Ntc summer Offer
Khabar Dabali १९ आश्विन २०८१ शनिबार | 5th October, 2024 Sat
Investment bank

गृहमन्त्री लेखक र यातायात व्यवसायीबीच छलफल

खबरडबली संवाददाता

काठमाडौं । गृहमन्त्री रमेश लेखक र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात मजदुर संगठनबिच बाढी, पहिरो, डुवान लगायतका प्राकृतिक विपद्बाट अवरुद्ध राजमार्ग पुनःसञ्चालन गरी यात्रा सहज बनाउने छलफल भएको छ । 

बुधबार गृह मन्त्रालयमा भएको छलफलमा यातायातको सहज र सुरक्षित सञ्चालनका बारेमा यातायात व्यवसायी, यातायात मजदुर संघ-संगठनका पदाधीकारीहरुबिच विपद्मा अवरुद्ध सडक सञ्चालन गरी चाडबाडका बेला सुरक्षित यात्राका विषयमा सकरात्मक छलफल भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । 

'विपद्को स्थितीमा अझै धेरै राजमार्ग अवरुद्ध हुनुका साथै पहिरोको जोखिम पनि उत्तिकै छ ।' बरिष्ठ उपाध्यक्ष सिटौला भने, 'बीपीराजमार्ग अन्र्तगत रोशी क्षेत्रमा अलपत्र परेका यातायात मजदुरलाई राहत उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ ।' गृहमन्त्री लेखकले रोशीमा रहेका यातायात मजदुरहरुलाई तत्काल राहत उपलब्ध गराउन मातहतलाई निर्देशन दिएको सिटौलाले बताए । उनले भने- हामीले सवारीचेकँजाच लगायतका विषयमा पनि मन्त्रीज्यूसित आफ्नो कुरा राखेका छौं ।'

मन्त्री लेखकले विपद्का कारण अवरुद्ध राजमार्ग खुलाउन सम्वन्धीत मन्त्रालय, सरोकारवाला निकायका साथै सुरक्षाकर्मी समेत सक्रिय रहेको बताए । 'पृथ्वी राजमार्गको झ्याप्ले लगायत पहिरोको जोखिम रहेका क्षेत्रमा ट्राफिक र प्रहरी परिचालन गरिएको छ ।', उनले भने,'चाडबाडका बेला आएको विपद्को सामना गर्दै सहज र सुरक्षित यात्राका लागि गम्भीर भएर लागेका छौं ।'

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ताप्लेजुङको मैवाखोलामा पौडी खेल्ने क्रममा बगेर दुई बालबालिका बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोलामा पौडी खेल्ने क्रममा बगेर दुई बालबालिका बेपत्ता भएका छन् । मौवाखोला गाउँपालिका– २ खानीका ११ वर्षीय सञ्जय बराइली र १२ ...

मकवानपुरमा १०७ किलो गाँजा र बोलेरो गाडीसहित एकजना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले हेटौँडाबाट एक सय सात किलो लागुऔषध गाँजा र बोलेरो गाडीसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।  पक्राउ पर्नेमा मकवानपुरको था...

फेरि दाउन्नेको सडक भासियो, यातायात अवरुद्ध

नवलपुर । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटबल सडकखण्ड फेरी अवरुद्ध भएको छ । नवलपरासीको बर्दघाट नगरपालिका–४ मा पर्ने दाउन्नेको खुर्सानी खोलाम...

कञ्चनपुरमा पोथी हात्ती मृत फेला

कञ्चनपुर । कञ्चनपुरमा मरेको वयस्क हात्ती फेला परेको छ । शुक्रबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी दक्षिणी क्षेत्र पडाउ जङ्गलमा मरेको हात्ती फेला...

बढी भाडा असुल गर्ने ६ हायसलाई कारबाही

काठमाडाैं । तोकिएभन्दा बढी भाडा असुल गर्ने ६ वटा हायसलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौंदेखि पोखरा, दमौली, लमजुङ र खैरेनी जान लागेका  हायस...

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फिर्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्किएकी छिन् । परराष्ट्रमन्त्री राणा कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी)को तेस्र...

भन्सार नतिरी सामान ल्याउन खोज्ने सशस्त्र प्रहरी करवाहीमा

काठमाडौं । विभिन्न किसिमको सामान भन्सार नतिरी ल्याउन  खोजेको अवस्थामा सशस्त्र प्रहरी बल नेपालका ३ जना कर्मचारी लाई करवाही  प्रक्रिया अगाडि बढाइएको  छ ...

एक सय १६ सहायता कक्ष स्थापना गर्दै सशस्त्र प्रहरी

काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै सहज, सुरक्षित एवं सम्मानजनक आवगमन सुनिश्चित गर्न सीमा नाकामा सशस्त्र प्रहरी बलले एक सय १६ स्थानमा सहायता कक्ष स्थाप...

चाडपर्व लक्षित खाद्य बजार अनुगमन तीब्र

काठमाडौं । मोबाइल फुड ल्याब भ्यानको प्रयोग गरी चाडपर्व लक्षित खाद्य बजार अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण ...

जितपछि ललितपुर फाइनलको दौडमा कायम, चितवन बाहिरियो

काठमाडौं । जारी एभरेस्ट महिला भलिबल लिग अन्तर्गत ललितपुर क्विन्सले चितवन शक्तिलाई पराजित गरेको छ ।शुक्रबार सम्पन्न खेलमा ललितपुरले चितवनलाई ३-१ को सेट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy