काठमाडौँ । न्युजिल्यान्डका टेस्ट कप्तान टिम साउथीले राजीनामा दिएका छन् । न्यूजील्याण्ड क्रिकेट बोर्डले साउथीले राजीनामा दिएको जानकारी दिएको हो ।
राजीनामा दिदै साउथीले भनेका छन् 'मैले टोलीको हितमा कप्तानी छोड्ने निर्णय गरेको छु । न्युजिल्यान्डको कप्तान मेरा लागि विशेष रह्यो । मैले मेरो करियरमा सधैं टोलीलाई प्राथमिकता दिएको छु र मलाई विश्वास छ कि यो निर्णय टोलीको लागि सही छ। अब म आफ्नो प्रदर्शनमा ध्यान केन्द्रित गर्न सक्छु र टोलीलाई राम्रो सेवा दिन सक्छु ।
केन विलियम्सनले कप्तानीबाट राजीनामा दिएपछि ३५ वर्षीय साउथीले उक्त पद सम्हालेका थिए । उनले १४ टेस्ट खेलमा न्यूजील्याण्डको नेतृत्व गरेका थिए । जसमा ६ खेलमा जित, ६ हार र २ खेल बराबरीमा गरेका छन् ।
हालै श्रीलंका भ्रमणमा गएको न्युजिल्याण्डको टोलीले टेस्ट सिरिज २-० ले हार बेहोरेको थियो ।
टिम साउथीले राजीनामा दिएपछि न्यूजिल्याण्ड क्रिकेटले नयाँ कप्तानको घोषणा गरेको छ । नयाँ कप्तानमा टम लाथम नियुक्त भएका छन् । ओपनिङ ब्याट्सम्यानले यसअघि पनि टिमको कप्तानी गरिसकेका छन् । उनले ९ खेलमा ब्ल्याक क्याप्सको कप्तानी गरेका छन् । अब उनले भारत भ्रमणमा टोलीको जिम्मेवारी सम्हाल्नेछन् ।
भारत र न्यूजिल्याण्डबीचको तीन खेलको टेष्ट शृंखला अक्टोबर १६ बाट सुरु हुँदैछ । पहिलो खेल बैंगलोरमा हुनेछ । यस सिरिजको दोस्रो र तेस्रो खेल क्रमशः २४ अक्टोबर (पुणे) र १ नोभेम्बर(मुम्बई) मा हुनेछ । विश्व टेस्ट च्याम्पियनसिपको फाइनलको दृष्टिकोणले दुवै टोलीका लागि यो शृङ्खला महत्त्वपूर्ण छ । भारत ७४.२४ अंकको साथ शीर्ष स्थानमा छ भने न्यूजील्याण्डको ३७.५० अंकसहित छैटौं स्थानमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ७ गते, २०८३ - १२:०४
चितवन । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन आइतबार बिहान चितवन पुगेका...
आषाढ़ ७ गते, २०८३ - ११:४८
वासिङ्टन डिसी । अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी गरी प्रतिफल प्राप्त गर्न यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ । ...
आषाढ़ ७ गते, २०८३ - ११:२३
काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८७ ह...
आषाढ़ ७ गते, २०८३ - ११:१२
चितवन । नेपाली कांग्रेसका सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने भएका छन्। सभापति थाप...
आषाढ़ ७ गते, २०८३ - १०:५३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन स्थलमा दुग्ध विकास संस्थान (डीडीसी)का उत्पादन बिक्रीका लागि राखिएका छन्। महाधिवेशन स्थलमा ...
आषाढ़ ६ गते, २०८३ - १७:५१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष...
आषाढ़ ६ गते, २०८३ - १७:०९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्ट हाउस चौरमा...
आषाढ़ ६ गते, २०८३ - १७:००
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट ...
आषाढ़ ६ गते, २०८३ - १६:३०
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन करिब ४ हजार प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। रास्वपाले प्रत्ये...
आषाढ़ ६ गते, २०८३ - १६:१५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...



प्रतिकृया लेख्नुहोस्: