Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

यथाशीघ्र उद्धार कार्यसम्पन्न गर्न सरकारसँग कांग्रेसको माग

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले बाढीपहिरोका कारण बिच बाटोमा अलपत्र परेका यात्रुको यथाशीघ्र उद्धार गर्न आग्रह गरेको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकले आफ्नो सम्पूर्ण संयन्त्र परिचालन गरी उद्धार कार्य यथाशीघ्र सम्पन्न गर्न सरकारसँग माग गरेको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए । 

उनले कैयौँ नागरिक अझै पनि देशका विभिन्न भागमा उद्धारको प्रतीक्षामा रहेका र गन्तव्यका लागि हिँडेका यात्रु बिच बाटोमा अलपत्र परेका समाचार आइरहेकाले उद्धार कार्य यथाशीघ्र सम्पन्न गर्न माग गरिएको बताए । बैठकका निर्णयबारे प्रमुख सचेतक घिमिरेले भने, “प्राकृतिक प्रकोपले कैयौँ ठुलासाना सडक अवरुद्ध भएका छन्, कैयौँ पुल भत्किएका छन्। यसले आवागमनमा असर परेको छ । चाडपर्वमा घर जान चाहने नागरिकको चाप बढ्दै छ । त्यसैले अवरुद्ध सडकको मर्मतसम्भार कार्य तीव्र गतिमा अघि बढाउनुका साथै अस्थायी रूपमा वैकल्पिक मार्गको व्यवस्था गरेर भए पनि दसैँमा घर जानसक्ने अवस्था निर्माण गर्नका लागि बैठक सरकारसँग अनुरोध गर्दछ ।”

साथै बैठकले खानेपानी, स्वास्थ्य संस्था, विद्यालय एवं प्रहरी चौकीजस्ता क्षतिग्रस्त अत्यावश्यक संरचना तत्काल पुनः निर्माणका लागि सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ ।
कांग्रेसले सडकमार्ग खराब अवस्थामा रहेका कारण हवाईमार्गमा पर्न जाने चापलाई मध्यनजर गरी न्यूनतम हवाई भाडादर कायम राख्न र आवश्यक सहुलियत प्रदान गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ । 

“साथै बैठकले सडक यातायातको भाडादर पनि वृद्धि नगर्न र चाडपर्वका समयमा बजारमा हुने अस्वाभाविक मूल्यवृद्धिप्रति सरकारलाई सचेत गराउँदै आपूर्ति व्यवस्थालाई सुव्यवस्थित गर्न सरकारसँग माग गरेको छ”, प्रमुख सचेतक घिमिरेले भने, “कांग्रेस संसदीय दल कार्यसमितिको यही असोज १३ गते बसेको बैठकले गरेको राहत व्यवस्थापन गर्न कांग्रेस सङ्घीय संसद्का सबै सांसदहरूको १५ दिनको पारिश्रमिक कट्टागरी सरकारलाई प्रदान गर्ने निर्णय पनि आज अनुमोदन गरेको छ ।”

बैठकले बाढीपहिरोका कारण भएको अन्नबालीको क्षतिअनुसार राहत उपलब्ध गराउन एवं कटान भएका स्थानमा नदी नियन्त्रण कार्यलाई प्राथमिकतामा राख्न सरकारसँग माग गर्ने निर्णय गरेको छ । यस्तै, इजरायल–लेबनानबिच सुरु भएको युद्धबाट लेबनानमा रहेका नेपाली पनि जोखिममा रहेका हुँदा उनीहरूको सुरक्षा र इच्छुकहरूलाई सकुशल स्वदेश फिर्ताको व्यवस्था मिलाउन सरकारसँग माग गर्ने निर्णय गरिएको छ । 

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले यही असोज १२ र १३ गतेको अविरल वर्षाका कारण गएको बाढी र पहिरोमा परी निधन भएकाप्रति दुःख व्यक्त गरेको छ । साथै बैठकले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता रहेका नागरिकहरूको खोजीमा तीव्र ढङ्गले हरसम्भव प्रयास गर्न सरकारसँग माग गरेको छ। 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending