्दै छौं, तपाईं यतै (एमाले) आउनुपर्छ, उता जाने हतारमा निर्णय गरेर पछुताउनुपर्ला’ भन्दै एमाले नेताहरूले गौतमलाई सुझाव दिन थालेका छन् । जवाफमा गौतमले एमालेमा प्रवेश गर्दा सुनुवाइ नगर्ने अहिले आएर यता नजानु, उता नजानु भन्ने भन्दै आक्रोश व्यक्त गरेका छन् ।

एमालेका पूर्वउपाध्यक्षसमेत रहेका गौतम २०७५ सालमा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुँदा नेकपाको सचिवालय सदस्य थिए । नेकपाको आन्तरिक विवाद एवं घरझगडामा गौतम कहिले ओली त कहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’को पक्षमा देखिन्थे ।

नेकपाको विघटनसैगै एमाले र माओवादी केन्द्र ब्युँतिएपछि गौतम कुनै दलमा लागेनन् । उनी स्वतन्त्र भए । राष्ट्रिय एकता अभियान संगठन निर्माण गरेर त्यसको संयोजक भए । एमालेबाट विभाजन भई गठन भएको एकीकृत समाजवादीसहितका कम्युनिस्ट पार्टीलाई पुनः एकीकृत गर्ने प्रयास गरे पनि गौतम असफल भए । त्यसपछि उनी कहिले एमाले, कहिले एकीकृत समाजवादीमा प्रवेश गर्ने चर्चा चल्दै आएको छ । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हिरासतमा सुतिरहेको फोटो बाहिरिएपछि रवि लामिछानेले भने- म सुरक्षित छैन, छानबिन हुनुपर्छ

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले हिरासतमा आफू सुरक्षित नभएको बताएका छन्। बुधबार सिसीटिभीबाट खिचिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि लामिछा...

वर्षौंदेखिको सडकको समस्या हट्यो, अब २० मिनेटमै पुगिन्छ राजमार्ग

नवलपरासी । सडक पूर्वाधार नबन्दा कुनै बेला विकट मानिने सर्दी कालोपत्र सडकले जोडिएसँगै सुगम बनेको छ। यहाँको विनयी त्रिवेणी गाउँपालिकाले गौरवको योजनाक...

ठेक्का तोड्ने चेतावनीपछि तीव्र गतिमा हुन थाल्यो सडक स्तरोन्नति

गण्डकी । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ। हाल कालोपत्रका ला...

सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन्- बजार नपाउला भन्ने छैन चिन्ता छैन

वालिङ । स्याङ्जाको वालिङ नगरपालिका–५ पाँडेथोकका अगुवा कृषक हुमनाथ लामिछाने यस वर्ष बगैँचाबाटै सुन्तला बिक्री गरे । आफ्नो फार्ममा उत्पादित सुन्तला काठम...

झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती

बनियानी । झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रमअन्तर्गत यहाँको तीन स्थानमा शून्य खनजोत प्...

एनपीएल क्वालिफायर- फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दोस्रो क्वालिफायरको एक खेल हुँदैछ। टियू मैदान कीर्तिपुरमा मध्यान्ह १२ बजे सुरु हुने खेलमा जनकपुर र कर्णाली...

एमाले र एकीकृत समाजवादी दुवैसँग निरन्तर संवादमा वामदेव, पूर्वराष्ट्रपति भण्डारीको पनि चासो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले राष्ट्रिय एकता अभियानका संयोजक एवं राष्ट्रिय सभाका सदस्य वामदेव गौतमलाई पार्टीमा भित्र्याउने तय...

भ्रष्टाचार मुद्दाको हदम्यादमा प्रधानमन्त्री ओलीको ‘अस्वाभाविक’ चासो

काठमाडौं । सार्वभौम संसद्को अधिकारप्राप्त समितिले पर्याप्त छलफलबाट गरेका निर्णयमा प्रधानमन्त्री केपी ओलीले अस्वाभाविक चासो देखाएका छन् । मन्त्रिपरि...

घटेन अपराधः औसतमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना न्यूनीकरण हुन नसकेको देखाएको छ । हालै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता/सूचना अधिकारी तोकिएका प्र...

चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी

नवलपरासी । चितवन राष्ट्रिय निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा रु १० करोड बढी राजस्व रकम सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म ७२ ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy