हेटौँडा । मकवानपुर प्रहरीले ठुलो परिणाममा अवैध सुनसहित एक भारतीय नागरिकलाई हेटौँडाबाट नियन्त्रणमा लिएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे चेकपोष्टमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ज ६९६ नं.को यात्रुवाहक विद्युतीय माइक्रोलाई जाँच गर्ने क्रममा उक्त माइक्रोमा सवार भारतको बिहार राज्य फूलबरिया पूर्वी चम्पारण बरेवाका सुजित सर्राफलाई प्रहरीले सुनसहित नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले सर्राफमाथि शङ्का लागि निजको शरीर तथा झोला खानतलासी गर्दा निजले आफ्नो खुट्टाको पैतलाको भागमा कालो टेपले बेरी लुकाई छिपाई राखेको सुन जस्तो देखिने पहेँलो धातु फेला परेको जनाएको छ ।
प्रहरीले निज सर्राफको साथबाट बिस्कुटको आकारको टुक्रा चार थान, बिस्कुटको सानो टुक्रा एक थान, सिक्री एक थान गरी जम्मा ४९० ग्राम ८८० मिलिग्राम सुन बरामद गरेको छ । सर्राफको साथबाट बरामद गरिएको बिलबिजक नभएको सुन मङ्गलबारको बजार भाउ अनुसार ६७ लाख ३४ हजार ५४४ रुपियाँ रहेको प्रहरीको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १९ गते, २०८१ - २०:५९
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनको स्थगित भएको प्रक्रिया मंसिर २३ र २४ गते सम्पन्न ग...
आश्विन १९ गते, २०८१ - २०:५३
बर्दघाट । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि ट्रकलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । गएराति बर्...
आश्विन १९ गते, २०८१ - २०:४७
काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को उपाधि कर्णाली कर्णाली यशविसले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड...
आश्विन १९ गते, २०८१ - २०:४३
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले अवैध भारतीय रुपियाँ खरिद गर्ने नेपालगन्जका एक किराना व्यवसायीलाई करिब चार लाख अवैध भारुसहित पक्राउ गरेको छ । ...
आश्विन १९ गते, २०८१ - २०:३९
झापा । ताप्लेजुङ झापा सरोकार समाज विर्तामोड नगर समितिको दोस्रो अधिवेशनले तेजप्रसाद सिटौलालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । समितिको विर्तामोडमा सम्...
आश्विन १९ गते, २०८१ - २०:३२
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा विपद्पछि स्वास्थ्य संकट निम्तन नदिन स्वास्थ्यकर्मीहरुले गरिरहेको काम...
आश्विन १९ गते, २०८१ - २०:२८
काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले क्रिस्टल प्यालेसमाथि जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई १-० गोल अ...
आश्विन १९ गते, २०८१ - २०:२५
काठमाडाैं । आगामी असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ५’को ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार सार्बजनिक गरिएको ट्रेलर...
आश्विन १९ गते, २०८१ - १९:०३
काठमाडौं । जारी आइसीसी महिला टी-२० विश्वकप अन्तर्गत डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले विजयी शुरुवात गरेको छ । शनिबार सम्पन्न खेलमा अस्ट्रेलियाले श्री...
आश्विन १९ गते, २०८१ - १९:००
भक्तपुर । नेपाल पत्रकार महासङ्घका प्रदेश तथा जिल्ला अध्यक्षको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा जारी छ । महासङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल ...
प्रतिकृया लेख्नुहोस्: