Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

भ्रष्टाचार मुद्दाको हदम्यादमा प्रधानमन्त्री ओलीको ‘अस्वाभाविक’ चासो

खबरडबली संवाददाता

काठमाडौं । सार्वभौम संसद्को अधिकारप्राप्त समितिले पर्याप्त छलफलबाट गरेका निर्णयमा प्रधानमन्त्री केपी ओलीले अस्वाभाविक चासो देखाएका छन् ।

मन्त्रिपरिषद्बाट व्यक्तिगत लाभका लागि भएका निर्णय अख्तियारले हेर्न पाउने गरी परिभाषा तय र बेनामे उजुरी दिन पाउने व्यवस्था यथावत् गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक तथा भ्रष्टाचार मुद्दामा पाँचवर्षे हदम्याद हटाउने भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयकप्रति चासो राख्दै ओलीले राज्य व्यवस्था तथा सुशासन समितिका सत्तापक्ष सांसदलाई बिहीबार बिहान आफ्नो निवासमा बोलाएका हुन् ।

प्रधानमन्त्रीले संघीय निजामतीलगायतका विधेयकका सम्बन्धमा छलफल गर्न बालुवाटारस्थित निवासमा बोलाएको समिति सभापति रामहरि खतिवडाले बताए । प्रधानमन्त्रीको सचिवालयले पनि राज्य व्यवस्था समितिका सत्तापक्ष (कांग्रेस–एमाले) सदस्यहरूलाई बिहान १० बजे आमन्त्रण गरिएको अनौपचारिक रूपमा पुष्टि गरेको छ । व्यक्तिगत लाभका लागि भएका निर्णय अख्तियारले हेर्न पाउने गरी परिभाषा तय, बेनामे उजुरी दिन पाउने व्यवस्था यथावत् र भ्रष्टाचार मुद्दामा पाँचवर्षे हदम्याद हटाउने समितिको निर्णयमा प्रधानमन्त्री असन्तुष्ट देखिएको समितिका एक सदस्यले बताए । 

उपसमितिले बुधबार दुवै विधेयकको प्रतिवेदन समितिमा पेस गरेको छ । समितिले अनुमोदन गर्नुअघि प्रधानमन्त्रीले सत्तापक्ष सदस्यलाई निवासमा बोलाउनु अस्वाभाविक रहेको एक सदस्यले बताए । उपसमितिको प्रतिवेदन पेस गर्ने क्रममै संयोजक हृदयराम थानीले विभिन्न दबाब आएको भन्दै खुट्टा नकमाउन सभापति खतिवडालाई अनुरोध गरेका थिए । दह्रो खुट्टा टेकेर उपसमितिको निर्णय पास गराउने थानीले भनेका थिए । जवाफमा सभापति खतिवडाले दुवै विधेयकको प्रतिवेदन समितिमा राखेर छलफल गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । 

उपसमिति संयोजक थानीले समितिमै उच्च राजनीतिक नेतृत्वको दबाब रहेको संकेत गरेको केही घण्टा नबित्दै प्रधानमन्त्रीले समिति सभापति खतिवडासहित सत्तापक्ष सदस्यहरूलाई निवासमै बोलाउनुलाई शंकाको दृष्टिले हेरिएको छ । 

कांग्रेस महामन्त्री गगन थापाले भ्रष्टाचार मुद्दामा पाँचवर्षे हदम्याद हटाउनुपर्ने धारणाा राखेपछि गृहमन्त्री रमेश लेखकले हदम्याद हटाउन समितिलाई अनुरोध गरेका थिए । त्यस्तै, नीतिगत निर्णयको दुरुपयोग भएको भन्दै परिभाषा तोक्नैपर्ने ताकेता पनि गृहमन्त्री लेखकले नै समितिमा गरेका थिए । ३० कात्तिकको समिति बैठकमा लेखकले राष्ट्रिय÷अन्तर्राष्ट्रिय अभ्यास हेरेर, विज्ञका रायको आधारमा नीतिगत निर्णयको परिभाषा तोक्न भनेका थिए । 

सोही आधारमा उपसमितिले कानुनबमोजिम सामूहिक तथा आमनागरिकका लागि हुने निर्णयबाहेक निश्चित व्यक्ति र संस्थाको लाभमा हुने निर्णय भ्रष्टाचार हुने र अख्तियारको दायरामा आउने कानुनी व्यवस्था गरेको छ । तर, यसबारे प्रधानमन्त्री ओलीलाई थाहा नभएको स्रोतले बतायो । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अभिभावकबाट शुल्क उठाएर शिक्षकलाई तलब

भजनी । जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले विद्यालय सेवा शुल्कका नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको पाइएको छ । ब...

आजदेखि सरकारी कार्यालयको समय ९-५, सातामा दुई दिन बिदा

काठमाडौं । आजदेखि सरकारी कार्यालय तथा सार्वजनिक निकायको कार्यालय समय परिवर्तन गरिएको छ। अबदेखि यी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चाल...

प्रतिनिधि सभा बैठकअघि संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । दलहरूबिच सहमति जुटाउन संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठक आज बिहान ११ बजे बस्दैछ। संसद् सञ्चालनमा दलहरूबिच सहमति जुटाउन र आगामी कार्यस...

ठूला मार्टमाथि सरकारको अनुमगन तीव्र, भाटभटेनीसहित चार मार्ट कारबाहीको दायरामा

काठमाडौं । बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार ठूला मार्टलाई कारबाहीको दायराम...

देउवा पक्षलाई अर्को धक्का, समानान्तर बैठकमा शेखर समूह पनि नजाने

काठमाडौं । कांग्रेस नेता शेखर कोइराला र उनी पक्षधर नेताहरू पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाउने समानान्तर बैठक र छलफलमा सहभागी नहुने निर्...

दैनिक ५० हजार लाइसन्स छापिँदै, साउनबाट चिट बोक्नु नपर्ने

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसन्स) छपाइ जति सुस्त छ छाप्नुपर्ने सङ्ख्या दिनहुँ बढ्दो छ। यातायात व्यवस्था विभागका अनुसार त्यो सङ्ख्या करिब ३० ...

भक्तपुर प्रहरीको स्वीप अपरेसन- ९० जना पक्राउ

काठमाडौँ । भक्तपुर प्रहरीले स्वीप अपरेसन चलाएर ९० जनाभन्दा बढीलाई पक्राउ गरेको छ।   शनिबार ६० जना र आइतबार ३० जना गरी ९० जनालाई विभिन्न स्थानबाट पक...

थोपा सिँचाइलाई माथ दिने नेपाली प्राध्यापकको ‘काचाल्का’ प्रविधि

चितवन । नेपालमा कृषि अनुसन्धानका ठेलीहरू पुस्तकालयमा थन्किरहेका बेला एकजना अवकाशप्राप्त प्राध्यापक भने आफ्नै आविष्कार बोकेर खेतबारीमा उत्रिएका छन्। ...

सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्र...

आज लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending