Ntc summer Offer
Khabar Dabali १५ आश्विन २०८१ मंगलवार | 1st October, 2024 Tue

अलपत्र परेका १६३ विदेशी पर्यटकको उद्धार

खबरडबली संवाददाता

काठमाडौं । यही असोज ११ र १२ गते देशका विभिन्न भागमा भएको अविरल वर्षाका कारण अलपत्र परेका १६३ जना विदेशी पर्यटकहरुको उद्धार गरिएको छ । 

अलपत्र परेका पर्यटकलाई सहयोग गर्न नेपाल पर्यटन बोर्ड अन्तर्गतको क्राइसिस सेलको समन्वयमा सो उद्धार भएको हो । सो सेलले नेपालस्थित विदशी दूतावास, कन्सुलेट अफिस, ट्राभल तथा ट्रेकिङ एजेन्सी लगायत नेपाली सुरक्षा निकायसँग समन्व गरी पर्यटकहरुको उद्धार गरिएकाे हाे । 

सेल पर्यटक प्रहरी र सेल आफ्नै को हटलाइन मार्फत २४ सै घण्टा पर्यटकका लागि सेवा दिन सुरु गरेको छ । सेलले वेभसाइट मार्फत पर्यटकका लागि हवाई सेवाको अवस्था मौसम लागायतका जानकारी उपलब्ध रहेको छ । 

यसै क्रममा बाढी पहिरोमा हराइ रहेको भनिएका सिङ्गापुरका पर्यटक याप सी मिन र किङ यी केन्टलाई सुरक्षित अवस्थामा फेला परिएको छ । यस्तै रामेछापाबाट एक नेपाली र एक भारतीय पर्यटको पनि उद्धार गरेको छ ।

आइतबारबाटै मनसुनी वर्षाको प्रभाव कम भएसँगै जनजीवन केही सहज भएको र पर्यटन क्षेत्रपनि केही सहज हुँदै गएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुकुमपूर्वमा हेलिकोप्टरमार्फत् सुत्केरीको उद्धार

रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका वडा नम्बर १ की २० वर्षीया रेजिना बुढालाई  हेलिकोप्टरमार्फत उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठा...

पैतालामा टेपले बेरेर ल्याइएको सुनसहित भारतीय नागरिक पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले ठुलो परिणाममा अवैध सुनसहित एक भारतीय नागरिकलाई हेटौँडाबाट नियन्त्रणमा लिएको छ ।  हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रा...

सप्तरीको विद्यालयका प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । सप्तरीको शंकर माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक (प्रअ)सहित तीनजनाविरुद्ध भौतिक संरचना निर्माण, छात्रबृत्ति रकम र पाठ्यपुस्तक खरिदम...

यथाशीघ्र उद्धार कार्यसम्पन्न गर्न सरकारसँग कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले बाढीपहिरोका कारण बिच बाटोमा अलपत्र परेका यात्रुको यथाशीघ्र उद्धार गर्न आग्रह गरेको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठक...

कांग्रेसका सांसदले सरकारको राहतको कोषमा १५ दिनको पारिश्रमिक दिने

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ दिनको पारिश्रमिक दिने भएका छन् । मंगलबार बसेको कांग्रेसको संसदीय ...

अलपत्र परेका १६३ विदेशी पर्यटकको उद्धार

काठमाडौं । यही असोज ११ र १२ गते देशका विभिन्न भागमा भएको अविरल वर्षाका कारण अलपत्र परेका १६३ जना विदेशी पर्यटकहरुको उद्धार गरिएको छ ।  अलपत्र परेका...

बाढी पहिरोमा मृत्यु हुनेको संख्या २२६ पुग्यो

काठमाडौं  । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २२६ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् ।  नेपाल प्रहरीका...

एभरेष्ट महिला भलिबल लिग: कर्णालीको लगातार दोस्रो जित

काठमाडौं । जारी एभरेष्ट महिला भलिबल लिगमा कर्णाली यशविसले लगातार दोस्रो जित हासिल गरेको छ ।  मंगलबार सम्पन्न खेलमा कर्णालीले गण्डकी थण्डर्सलाई ३-२ ...

वीरगञ्ज नाकाबाट धान–चामल आयात घट्यो

पर्सा । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको दुई महिनामा धान–चामलको आयात घटेको छ । चालु आवको भदौसम्म रु ९६ करोड ३२ लाख ५६ हजारको रु दुई करोड ६३ लाख ३४ ह...

चारदिन पछि ताप्लेजुङमा विद्युत आपूर्ति

ताप्लेजुङ । चार दिनदेखि अन्धकार रहेको ताप्लेजुङ जिल्लामा विद्युत आपूर्ति सुचारु भएको छ । शनिबार रातिदेखि अवरुद्ध बनेको विद्युत सेवा मङ्गलबार दिउँसो ४ः...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy