Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

के हो इजरायलको एन्टी मिसाइल डिफेन्स सिस्टम ?

खबरडबली संवाददाता

काठमाडौँ । इजरायलमाथि इरानले आक्रमण शुरु गरेपछि अब मध्यपूर्वमा नयाँ युद्ध हुने निश्चित भएको छ । 

अहिलेसम्म रुस-युक्रेन, इजरायल र हमास युद्ध झेलिरहेको विश्वले अब इजरायल-इरान युद्ध झेल्नुपर्ने देखिएको छ ।  इरानले इजरायललाई आक्रमण गर्ने सूचना आएसँगै विश्व बजारमा कच्चा तेलको मुल्य बढ्न शुरु भएको छ । 

गएराती इरानले इजरायलमाथि आक्रमण शुरु गरेको छ ।  इरानले १८० भन्दा बढी ब्यालेस्टिक मिसाइलले इजरायलमा आक्रमण गरेको मिडिया रिपोर्टमा उल्लेख छ । 

तर इरानको यो आक्रमणमा इजरायलले खासै क्षति भने बेहोर्नु नपरेको बताइएको छ । अमेरिकी अधिकारीहरुले इजरायलले इरानको यस आक्रमणबाट ठुलो क्षति बेहोर्नु नपरेको बताएका छन् । इजरायलले धेरै जसो मिसाइललाई आकासमै नष्ट गरेको बताइएको छ । 

इजरायलले फलामले बनाइएका डोम एन्टी मिसाइल डिफेन्स सिस्टमले आफ्नो भूमिमा भएका रकेट प्रहारलाई आकाशमै नष्ट गरेर जनधनको क्षति रोकेको बताइएको छ ।

इजरायली सेनाका अनुसार यस प्रविधिले ९० प्रतिशत भन्दा बढी रकेट आकाशमै नष्ट गरिरहेको छ । बस्ती भएका शहरमा जमिनमा खस्नुअघि नै रकेट नष्ट भएकोले ठुलो क्षति हुनबाट रोकिएको छ । इजरायलमाथि हुने मिसाइल आक्रमणमा अहिलेसम्म यहि प्रविधिका कारण ठुलो क्षति हुनबाट बच्दै आएको छ । 

इजरायलले लाखौ डलर खर्च गरेर बनाएको आइरन डोम निकै ठुलो मिसाइल डिफेन्स सिस्टम रहेको बताइएको छ । यस सिस्टमले रकेट शहरी या मानिस बसेको इलाकामा आउदै छ भन्ने आफै पत्ता लगाएर नष्ट गर्ने गर्दछ । टाइम्स अफ इजरायलका अनुसार हरेक इन्टरसेप्टरको मुल्य करिब डेढ लाख डलर पर्ने उल्लेख गरेको छ ।

सन २००६ मा इस्लामी समुह हिजबुल्लाहसँगको लडाईपछि इजरायलले यो प्रविधिमा काम गर्न शुरु गर्न थालेको बताइएको छ । त्यति बेला हिजबुल्लाहले इजरायलमा हजारौं रकेट प्रहार गरेर दर्जनौं इजरायलीको मृत्यु भएको थियो । यस घटनापछि इजरायलको सरकारी कम्पनि राफाल डिफेन्सले सुरक्षालाई ध्यान दिदै देशका लागि एक मिसाइल शिल्ड बनाउने प्रस्ताव गरेको थियो । यो योजनाका लागि इजरायललाई अमेरिकाले २० करोड डलर दिएको थियो ।

बर्षौंको अनुसन्धानपछि २०११ मा यो सिस्टमको परिक्षण गरिएको थियो । त्यति बेला दक्षिणी शहर वीरसेबाबाट हानिएको रकेट मिसाइललाई यस सिस्टमले नष्ट गरेको थियो ।      
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

छोरी बोकेर चितवन पुगे प्रधानमन्त्री बालेन शाह

चितवन । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन आइतबार बिहान चितवन पुगेका...

नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह

वासिङ्टन डिसी । अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी गरी प्रतिफल प्राप्त गर्न यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ । ...

सुन प्रतितोला ६ सय र चाँदी ५० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८७ ह...

रास्वपा महाधिवेशन उद्घाटनमा सभापति गगन थापा सहभागी हुने

चितवन । नेपाली कांग्रेसका सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने भएका छन्। सभापति थाप...

रास्वपा महाधिवेशनमा डीडीसीका उत्पादन बिक्री, केहीमा १० प्रतिशतसम्म छुट

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन स्थलमा दुग्ध विकास संस्थान (डीडीसी)का उत्पादन बिक्रीका लागि राखिएका छन्। महाधिवेशन स्थलमा ...

एमालेसँग एकताको कुनै सम्भावना छैन: माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष...

रास्वपा महाधिवेशन स्थलमा तीन वटा हेल्थ डेस्क स्थापना

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्ट हाउस चौरमा...

रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन: प्रवक्ता मनिष झा

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट ...

रास्वपा महाधिवेशनका लागि झण्डै २ करोड रुपैयाँ संकलन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन करिब ४ हजार प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। रास्वपाले प्रत्ये...

रास्वपा महाधिवेशनमा प्यानल बनाउन निषेध, जारी भयो आचारसंहिता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending